काठमाडौँ / यस वर्षको पुष्पपराग वर्ष पुरस्कार तथा सम्मान विविध साहित्यकार तथा सङ्गीतकर्मीलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने यो ‘पुरस्कार छनोट समिति’को सिफारिसका आधारमा यो पुरस्कारको घोषणा गरेको हो ।

प्रजापतिलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीपकुमार मैनालीले बताए । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले नै प्रदान गर्ने नील-गंगा भाषा साहित्य पुरस्कार तथा सम्मान शरद्चन्द्र वस्तीलाई, तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान शोभा दुलाललाई, पद्मावती गीत-संगीत पुरस्कार तथा सम्मान हरिदेवी कोइरालालाई र पुष्प पराग वर्ष सम्मान रत्न प्रजापतिलाई प्रदान गरिने भएको हो ।

यसैगरी प्रतिष्ठानले शुक्रमन्दिर लोक साहित्य पुरस्कार सत्यकला राई, कृष्णलीला-गोपिनी सिवाकोटी स्मृति पुरस्कार छेवाङ तेन्जिङ लामा, परममाया कृष्णप्रसाद थपलिया पुरस्कार डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गर्ने भएको छ ।

यस्तै नेपाली साहित्यमा योगदान गरेवापत प्रत्येक वर्ष एक जना सर्जकलाई दिइने मानार्थ सदस्यता यस वर्ष साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिने भएको छ । पुरस्कार तथा सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आगामी चैत २५ गते आयोजना हुने समारोहमा प्रदान गरिनेछ ।