
डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा निबन्ध प्रतियोगिता गर्ने भएको छ ।
३० वर्ष ननाघेका युवाहरूबीच समितिले बालबालिकाको पठन संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिका शीर्षकमा निबन्ध प्रतियोगिता गर्ने भएको हो । कम्तीमा स्नातक गरेका नेपाली नागरिकले मात्र यस प्रतियोगितामा भाग लिन पाउने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीहरूलाई २५ हजार, २० हजार र १५ हजारसँगै प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
निबन्ध मानक नेपाली भाषामा कम्तीमा दुई हजारदेखि बढीमा २५ सय शब्दसम्ममा लेखिएको हुनुपर्ने बताइएको छ ।
निबन्ध यही वैशाख मसान्तसम्म डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयमा पुग्ने गरी पठाउन आग्रह गरिएको छ । पुस्तकालयको इमेल dkrmlibrary2003@gmail.com मा पनि पठाउन सकिने जनाइएको छ ।
निबन्धसँगै जन्ममिति र स्नातक भएको प्रमाणपत्र संलग्न गर्नुपर्ने जानकारीसमेत दिइएको छ ।
फोनबाट जानकारी लिनका लागि ४४१००२२ मा सोध्न सकिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

