काठमाडौँ / काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना सम्पन्न भएको छ ।
नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो ।
उद्घाटन सत्रमा वातावरण र साहित्य विषयमा प्रा.डा. सन्जीव उप्रेती र भारतका कवि प्रबलकुमार बसुले किनोट प्रस्तुत गरेका थिए भने काठमडौँ विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले र कवि लक्ष्मी मालीले मन्तव्य दिनुभएको थियो ।
मिडिया: ब्रेकिङ अर मेकिङ रियालिटी, द लाइन एण्ड लेन्थ अफ आवर राइटिङ र रेलिजन, विमेन र लिटरेचर विषयमा डा. सुधिर सक्सेना, टङ्क ढकाल, सुमना नाजनिन, कमरुल हसन, केशव सिग्देल, महनाज बदिहियान, भिभिमारी भन्डेर पुर्तेन र छादोर वाङ्मोले क्रमशः शेखर खरेल, महेश पौड्याल तथा डा. अर्चना थापासँग छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
प्यानल छलफलका साथै सीमाभन्दा पर, एसियाकविता वाचन र गद्य वाचनका समेत्र सत्रहरू रहेको महोत्सवमा नेपालसहित भारत, बाङ्लादेश, भुटान, श्रीलङ्का, कम्बोडिया र अमेरिकाका सयभन्दा कवि/लेखकहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन साँझमा नेशनल कलेजका विद्यार्थीहरूले कवितापाठ तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य भीष्म उप्रेतीले दिनुभएको थियो । कार्यक्रमको तेस्रो दिन नेशनल कलेजले विदेशबाट आएका कवि/लेखकहरूलाई भक्तपुर शहरको अवलोकन गराइएको थियो । साहित्य महोत्सवलाई प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, नेपाल बिमा संस्थान, महालक्ष्मी विकास बैंक, गोर्खाज फाइन्स लिमिटेड र जरा फाउन्डेसनले प्रायोजन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।