साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा प्रतियोगिताकाे अन्तिम चरण; अनिता, बालकृष्ण र विवेक विजयी

Chovar Blues Mobile Size

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको अन्तिम अर्थात् चालीसौँ चरणमा अनिता काेइराला, बालकृष्ण गजुरेल र विवेक दुलाल क्षेत्रीका लघुकथाहरू विजयी भएका छन् । विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले साहित्यकार प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

“प्रतियोगितामा प्रतियोगीका रूपमा २० वटा लघुकथा प्राप्त भएका थिए । ”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट रहेक किसिमले उत्कृष्ट ठहरिएका अनिता काेइराला, बालकृष्ण गजुरेल र विवेक दुलाल क्षेत्रीका लघुकथाहरूलाई वियजी घाेषित गरिएकाे छ । लघुकथा प्रतियोगितालाइ ५० औँ सातासम्म सञ्चालन गर्ने उदेश्य राखेर सुरू गरिएको थियो । तर पछिल्ला केही सातादेखि कम र कमजोर लघुकथा प्राप्त हुँदा केही चरणहरूमा उत्कृष्ट तीन छनोट गर्नै समस्या देखिएकाले चालीसौँ चरणलाई नै प्रतियोगिताको अन्तिम चरणका रूपमा प्रतियोगिता समापन गरिएको छ ।”

प्रतियोगिताका लागि जम्मा २० वटा लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालले जनाउनुभएकाे छ । काेइरालाले भन्नुभयो, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, पुस्तकका लागि छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि सर्वोत्कृष्ट तीनको छनोट गरी ती स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।”

sagarmani mobile size

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

पढ्नुहाेस् चालीसौँ चरणका विजयी लघुकथाः

 

प्रतिक्रिया
Loading...