हरेक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान तथा पुरस्कार २०७९ समालोचक डा.दयाराम श्रेष्ठ`सम्भवलाई प्रदान गरिने भएको छ । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको समालोचना विधामा दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो ।
यसै गरी तीन दशकभन्दा बढी समयदेखि गीत र सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि सङ्गीतकार कुशेश्वर राईलाई २०७९ सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
पुरस्कार सम्मानको राशि क्रमशः एकाउन्न हजार र पच्चीस हजार रहेको छ ।
साहित्यकार विवश पोखरेलको संयोजकत्वमा ,प्रमोद प्रधान, दिङ्लाली कान्छो शोभन नेपाल रहेको चार सदस्यीय सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो ।
यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ , बैरागी काँइला, चुडामणि बन्धु , तुलसी दिवस, मञ्जुल, विन्ध्या सुब्बा र बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा . डा राम बहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा , गायत्री श्रेष्ठ , नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान , मोमिला, लक्ष्मी उप्रेती , विमल वैद्य , बुलु मुकारुङ, विक्रमश्री , सुमन पोखरेल लगायतका स्रष्टाहरू पुरस्कृत र सम्मानित भैसक्नुभएको छ ।
उक्त दुवै पुरस्कार आगामी २०८० साल वैशाख ९ गते श्रीकृष्ण होटल विराटनगरमा समर्पण गरिने बताइएको छ । सो समारोहमा देवकुमारी थापाका प्रतिनिधि कथासङ्ग्रहको समेत विमोचन गरिने छ । शब्दपथ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 





