
काठमाडौं / हाइजिन प्रदीप आर तुलाधरद्वारा सिर्जित हाइकुसङ्ग्रह इलं ह्वाःगु सः (समय नियन्त्रित स्वर) को एक समारोहका बीच सार्वजनिक गरियो ।
कार्यक्रममा कथाकार ध्रुव मधिकर्मी, कवि पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले संयुक्त रुपमा सो कृतिको विमोचन गर्नुभयो ।
विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै समालोचक ताम्राकारले समसामयिक जीवनका हरेकजसो पक्षलाई सरल रुपमा हाइकुमा अभिव्यक्त गरिएको छ भन्नुभयो ।
प्रमुख अतितिको आसनबाट कवि राजकर्णिकारले भाषासाहित्यको महत्त्व नयाँ पुस्तासम्म पु-याउन र समयको महत्त्वलाई बोध गराउन कृति सफल रहेको बताउनुभयो ।
सभापतिको आसनबाट कथाकार मधिकर्मीले प्रत्येकका अनुभूतिमा केही न केही नयाँपन हुन्छ भन्दै ढिलै भए पनि स्रष्टा तुलाधरले आफ्ना अनुभूतिहरूलाई साहित्यमा उतारेर सार्थक कार्य गरेको छ भन्नुभयो ।
कार्यक्रममा स्रष्टा प्रदीप आर तुलाधर, भाषासेवी डा.शान्तवीर सिं तुलाधर र उर्मिला डंगोलले पनि मन्तव्य राख्नुभएको थियो ।
दुर्गा तुलाधरद्वारा प्रकाशित हाइकुसंग्रह इलं ह्वाःगु सःमा समसामयिक जीवनका विविध विषयमाथि लेखिएका तीन सय पैंसठी वटा हाइकु संग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

