चितवन / सुश्रव्य साहित्य समूहले खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा सबै उमेर समूहका कविले भाग लिन पाउने भएका छन् ।

“साहित्यका अक्षर हुनेछन् अब भव्य, सिक्ने सिकाउने चौतारी हो सुश्रव्य ” भन्ने मूल नाराका साथ सुश्रव्य साहित्य समूहले कार्यक्रम आयोजना गरेको यस प्रतियोगितामा जुनसुकै विधा, विषयमा कविता लेख्न सक्ने कार्यक्रम संयोजक विजय घिमिरे (बिफल ) ले जानकारी गराउनु भयो ।

प्रतियोगितामा सहभागिता जनाउन कविता २०७९ फाल्गुन ३० गतेभित्र पठाइसक्नु पर्ने बताइएको छ ।

कविता पठाउँदा निम्न नियमहरू पालना गर्नसमेत अनुरोध गरिएको छ ।

१) कविको रचनाले शीर्षकको मर्म / भाव बोकेको हुनुपर्ने छ ।

२) कविता मौलिक रचना हुनु पर्ने छ । कहीँ कतैबाट साभार गरिएको भेटिएमा प्रतियोगिताबाट हटाइने छ / प्रतियोगी आफैँ जवाफदेही हुनुपर्ने छ ।

३) कविता कुनै पनि धर्म, संस्कृति, जातजाति, व्यक्ति विशेषलाई आँच आउने हुनु हुँदैन।

४) कविता बढीमा २५० शब्दको प्रेषित गर्नु पर्नेछ र वाचन ५ मिनेटमा सक्काउनु पर्ने छ।

५) कविता नेपाली भाषामा शुद्ध हुनुपर्ने छ ।

६) आफ्नो रचना लिखित सहित भिडियो मार्फत पठाउनु पर्ने छ, प्राप्त रचना (भिडियो) फेसबुक पेजमा प्रसारण गरिनेछ ।

७) लिखित कविताको भिडियो साथै लिखित कपी सुश्रव्य साहित्य समूहको ई-मेलमा पठाउनु पर्ने छ ।

८) कविता ई-मेलमा पठाउँदा कविको नाम , ठेगाना ,सम्पर्क नम्बर परिचय खुल्ने गरी पठाउनु पर्नेछ ।

९) उत्कृष्ट रचना मध्येको सर्वोत्कृट ३ कविलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिनेछ । सहभागी सबैलाई डिजिटल प्रसंशा पत्र प्रदान गरिनेछ।

१०) प्रतियोगितामा निर्णायक र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

११) कविता कुनै कार्यक्रम वा सामाजिक सञ्जालमा प्रसारण /छपाई तथा वाचन नगरेको हुनुपर्ने छ।

१२) फेसबुकमा प्रसारित कविताको लाइक, कमेन्ट र सेयरका आधारमा ३०% र निर्णायकको ७०% मूल्याङ्कन आधार रहने छ।

(नोट: खुल्ला कविता प्रतियोगिता भएको हुनाले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगितामा भाग लिन पाउनुहुने छ ।)

कविता पठाउने अन्तिम मिति : २०७९-११-३०
Whatsapp Number : ९८०३९९३५०६
इमेल : Susravaysahityasumaha@gmail.com