११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी आइतबार वडा नं ९ मन्डिखाटार नेवरहुड स्कुलको आयोजना र अक्षरधामद्वारा प्रकाशित तीन स्रष्टाहरूका कृति विमोचन गरियो ।
लक्ष्मी उप्रेतीद्वारा लिखित कोरोनाको लहर, रञ्जुश्री पराजुलीद्वारा लिखित आमालाई उपहार र चुलबुले कान्छो , राधिका दाहालद्वारा लिखित निर्भयाबाबु र हात्ती गरी चार बालकृति विमोचित गरिएको हो ।
स्कुलकी प्राचार्य प्रभा सिवाकोटीको सभापतित्व, वडा नं ९ का वडा अध्यक्ष सुमित्रा पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रममा छायादत्त नेउपानेले समीक्षा गर्नुभएको थियो ।
रन्जुश्री पराजुलीले आफ्नो कृतिबारे बोल्नु भयो भने लक्ष्मी उप्रेतीले समग्र बालसाहित्य लेख्न जोखिम भए पनि यसको उपादेयताबारे बताउनुभयो । त्यस्तै ११३औं नारी दिवसको सन्दर्भमा भएको यो कार्यक्रममा नारीबाट नै विशेष भूमिका रहनुले सार्थक भएको भनाइ उहाँको थियो ।
प्रमुख अथिति पाण्डेले बालसाहित्य बालबालिकालाई नै केन्द्रित भएर लेखिने हुँदा यसरी विध्यालयमा बालबालिकाको उपस्थितिमा गर्नु राम्रो हो भन्दै नारी दिवसको शुभकामना र राजनीति र सामाजिक जिम्मवारीबारे आफ्नो मन्तव्य राख्नु भयो।
अन्त्यमा सभापतिको अनुमतिले सभा विसर्जन गरी संचालक उक्त विध्यालयकी शिक्षिकाले आफ्नो भूमिका बडो रोचकताका साथ अन्त्य गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।