काठमाडौं / साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विषयक जनमत विशेष अंकको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
श्रेष्ठको साहित्यिक योगदानको कदर गर्न यो कार्यक्रम गरिएको आयोजक संस्था जनमत मासिकले बताएको छ ।
साहित्यकार श्रेष्ठबारे बोल्दै प्रमुख वक्ता उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले श्रेष्ठ बहुप्रतिभाकी धनी भएर पनि उनको हुनुपर्ने जति चर्चा परिचर्चा हुन नसकेको बताउनुभयो ।
जनमतले श्रेष्ठको योगदानको बारेमा प्रकाश पारे पनि राज्यस्तरबाट खोजी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
फरक भाषा शैलीमा लेख्न सक्ने खुबी भएका श्रेष्ठ बाह्य वातावरण धेरै घुममिल नभएका कारण उहाँको चर्चा कम भएको ज्ञवालीको धारणा थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा वरिष्ठ कथाकार भगिरथी श्रेष्ठले इन्द्र बहुप्रतिभाशाली लेखक र स्वाभिमानी भएको बताउनुभयो । सोही स्वाभिमानले श्रेष्ठलाई पछि पार्दै लगेको प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भगिरथी श्रेष्ठले बताउनुभयो ।
अहिले सबै हल्लाको बजार बढ्दै गएको र यस्तो अवस्थामा समयसँग रूपान्तरण हुन् उहाँले श्रेष्ठलाई सुझाव दिनुभयो ।
कार्यक्रममा साहित्यका तथा भाषा आयोगका सदस्य डा. पुष्पराज भट्ट,
प्राज्ञ डा. कौशिला रिसाल, डा. शैलजा पोखरेलले पनि सो अवसरमा आफ्ना धारणा राख्नुभ एको थियो ।
यसैगरी सम्मानीत व्यक्ति इन्द्र श्रेष्ठ सरित् ले आफ्नाबारे समालोचना र समीक्षा गरिदिने पन्ध्र जना लेखक साहित्यकारलाई धन्यवाद दिनुभएको थियो ।
जनमतका प्रधान सम्पादक मोहन दुवालले जनमतले ओझेलमा परेका सबै क्षेत्रका साहित्यकारलाई सम्मान गर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन प्राज्ञ सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो । कार्यक्रममा सुशीला प्रधानाङ्ग, हेमनाथ घिमिरे, बोधराज पौडेल, राजु सरकार, श्रीराम राई, ममता मृदुल, राजन प्रसाद न्यौपाने, विनोद कुमार श्रेष्ठ, गोपी कृष्ण प्रसाईं, मदन प्रसाईं, विनोद दाहाल ‘वत्स’ डा. अपर्णा पोखरेललगायत श्रेष्ठका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।