भरतपुर, चैत २२ / कवि एवम् गीतकार प्रभातकुमार जोशीको कविता सङ्ग्रह `राज्यको भलो होस्´ सार्वजनिक गरियो ।

बुधबार नारायणी कला मन्दिर नारायणगढमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि एवम् गीतकार प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, कवि जोशीकी आमा दुर्गालक्ष्मी जोशी, माइजू कृष्णकुमारी पिया लगायतले पुस्तक विमोचन गर्नुभयो ।

पुस्तक विमोचनपछि कविताका बारेमा बोल्दै कवि एवम् समीक्षक सिर्जन अविरलले सङ्ग्रहका कवितामा जोशीको संघर्षपूर्ण जीवनका अनुभूतिहरू अटाएको बताउनुभयो ।

`कवितामा आजको समाजको चित्रण छ, उहाँकै जीवनका विविध आयाम पनि कवितामा आएका छन्, सबै कविताहरू यथार्थको धरातलमा लेखिएका छन्,´ अविरलले भन्नुभयो, `आजको समाज, मुलुकको अवस्था र जनजीवनका पाटाहरू कवितामा बोलेका छन् ।´

पुस्तकलाई भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा ४१ वटा कविता छन् । सम्पूर्ण किताब वितरक रहेको पुस्तकको मूल्य २९८/- छ । नारायणगढ निवासी जोशीको यसअघि `सम्झनाका पलहरू´ (संस्मरण सङ्ग्रह २०७८) प्रकाशित छ । जोशीले नौलो राँको, दोभान, मारुनी, सिर्जना लगायतका पत्रपत्रिकाको प्रकाशन तथा सम्पादन अनुभवसमेत संगाल्नु भएको छ । कायाकैरन