हेटौंडा, फागुन २७ / कवि तथा पठन संस्कृतिका विकासमा लागिपरेका छवि अनित्यले किताबघर शुरु गर्ने हुनु भएको छ ।
भुटनदेवी माविको भैरवरोडस्थित सटरमा साहित्यिक पुस्तकहरू बिक्रीका लागि राखिने उहाँले बताउनु भयो ।
उक्त किताबघरमा हाललाई विद्यालय तथा कलेजका पाठ्यक्रमअनुसारका पुस्तक नराखिने तथा विशेषतः बालबालिकामा पठन संस्कृतिको विकासका लागि पुस्तकहरू उपलब्ध गराइने बताइएको छ ।
यसका अलावा युवा तथा अन्य उमेर समूहलक्षित साहित्य, राजनीति, धार्मिक, ऐतिहासिक आदि पुस्तकहरु उपलब्ध हुनेछन् ।
फागुन २९ गतेबाट औपचारिक रुपमा शुरु हुने किताबघरमा अध्ययनका लागि ४० जनाको हाराहारीमा रहेर अध्ययन गर्न सकिने गरी छुट्टै कक्षको व्यवस्था समेत गरिएको छ ।
अनित्य आफैं पुस्तक लेखक रही विभिन्न स्कूलहरूमा पुस्तक प्रदर्शनी गराएको अनुभवले पनि किताबघर भिन्न उद्देश्यले सञ्चालन हुने बताउनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

