
नियात्राकार घनश्याम राजकर्णिकारले आफ्नो विरासतमा आएको नेपालकै पहिलो पाउरोटी उद्योगको इतिहास लेख्नु भएको छ ।
‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तकलाई हालै सार्वजनिक गरियो ।
पुस्तकलाई कृष्ण पाउरोटी भण्डारले बजारमा ल्याएको हो । नेपालमा पाउरोटी उद्योगको स्थापना गर्ने कृष्णबहादुर राजकर्णिकार र कृष्ण पाउरोटी भण्डारका विषयमा यो पुस्तक आधारित छ ।
पुस्तकमा कृष्ण पाउरोटीको इतिहास, विकास र आरोह–अवरोहलाई लेखकले संस्मरणको रूपमा प्रस्तुत गरेका छन् । लेखक कर्णिकारका केही चिन्तन केही मन्थन २०३५, विदेशको यात्रा स्वदेशको सम्झना २०३७, देश प्रदेशको भ्रमण २०४३, सम्झनाको लहरमा लहरिँदै जाँदा २०५२, बुद्ध ज्योतिका केही रश्मि २०६४ लगायत पुस्तक प्रकाशित भइसकेका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
