काठमाडौँको चाबहिल ७, गौरीनगरमा अवस्थित ज्ञानदीप शिक्षा सदनले स्थापनाको १७ औँ अभिभावक दिवस, पुरस्कार वितरण, सम्मान तथा वार्षिक उत्सव मनाएको छ ।

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवं प्रोग्रेसिभ एजुकेशनल फोरमकी अध्यक्ष तथा विद्यालयकी प्राचार्य एवं समालोचक सीता भट्टराईको सभापतित्वमा एवं कवि गोविन्दप्रसाद घिमिरे वेदमणि, कवि गीता कार्की, समाजसेवी सूर्यबहादुर श्रेष्ठ तथा कवि तथा समालोचक डा. रमेश शुभेक्षुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराई काठमाण्डौ प्याब्सनका बरिष्ठ उपाध्यक्ष नवराज भट्ट,फैका तथा कागेश्वरी प्याब्सनका अध्यक्ष श्रीराम दाहाल,काठमाण्डौ प्याब्सनका सदस्य सुशिल प्रसाई,कवि मेनका पोखरेल,साहित्यकार उपमा आचार्य , मोक्षदा बिद्यालयका प्राचार्य पुरुषोत्तम महर्जन, दुर्गा भवानी बिद्यालयका प्राचार्य लम्बोदर घिमिरे, प्रा.डा. दुर्गाप्रसाद अर्याल, प्रा.कोषराजन्यौपाने , साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल तथा निबन्ध आचार्यको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय गान तथा प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी शुरू गरिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराईद्वारा स्वागत मन्तव्य राखिनुका साथै विद्यालयका ९ र १० कक्षाका विद्यार्थीहरूद्वारा स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कवि गोविन्दप्रसाद घिमिरे ‘वेदमणि‘ साहित्यकार गीता कार्की, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने तथा गौरीनगर सुधार समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठलाई माला खादा दोसल्ला तथा सम्मान-पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा कवि तथा समालोचक डा.रमेश सुभेक्षुले सम्मानित व्यक्तित्वहरूका बारेमा संक्षिप्त प्रकाश पार्दै सम्मानित व्यक्तित्वहरूले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले साहित्य कलाको माध्यमबाट मानव जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारे ।

सम्मानित भएका व्यक्तित्व गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले साहित्यकारहरूको प्रमुख केन्द्र मानिएको प्रज्ञा प्रतिष्ठानले साहित्य कर्ममा सक्रिय साहित्यकारलाई उनीहरूको योगदानका आधारमा गर्नुपर्ने प्रोत्साहनलाई शिक्षासेवी तथा साहित्यकार सीता भट्टराईले मनन गरेर आफूहरूलाई गर्नु भएको सम्मानको खुलेर प्रशंसा गरेका छन् । यसैक्रममा कवि तथा साहित्यकार गीता कार्कीद्वारा कविता वाचन गरिनुका साथै विद्यालयका नर्सरी, एलकेजी , युकेजी १० कक्षाका विद्यार्थी लगायत शिक्षिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।

ज्ञानदीप शिक्षा सदनले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना नानीबाबुहरूलाई नियमित गृहकार्य गराउने सरसफाईलगायत अनुशासित र नियमित विद्यालय पुग्नुका साथै समयमै शुल्क बुझाउने योग्य अभिभावकलाईसमेत सम्मान गरेको छ । सम्मानित अभिभावकहरू निशा/ रमेश खकुरेल, गीता/ दीपेन्द्र खड्का, सीता/ दीलनाथ घिमिरे, राधिका / राजु लामिछाने , रीता/ प्रमोद खड्का रहेका छन् ।

यसै क्रममा विद्यार्थीहरूमाझ पनि विभिन्न विधामा एकेडेमिक पुरस्कार वितरण गरिएको जनाइएको छ । सबैभन्दा बढी जिपिए 4 ल्याउन सफल नर्सरीका शिक्षा कटुवाल प्रथम दिप्सल खड्का द्वितीय र प्रिंस मगर तृतीय यसैगरी एलकेजीका एकता झा/ एलेन कार्की, श्रमन सेन्चुरी,आरियाना पौडेल , युकेजीका अनुष्का घिसिङ/ रबिना खड्का, आयुष लामा कृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसैक्रममा कक्षा एक अन्तर्गत प्रिंस खड्का/कौशल पराजुली, अभिषेक लामिछाने , सुबिन चौलागाईं, तथा कक्षा दुई बाट क्रमश आयुष भण्डारी, सम्भव अर्याल, समिप सापकोटा का साथै कक्षा तीन बाट भव्य झा, आयुष्मा बुढाथोकी कास्की शाह प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भएका छन् । साथै अन्य विविध विधामा उत्कृष्ट रहेका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिनुका साथै बल पासिङ खेलमा विजेता बनेका अभिभावकसमेतलाई पुरस्कृत गरिएको थियो ।

जयराम बिडारीको रिपोर्ट