२०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको शब्दाङ्कुर (साहित्यप्रधान मासिक)ले प्रकाशनको एक्काइस वर्ष पूरा गरी बाइस वर्ष प्रवेश गरेको उपलक्ष्यमा कथा प्रतियोगिता आयोजन गरेको छ ।
सो प्रतियोगितामा धोबीघाट, ललितपुरका अजय रिसाल (प्रा.डा.)को ‘मोबाइलको घण्टी’ले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै बेलका २, उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ले द्वितीय स्थान र गोकर्णेश्वर ३, काठमाडौँका अज्ञात युवकको ‘दुर्व्यवहार’ले तृतीय स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताका लागि प्राप्त कथाहरुको प्रारम्भिक छनोट सम्पादकहरू भोगेन्द्र लिङ्देन, गोविन्द घिमिरे र टेकेन्द्र चेम्जोङले गर्नुभएको थियो ।
अन्तिम छनोट भने डा. गणेशप्रसाद भट्टराई, सुदीप पोखरेल र गायत्री बिष्टले गर्नुभएको थियो । सबै कथाबाट कथाकारको नाम, थर, ठेगाना आदि हटाई कुनै पनि तरिकाले चिह्नित हुन नसक्ने गरी कोडिङ गरेर निर्णायकलाई निर्णयका लागि उपलब्ध गराइएको थियो । प्राप्त कथाहरूमध्ये उत्कृष्ट दश कथालाई निकट भविष्यमा र बाँकी कथालाई क्रमशः प्रकाशन गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।