शून्य भेदभाव दिवसकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा-१२ “सबै भेदभाव अन्त्य गराैँ ” भन्ने आह्वान गर्दै टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ ।

टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाकाे प्रशिक्षणमा २०७९ फागुन १७ गते सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ४१ टुक्का यात्रीहरूले भाग लिएका थिए ।

कार्यक्रममा संयाेजक/ प्रशिक्षक ताराप्रसाद चापागाईँले हाम्राे वरपर कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था, कहिले रङ्ग, कहिले धर्म, विभिन्न राेगी र कहिलेकाही केही नयाँ परिस्थितिले समेत भेदभाव भई रहेकाे देखिएकाे हुँदा यो संसारमा मानव मात्र नभई याे ईश्वरकाे सृष्टिमा रहेका सजीव तथा निर्जीव बस्तुहरूको समेत उत्तिकै अधिकार रहेको कुरा चेतनशील मानव समुदायले बुझ्नु पर्ने भन्दै सन् २०१४ मार्च १ बाट शुरु भई हरेक वर्ष मार्च १ मा मनाइने “शून्य भेदभाव दिवस” काे अवसरमा समाजमा हुने सबै प्रकारकाे भेदभाव अन्त्य गरि एकजुट समाजकाे निर्माण गर्न सबैले सक्दाे पहल गर्न आव्हान गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग १२ मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै सबै भेदभाव अन्त्य गराैँ भन्ने सचेतना छर्दै न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज निर्माणकाे आह्वानका साथ नव काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का यात्रीहरूले ” सबै भेदभाव अन्त्य गराैँ ” भन्ने आह्वानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू
[१]
१.
मानव हामी सचेत प्राणी भेदभाव गर्नु किन
समान व्यवहार गराैँ सबै मर्नु छ एक दिन ।
२.
भेदभाव गर्न छाेड्छु भनि आजै प्रण गराैँ
मानवता जगाई समाजमा उज्यालाे छराैँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
जवाफदेहिता हरायो भेदभाव गर्न हुन्न भन्ने
दलित कथित तल्लो वर्ग अब यहॅा कसले गन्ने ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
हाल- प्रवास
[३]
ईश्वरको सृष्टि सबै हामी उच्च कोटिमा पर्ने,
ठुला-साना जात भनेर भेदभाव किन गर्ने ?
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ, भारत ।
[४]
१.
न तिमी नै सक्छौ न त म सक्छु, भेदभाव सहन
बुझेर यस्ता कुरा, छोडिदेऔँ आजैदेखि दलन ।
२.
कति सुन्दर हुन्थ्यो होला नि, भेदभावरहित समाज
स्थापित गर्न लागिपर्नु पर्छ, सबै शिक्षितहरू आज ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नगरपालिका – ४,
ललितपुर, वागमती प्रदेश, नेपाल ।
[५]
१.
जातजाति भाषा धर्म भेदभाव गर्ने व्यवहार,
सबैको आवाज उठ्नु पर्छ परिवर्तन विचार।
२.
हत्या हिंसा भ्रष्टाचारीको बनेको छ सरकार,
कस्ले सुन्छ निर्दोषी यी जनताहरुको गुहार।
✍️ मनोज खत्री अछामी
[६]
१.
भेदभाव गर्नेलाई सचेत प्राणी कसरी भन्नु
मर्ने थाहा पाउॅंदा पाउॅंदै त्यस्तो बाटो किन खन्नु?
२.
सचेत प्राणीले अर्कालाई दुःख दिन बन्द गर
सच्चा मानवले गर्ने काम मात्र दिमागमा भर।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः- अमेरिका, म्यासाचुसेट्स बोस्टन।
[७]
१.
मानिस बिच भेदभाव गर्नु हुन्न कहिल्यै,
मानवताको समभाव राख्नुपर्छ जहिल्यै ।
२.
जुनसुकै प्राणीको पनि रगत रातै हुन्छ,
हर्ष बिस्मात रोदन अनि करुणाले छुन्छ ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[८]
१.
मानव भएर सचेत भइ भेदभाव गर्न छोडौँ ,
शिक्षादीक्षा दिँदै चेतना छर्दै सबैलाई अब जोडौँ।
२.
मर्नु छ एक दिन एकाअर्कामा कुदृष्टि मन देखी नै फालौँ ,
देशको लागि सबैको मनमा शिक्षा दिँदै उज्यालो दीप बालौँ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[९]
१.
मानिस सबैको अमूल्य हुन्छ जिवन,
एकले आर्काको गर्नुपर्छ नी जतन।
२.
हाम्रो दुस्मन लुकेको हुन्छ हामी भित्र,
चिनौ र लोभ रहित बनौ सबै मित्र।
✍️ सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[१०]
सम्पूर्ण विभेद अब अन्त्य गर्दै अघि सराैँ
मानवता र समानता यहाँ कायम गरौँ ।
✍️ विक्रम तिरूवा सलिन ।
जुम्ला
[११]
सानो र ठुलो भनि कदापि भ्रम नछरौँ
बरू चेतना फैलाऔँ,भेदभाव नगरौँ ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[१२]

विश्वभरि सचेतना जगाउनु अब,
कुदृष्टिले नहेर्नु समान हुन सब।
२.
मान्छे मान्छे बिच हामीले विभेद गर्नु हुन्न कहिले,
मानवमा हुने रिस राग अन्त्य गर्नु पर्छ अहिले।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[१३]
१.
किन भेद गर्ने आखिर लिङ्ग, वर्ण ,वर्ग, धर्म
समानताको भाव राखौँ, गरौँ सधैँ सत्य कर्म ।
२.
श्रम चल्छ सिप चल्छ मात्र चल्दैन यहाँ भात
मान्छेले नै चलाएका हुन् फरक फरक जात ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[१४]
भेदभाव के का लागि? छैन फरक खानेकुरा
तयार पारौँ अहिल्यै नै स्वर्गतिर जानेकुरा ।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[१५]
१.
गर्नुपर्छ सम्मान सबैलाई आदर गरी
बाँच्नुपर्छ यहाँ मिलेर मानव सधैँभरि।
२.
त्यागौँ भेदभावहरू अन्धविस्वास फालेर
उठौँ जागौँ मानव एकताको दीप बालेर।
✍️ साँग्रीस मानन्धर मोती
क्याक्मी हटिया हरिनास ६ स्याङ्जा
[१६]
यो दुनियाँमा सबैलाई समान छ अधिकार,
निर्माण गरौँ विनाभेदभाव असल विचार।
✍️ म्यामराज राई
भोजपुर ।
[१७]
नगरौँ कसैलाई हेला र तिरस्कार,
बनाउनु पर्छ दुखीलाई बाँच्ने सार ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१८]
१.
मान्छे हौ भने मानवीय व्यवहार गर्नु
आफू भन्दा कमजोरलाई आँखा नतर्नु।
२.
सबैले सबैकेा हृदयमा मायाले भरौँ
यस धर्तिमा भेदभावको अन्त्य नै गरौँँ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[१९]
सृष्टिका यावत् प्राणी महान् हुन है सबै
ठुलोसानो भेदभाव गर्नु हुन्न कवै ।
✍️ बिबस पारदर्शी
झापा
[२०]
१.
भेदभाव किन मानव सबै एकै हामी,
मिलेर अगाडि बढ्दा हुन्छ समाज दामी।

भेदभाव नगराैँ महिला पुरुष एकै हामी,
एक बिना अर्को अधुरो जीवन बनाउँ नामी।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[२१]
१.
एकै रथका दुई पाङ्ग्रा भएर रहनुपर्छ
भेदभाव अन्तको सधै संघर्ष सहनुपर्छ।
२.
जातजाति भाषा धर्म संस्कृति छ महान
नेपालीको गौरवशाली उच्च हाम्रो सान।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[२२]
सबै खाले भेदभावको निर्मूल हुन्छ जब
समानताको लक्ष्मण रेखा कोरिने छ तब ।
✍️ बाबुराम गौतम
गुल्मी
[२३]
१.
अज्ञानीको काम हो भेदभाव गर्नु
सभ्य समाजमा विषको बिउ छर्नु।
२.
मानव, मानव नै हो भेदभाव गरेर दानव नबन्नु
दानव बनेर सभ्यता नै पुर्ने गहिरो खाडल नखन्नु।
✍️ दीपक ठटाल जलन
खरसाङ,
[२४]
जातीय भेदभाव आजभोली पनि, समाजमा छन् त्यस्तै उस्तै
भन्नु मात्र कहाँ सजिलो छ यहाँ? कुरा काट्नेहरू छन् प्रशस्तै।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२५]
मान्छे एउटै हो, सबैलाई पर्छ मनमा अटाउन
आजैदेखि यो भेदभावलाई लागिपरौँ हटाउन ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[२६]
जन्मेर एकदिन मर्नु छ ,रहन्न कोही पनि सन्सारमा
भेदभाव रहित सद्वभाव,निर्माण गर्नु छ समाजमा ।
✍️ जि कुमर गौतम
भद्रपुर -१ झापा नेपाल
[२७]
१.
जातीयता राष्ट्रभक्ति र राष्ट्रवादका नारा
गाउने मात्रले नहाेला प्रयाेग गराैँ सारा ।
२.
भेदभाव रहित समाज निर्माणमा सबैजना लाग्ने
चेतना पाएमा सचेत हुने जनता मिलिजुली जाग्ने ।
✍️ धन कुमारी रेग्मी
चितवन
[२८]
१.
सूर्य जस्तै बन्नु मानव बराबरी प्रकाश छर्ने,
चेतनाको दीपक फैलाई, प्राणीको सम्मान गर्ने ।
२.
अधिकार छन्, बाँच्ने, हाँस्ने खुसीले रमाउने,
दुर्व्यवहार नहोस् कसैमा मुटु कमाउने ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२९]
१.
बदलेर बिचार भेदभाव फेरौं
सबैलाई समान नजरले हेरौँ ।
२.
मातृभूमिको सच्चा छोरा बनी सत्यको झन्डा नचाउ
भाषा र संस्कृति जोगाउँदै देशको समृद्धि बचाउ ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[३०]
१.
समाजमा भएका जातीय प्रथालाई त्यागाैँ ,
एक आपसमा कटिबद्ध भएर नै लागाैँ ।
२.
मानव भएर जन्मेपछि भेदभाव गर्नु हुन्न ,
तिरस्कार अहंकारले कसैकाे पनि मन छुन्न ।
✍️ केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम ।
[३१]
१.
ईश्वरको सन्तान हामी भेदभाव नगरौँ
परेमा एक अर्काको लागि जिउँ अनि मरौँ।
२.
ईश्वरले हामीलाई श्रेष्ठ मानव बनाए
मानवले फेरि अनेक भेदभाव गराए।
✍️ नीता गुरूंग भाटिया
गुवाहाटी, असम भारत।
[३२]
१.
कार्य विभाजन हाे जात व्यवस्था ,
मनकाे खाेटले बन्याे दुरावस्था ।
२.
ईश्वरले सृष्टि गरेका थिए सबैलाई समान व्यवहार ,
विभेदकारी भूमिकामा निस्के समाज चलाउने ठेकेदार ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[३३]
१.
कसैलाई नगरौँ भेदभाव देशमा
बाँच्न पाउनुपर्छ सबै एकै भेषमा।
२.
अन्यायको दलदलमा बाँच्न कठिन हुन्छ
भोकोपेट आखिर देशमा सधैँभरि रुन्छ।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[३४]
मानिस सबै मानिस नै हो किन हेला गर्नु
जुनै जात भएपनि एकदिन पर्छ मर्नु ।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[३५]
१.
सानो ठुलो हुँदैन काेही भन्ने जानाजानी ,
स्वाङ पार्छ मान्छे किन चलाउँदैन पानी ?
२.
मानवता भन्ने कुरा मान्छे भित्र हुन्छ ,
दुखदर्द देखेपछि हाम्रो मन रुन्छ ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३६]
सानो ठुलो भनि जातपातकाे भेदभाव गर्दा
रगत यिनकाे नै काम लाग्छ जरुरत पर्दा।
✍️ सन्जना शर्मा
दाङ
[३७]
सबैको रगत रातै हुन्छ भेदभाव गर्नु हुन्न कहिले
मानवबिच गरिने भेदभाव अन्त्य गर्नु पर्छ अहिले ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[३८]
मरेर जाने मानवको चोला
आज यहाँ छ भोलि कहाँ होला।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[३९]
१.
वर्ग, जाति, लिङ्ग, भाषाकाे भेदभाव किन,
अन्याय नगरेमा सजिलै फर्कन्छ दिन ।
२.
वञ्चित गरिन्छ जब सुविधामा जसरी,
हक अधिकार उपयोग गरुन् कसरी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[४०]
कालो गोरो धनी गरिब सबै समान ठानौँ
हामी सबै समान हौँ भन्ने कुरा पनि जानौँ ।
✍️ सरिता सेढाई
धादिङ
[४१]
१.
मानव भनेको कुरा बुझ्नुे चेतनशील हुन,
भेदभाव नगर सबैको हुन्छ एउटै खुन।
२.
समानताकाे गर्छन् भाषणमा मात्रै ठुला नारा,
छुवाछुत भेदभाव विरुद्ध ज्ञान छराैँ सारा।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल