
साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
लामो समयदेखि जापानमा रही साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् । सङ्गीत संयोजन तथा लयसमेत वसन्त थापाकै रहेको छ ।
म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ ।
पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्याङ, कुलो, इनारजस्ता बिम्बहरूलाई उनले गाउँले प्रेमसँग जोडेका छन् । गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् ।
सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु देखाएका छन् भने सम्पादनमा विकास ज्ञवाली जमेका छन् ।
गीतमा रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन श्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन सक्षम देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

