विराटनगर, चैत १६ / विराटनगरस्थित प्या्सेफिक होटलमा एक समारोहका बीच साहित्यकार लक्ष्मी उप्रेतीको लघुकथा संग्रह संवेदनाको संसार विमोचन गरियो। प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा ८० वटा लधुकथा रहेका छन्।

कार्यक्रमको सभापतित्व प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुवेदी र प्रमुख अथिति प्राज्ञ विवश पोखरेलले गर्नु भयो भने कृतिबारे भूषण ढुंगेल र प्रतिमा निरौलाले बोल्नु भयो। लक्ष्मी पोखरेल, हरि कट्टेल, राधिका गुरागाईं, देवी पन्थी, राधिका भट्टराई, लगायतले कृति भित्रका एकएक वटा कथा वाचन गर्नुभयो । कवि गोकुल अधिकारीले स्वागत र कवि दिनेश सुवेदी दिङ्लाली कान्छाले रोचकताका साथ कार्यक्रम संचालन गर्नु भयो ।

सोही कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेतीका छोरा संजय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै पन्ध्र लाख राशिको अक्षय कोष राखेको घोषणा जेठी छोरी सविनाले समारोहमा गर्नुभयो। अर्को वर्षदेखि यसको ब्याजबाट कुनै एक क्षेत्रका उल्लेखनीय एक व्यक्तिलाई वर्षको उत्कृष्ट सम्मान रू एकलाख एक हजारसहित साहित्यिकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार र साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप रू ११,१०० हजार राशिको साहित्यिकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार हरेक वर्ष प्रदान गरिने छ ।

साहित्यकार लक्ष्मी उप्रेती सेवा प्रतिष्ठान समितिमा संरक्षक लक्ष्मी उप्रेती र संजय उप्रेती सल्लाहकार साहित्यकार, समाजसेवी, शिक्षासेवी प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ विवश पोखरेल, संगीतकार बुलु मुकारूङ, कुमार पोखरेल, दीपक ओली, पर्वतारोही लाक्पा फुटी शेर्पा रहनु भएको छ भने अध्यक्ष सविना उप्रेती पोखरेल, उपाध्यक्ष सरिता उप्रेती ओली महासचिवमा दिनेश सुवेदी दिङ्लाली कान्छा, सचिव मीनकुमार श्रेष्ठ नवोदित, कोषाध्यक्ष पूजा पराजुली उप्रेती, र सदस्यहरूमा हरि बराल, कल्पना अधिकारी, कोमल पोखरेल, अश्लेषा उप्रेती रहेको ९ जनाको कार्यसमिति गठन भएको छ।