
काठमाडौं / गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा हुन लागेको फेस्टिभल आज चैत १३ गतेदेखि चैत १७ गतेसम्म चल्ने छ ।
कार्यक्रमका निर्देशक पुष्कर गुरुङका अनुसार फेस्टिभलमा नेपालका ६ नाटकहरु मञ्चन हुनेछन् । यसअघिका फेस्टिभलमा विदेशी नाटकहरू पनि समावेश गराइए पनि यसपटक राम्रो कथावस्तु भएको विदेशी नाटकहरू नआएकाले नेपाली नाटकमात्र समेटिएको निर्देशक गुरुङले बताउनुभयो ।
साथै माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुनेछ ।
महोत्सवको उदघाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’समेत प्रदान गरिने निर्देशक गुरुङले जानकारी दिनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
