धनगढी, चैत ९ / कैलालीको टीकापुरमा आयोजना हुन लागेको टीकापुर साहित्य महोत्सव २०७९ लाई सफल पार्न सहयोग गर्ने सहयोगी दाताहरु बढ्दै गइरहेका छन् ।

साहित्य मार्फत सद्भाव भन्ने नाराका साथ चैत अन्तिम साता टीकापुरमा आयोजना गर्न लागिएको टीकापुर साहित्य महोत्सव २०७९ लाई सफल पार्न देश भित्र र बाहिर रहेका साहित्य प्रेमीहरुले सहयोग गर्ने क्रम जारी छ।

यसै क्रममा एनआरएनका महासचिव गौरी जोशी र समाजसेवी हिक्मत थापाले एक एक लाख रुपैयाँ सहयोग गरेका छन् । टीकापुर घट्नापछि परेको नकारात्मक छापलाई मेटाउन टीकापुर साहित्य समाजले चैत २५ देखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सव आयोजना गर्न लागेको हो।

यसअघि अमेरिकाको न्युयोर्कमा व्यवसाय गर्दै आएका टीकापुरका जीवन बम जंग, बासुदेव अधिकारी लयायतले जनही एक/एक लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।