काठमाडौं / नागार्जुन साहित्यिक प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना गर्ने सुप्रभात काव्यगोष्ठी गत शनिबार सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता, प्राज्ञ डा. कौशिला रिसालको आतिथ्य र गङ्गाप्रसाद भेटवालको उपस्थितिमा सो गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा कवि तथा गजलकार रामदेव पाण्डेले ‘नयाँ साँचोʼ शीर्षकीय गजल, भेषेन्द्रकुमार अर्यालले ‘जिन्दगी, इमान’ शीर्षकको कविता, भुटानद्वारा अमेरिकामा शरणार्थी बनाइएका नापाली भाषी कवि वैरागी माइलाले ‘विगत सम्झिएर वर्तमानʼ, सुजिता अविरलले ‘चेतनाको युगʼ शीर्षकको गजल वाचन गर्नुभएको थियो ।
यसरी नै सुशीला शर्माले ‘श्रद्धाञ्जली’ शीर्षकको छन्द कविता, गङ्गाप्रसाद भेटवालले ‘कहाँ छ हाम्रो देश’ शीर्षकीय कविता, युवराज नास्तिकले ‘स्नानागारका नाङ्गाहरूʼ, दिल पौडेलले ‘तितेपातीको रस’, ‘जहाँ नदी हुन्न, त्यहीँ पक्की पुल’ हाइकु र गजल वाचन गर्नुभएको थियो ।
त्यसैगरी अतिथि तथा टिप्पणीकार प्राज्ञ डा. कौशिला रिसालले ‘नदी र जीवन’ शीर्षकीय सिर्जना वाचन गर्दै वाचित अन्य सिर्जनाहरूको साङ्गोपाङ्ग टिप्पणी गर्नुभएको थियो । उहाँले वाचित कविताहरूले एउटा युग बोलेको बताउनुभयो ।
सो कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव एवं संयोजक युवराज नास्तिकले गर्नुभएको थियो ।
सुप्रभात काव्यगोष्ठी आगामी चैतको तेस्रो शनिबार अर्थात् चैत १८ गते आयोजना हुने अवगत गराउँदै अध्यक्ष दिल पौडेलले कार्यक्रमको बिट मार्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।