नेपाली साहित्यका वरिष्ठ समालोचक ठाकुर पराजुलीको शनिबार साँझ ४ बजे निधन भएको छ।

वि.सं. १९९७ साल भदौ २० गते पातले खेत म्याग्दीमा जन्मनु भएका पराजुली भक्तपुरस्थित गठ्ठाघरमा बस्नु हुन्थ्यो।

दुई वर्ष अमेरिका बसेर दुई हप्ताअघि मात्र नेपाल फर्कनु भएका उहाँको निवास स्थानमा नै निधन भएको बताइएको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

समालोचक पराजुलीका नेपाली साहित्यको परिक्रमा-समालोचना सङ्ग्रहलगायत मैना-देवकोटाको काव्य सङ्ग्रह, वाङमय, हिमाली साहित्य-पाठ्य, सौन्दर्य -झपटबहादुरको कथासङ्ग्रह, सिंहनाद, विद्यार्थी सन्देश सम्पादित, अनुवादित आदि प्रकाशित छन्। शब्दपथ