सामाजिक सञ्जालमा सुरू भएकाे सरकारविराेधी कविता अभियान उत्कर्षतिर पुग्न थालेकाे छ । क्वारेन्टाइनकाे पीडा देखाउन सुरू भएकाे सरकारविराेधी कविता अभियानमा देशका चर्चित कविहरू पनि जाेडिन थालेका छन् । देशमा अनेक समस्या रहे पनि त्याे समाधान गर्न छाडेर नेताहरू सत्ताकाे साँघुराे खेलमा लागेकाे भन्दै उनीहरूले विराेध सुरू गरेका हुन् । सुरूमा याे काेराेना महामारीमा केन्द्रित थियाे । काेराेना महामारीकाे विषयमा सरकारले गरेकाे बेवास्ताबाट सुरू भएकाे याे अभियान अहिले भाेकमरी, क्वारेन्टाइनमा भइरहेका समस्या, भष्ट्राचार, सत्ताकाे चलखेल र नेताहरूकाे भ्रष्ट बुद्दीमा केन्द्रित हुन थालेकाे छ ।
यसलाइ कविहरूले क्वारेन्टाइन पाेयट्री नाम दिएका छन् । अभियानकर्ताहरूले एउटा पाेस्टर बनाएका छन्, जसमा सिलाइएकाे अाेठलाइ युवाहरूले च्यात्ने प्रयास गरिरहेकाे देखाइएकाे छ ।
‘एक दिनमा पाँच सयभन्दा बढी कविता पाेस्ट हुन थालेका छन् । याे स्तरकाे कविता अभियान यसअघि कुनै पनि मुभमेन्टमा देखिएकाे थिएन ।’ साहित्यपाेस्टका काव्य विभागका काेअर्डिनेटर निरज दाहालले भने, ‘कविहरूले यसलाइ शालीन विद्राेहकाे नाम दिएका छन् ।’
कोरोना महामारीको चरम अवस्थामा सरकारले गरेको बेवस्थालाई मध्यनजर गर्दै कविहरूले आफ्नो प्रश्न कविताको माध्यमबाट उठाएका छन् । पाँच सयभन्दा बढी कविता एकै पटक पोस्ट भएको छ भने अझै पोस्ट हुने क्रम जारी नै छ ।
‘हाम्रा अावाजहरूलाइ अब कुनै पर्खालले छेक्ने छैन’ पाेस्टरमा लेखिएकाे छ ।
सुरूमा याे केही पीडित कविहरूकाे सामान्य अभियान थियाे तर यसलाइ पाका र नाम चलेका लेखक–कविले साथ दिएपछि यसले उचाइ लिएकाे हाे । अभियान अघि बढ्दै गएपछि यसलाइ साझा राजनैतिक पार्टीनिकट लेखक–कविले नेतृत्व दिन थाले । यसमा थपिए नेपाली कंग्रेसनिकट लेखक–कविहरू । अहिले यसमा सरकार पक्षका लेखक कवि पनि मिसिएका छन् ।
‘याे अभियानलाइ राजनीतिक रंग दिन खाेज्नु गलत हाे ।याे स्वतस्फूर्त अभियान हाे ।’ याे अभियानमा मिसिएका अर्काे दल विवेकशील नेपालीनिकट एक कविले भने, ‘जब कुनै अभियान चल्छ, त्यसमा कसैकाे न कसैकाे नाम जाेडिनछ । यसले स्वतन्त्र अभियानलाइ प्रभावित पार्छ ।म कुनै दलनिकट भएर याे अभियानमा जाेडिएकाे हाेइन ।कविका रूपमा विद्राेह गरेकाे हुँ । त्यसैले पनि नाम नराखिदिन अनुराेध गर्दछु । ‘
कतिपयले सामाजिक सञ्जालभरि किन कविता पाेस्ट भइरहेका छन् भन्ने नबुझिकनै यसमा साथ दिइरहेका छन् । कतिपयले पाेस्टर र कविताकाे शैली मनपरेर साथ दिएकाे बताएका छन् । अभियानकर्ताहरूले अाज दिनभरि पनि याे अभियानले निरन्तरता पाउने अाशा राखेका छन् ।
प्रस्तुत शालीन विद्राेही कविहरूका केही प्रतिनिधि कविताहरू:
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।