अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार नाटककार तथा कवि वाशु शशीको सम्झनामा कार्यक्रम गरेको छ । साहित्यकार शशीको ८७ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताले शशीको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभयो ।
अनेसास संवादको २९ औँ शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा सल्लाहकार गोविन्द गिरी प्रेरणा, पूर्व अध्यक्षद्वय मोहन सिटौला र राधेश्याम लेकाली, साहित्यकार तीर्थराज अधिकारी, वाशु शशी स्मृति परिषदका सचिव प्रधुम्न जोशी, अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बेल्जियम च्याप्टर अध्यक्ष डिल्ली अमाई, जर्जिया च्याप्टर उपाध्यक्ष मीरा कोइरालालगायतको मन्तव्य र सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापति अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले साधनारत साहित्यकारको सम्मान र दिवंगत साहित्यकारको सम्झना गर्दै जाने अनेसासको नीति रहेको बताउँदै साहित्यकार वाशु शशीलाई अनेसासले आगामी दिनमा सम्मानपूर्वक सम्झँदै जाने बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।