नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएका साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक कार्यक्रमका बीच सम्मानित‌ गरियो।

लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक रहनुभएका ‘रोदन’ले गोरखापत्र दैनिकको प्रधान सम्पादकका रुपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो ।

कार्यक्रममा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रमसमेत सम्पन्न गरियो ।

कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले सम्मानित स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’का बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित गरिएको थियो ।

कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व श्रीओम श्रेष्ठ रोदनले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको विचार व्यक्त गर्दै सहरदेखि टाढा दुर्गम स्थानमा समेत साहित्यको गर्विलो अभ्यास बढ्दै जानु सन्तोषको विषय भएको बताउनुभो ।

उहाँले योग्य पिताका सुयोग्य पुत्र विजयध्वज थापाले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्रीवृद्धि गरेको चर्चा गर्दै लीलाध्वज साहित्य प्रतिष्ठानले हरेक महिना नियमित रुपमा यस्तै राम्रो कार्यक्रम गर्ने गरेको थाहा पाउँदा अत्यन्त खुशी लागेको बताउँदै यसको निरन्तरताको कामना गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाद्वारा रचित दुर्लभ कविता ‘कालो झण्डा’ वाचन गर्नुभएको थियो ।

यसै क्रममा साहित्यकार कवि ममता मृदुलले प्रतिष्ठानले आजसम्म सम्मान गर्नै पर्ने, सुयोग्य, अग्रज स्रष्टालाई खोजीखोजी सम्मान गरेकोमा खुसी प्रकट गर्नुभयो ।

उक्त कार्यक्रममा कार्यक्रममा श्रष्टा श्रीओम श्रेष्ठ रोदन, प्रा डा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने, विजयध्वज थापा, उत्तम विचार, लव खडका, रूवी सत्याल बिडारी, धन्वन्तरि मिश्र ‘कात्यायन’, सुशान्त केसी, बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्णप्रसाद पौडेल, डा .बमबहादुर थापा ‘जिताली’, जयराम बिडारी, बिनु बाबा घिमिरे, द्वारिका ढुंगाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रवीन्द्र आशीष शैली , नारायण भण्डारी ‘जनकपुरी’, वासुदेव ठकुरी, विनोद नेपाल, सुन्दर खड्का, राजनप्रसाद न्यौपाने, प्रेममान डंगोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष विजयध्वज थापाले सम्मानित स्रष्टा ‘रोदन’ लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय योगदान गरेका, अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाका साथै उहाँले लीलाध्वज थापा साहित्य प्रतिष्ठानको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको अनुभूति भएको बताउँदै अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुभयो ।

हालसम्म संस्थाले पचहत्तर (७५) अग्रज तथा विशिष्ट स्रष्टा साहित्यकारहरूलाई सम्मानित गरेको जनाउँदै थापाले उपस्थित सम्पूर्ण स्रष् प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

जयराम बिडारी