साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको बत्तीसौँ अङ्कमा रामप्रसाद धिताल, मन्जु थापा आन्नद र कृष्ण ढुङ्गेल विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता ललिता “दोषी”, शम्भु अर्याल र रन्जु मार्ग विजयी हुनुभएकाे थियो ।
विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले वरिष्ठ साहित्यकार तुलसीहरि काेइराला, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
“प्रतियोगितामा प्रतियोगीका रूपमा २० वटामात्र लघुकथा प्राप्त भए पनि प्राप्त लघुकथाहरू उत्कृष्ट थिए । ”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट रहेक किसिमले उत्कृष्ट ठहरिएका रामप्रसाद धिताल, मन्जु थापा आन्नद र कृष्ण ढुङ्गेल लघुकथाहरूलाई वियजी घाेषित गरिएकाे छ । विजेतामध्येका ढुङ्गेल साहित्यपोस्टका सहसम्पादक हुनुहुन्छ । सम्पादन र सिर्जना फरक विषय भएकाले उत्कृष्टताका हिसाबको उहाँकाे लघुकथा पनि सर्वोत्कृष्ट तीनमा छनोट भएको हो ।”
ढुङ्गेलले आफू विजेता भए पनि साहित्यपोस्टबाट कुनै पनि पुरस्कार नलिने जानकारी काव्य विभागलाई जानकारी गराएका छन् ।
त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ । उहाँले भन्नुभयो, “एकपटक विजयी भइसक्नुभएका केही कथाकारहरूले पुनः प्रतियोगीकै रूपमा कथा पठाउनु भएकाे छ । जसका कारण अघिल्लाे साता निर्णायकमा समस्या पर्न गएकाे थियाे ।”
प्रतियोगिताका लागि जम्मा २० वटा लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
लघुकथा प्रतियोगिताकाे तेत्तीसौँ चरण भाेलिबाट सुरू हुनेछ ।
पढ्नुहाेस् एकतीसौँ चरणका विजयी लघुकथाहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।