बिएन जोशीद्वारा लेखिएको उपन्यास श्रमाटनको अंग्रेजी संस्करण आउने भएको छ । उपन्यासलाई अरूण बुढाथोकीले अनुवाद गर्नुभएको छ ।

अंग्रेजी संस्करणको विमोचन आउँदो शनिबार पद्मकन्या क्याम्पसमा गरिने लेखक जोशीले जानकारी गराउनुभयो ।

उपन्यासमाथि नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा, साहित्यकार खगेन्द्र संग्रौला तथा कवि युयुत्सु आरडी शर्मा र श्रारू जोशी श्रेष्ठले टिप्पणी गर्नुहुने बताइएको छ ।

अंग्रेजी संस्करणलाई भारतको निराला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।