
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७८ सालको तीन वटा पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानले “कृष्णभूषण बल स्मृति सिर्जना सम्मान २०७८” ले कवि तथा गीतकार दिनेश अधिकारी (काठमाण्डौँ ) लाई नगद रु. पच्चीस हजारसहित सम्मान पत्रले सम्मान गरेको छ भने कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान २०७८” ले कवि सुधा एम राई ज्यू (सिक्किम) लाई नगद रु. पन्ध्र हजारसहित सम्मानपत्रले सम्मान गरेको छ ।
कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार धनकुटाको पाख्रीबास निवासी कवि रोशन परियारलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार रुपैंया रहेको छ । धनकुटाको पाख्रिबास जन्म र कर्मभूमि बनाएर नेपाली साहित्यमा चम्किला ताराको रुपमा उदाएका कवि रोशनको “सियोको दूरबिन” कविता संग्रह प्रकाशित छ ।
सम्मान लिंदै कवि रोशनले भने कवि तथा गीतकार दिनेश अधिकारी र कवि सुधा एम राईले टेकेको माटोलाई सँगै उभिएर मैले स्पर्श गर्न पाउनु अर्को खुशीको क्षण हो मेरो।
कार्यक्रमका अध्यक्ष साहित्यकार केशव आचार्य , प्रमुख अतिथि कवि तथा गीतकार शिवशंकर थापा साथै प्रमुख संरक्षक शोभा लामा बलको हातबाट कवि रोशनलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कवि सुमन पोखरेलले व्यवस्थापन गर्नु भएको कार्यक्रमलाई कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
