उदयपुर (गाईघाट), चैत्र ११ / प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमुख आतिथ्यमा भयको सो कार्यक्रममा स्रष्टा टङ्कबहादुर आले मगरलाई सम्मान गरिएको थियो ।
नेपाली भाषा साहित्य कला संस्कृतिमा स्रष्टा आलेले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । आलेका तीन थान कृति प्रकाशित छन् भने अमूर्त चित्रकलमा लामो समयदेखि उहाँले कुची चलाउँदै आउनुभएको छ ।
सो कार्यक्रम प्रमुख अतिथि बोधकुमार घिमिरेले स्रष्टालाई सम्मान गर्ने कार्यले निरन्तरता पाउनु पर्ने र समाजमा लुकेर बसेका प्रतिभा पहिचान गरी बाहिर ल्याउनु पर्ने कुरामा जोड दिँदै मार्क्सवादी चिन्तनका साहित्यकारहरू समाजमा छन् तर पछाडि परेको अवस्था रहेको बताउनु भयो ।
कार्यक्रममा अर्का विशिष्ट अतिथि प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व राष्ट्रिय परिषद् सदस्य एवम् साहित्यकार पुन्य कार्कीले सम्मानित स्रष्टाका बारेमा चर्चा गर्नु भएको थियो ।
अर्का विशिष्ट अतिथि त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा प्रमुख डा• कैलाशकुमार राईले प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले स्रष्टालाई प्रोत्साहन गर्न सम्मान गर्ने परम्परा आफैँमा महत्त्वपूर्ण रहेको र यो क्रमले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनु भयो ।
सो अवसरमा निरज कोइराला, पुन्य कार्की, उद्वव घिमिरे, कुमार कोइराला, माधव पोखरेल गोज्याङ्ग्रे,सम्झना राई असफल,डा• कैलाशकुमार राई, सम्मानित स्रष्टा टङ्कबहादुर आले मगर, बोधकुमार घिमिरे, चन्द्रनारायण चौधरी, निर्मला पुरी, सरिता पौडेल गुरागाईं, खिला घिमिरे बुइपाखिरी, श्याम कर्ण राई,पावल पन्थ राई, फडिन्द्र बिक, अनिल घिमिरे, सीमा मास्के लगायतकाले आआफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम संचालन अनिल घिमिरे र सरिता पौडेल गुरागाईंले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।