पत्रकार लक्ष्मण दर्नालको पुस्तक ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व’ २००७ र २०७९ विमोचन गरिएको छ । ५८ औँ अन्तर्राष्ट्रिय रङ्ग तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पुस्तक लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदको तथ्याङ्क- नामावली समावेश गरिएको छ । जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानमा दलितको सहभागिताको तथ्याङ्कसमेत पुस्तकमा समेटिएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिको नामावली समावेश छ । पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्याङ्कको रूपमा दस्तावेजीकरण गरिएको छ ।
पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका ३४ जना दलित मन्त्री भएको उल्लेख गरिएको छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको सङ्ख्या १६७ रहेको छ । प्रदेश सांसदको सङ्ख्या १०९ छ । प्रदेश प्रमुखमा एक जना भएका छन् भने राजदूत तीन जना भएका छन् ।
पुस्तकको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जना निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन् । छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको सङ्ख्या १२३ रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।