नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले वैशाख १ गतेको दिन टोकियोमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
कार्यक्रमको प्रमुख आकर्षण पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुतिमा नाटक मञ्चन हुनेछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा वैशाख १ गते शुक्रबार एभरेस्ट इन्टरनेसनल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहनुभएका साहित्यकारहरूको विशेष सिर्जना वाचन हुनेछ ।
इन्द्रेणी थियटर पोखराबाट रङ्गकर्मीहरू केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेल जापान आइपुग्नुभएको छ।
शनिबार र आइतबार जापनिज थियटरमा उहाँहरूको प्रस्तुति पूरा भैसकेको छ ।
२०७६ मा स्थापना भएको इन्द्रेणी थिएटरले नाटक उत्पादन, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतका क्षेत्रमा काम गरिरहेको छ ।
कार्यक्रममा सहभागिताका लागि अनेसास जापानले सम्पूर्ण सर्जकहरू तथा साहित्यप्रेमीहरूमा निमन्त्रणासहित अनुरोध गरेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।