लेखक जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ । अष्ट्रेलियामा बसोबास गर्दै आएकी मानन्धरद्वारा लिखित उपन्यासको मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
उपन्यासको उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा विमोचन गरे ।
अमेजनले प्रकाशन गरेको अंग्रेजी भाषाको उक्त उपन्यासको सार्वजनिक समारोह नेप्लीज फेसन होमले आयोजना गरेको थियो ।
‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डमा सेट गरिएको छ । अहिलेको आधुनिक संसारदेखि हिप्पी युगसम्मका कथा यसमा समावेश छन् । ‘लस्ट लेटर्स’ भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिको प्रेम कथा भएको लेखक मानन्धरले जानकारी दिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।