साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको एघाराैँ अङ्कमा मिसु श्रेष्ठ, बाबुराम खपाङ्गी र सीता रेग्मी विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता रमेन्द्र काेइराला, अनु विज्ञाती र किशन पाैडेल विजयी हुनुभएकाे थियो ।
विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले वनमाली निराकार, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
‘प्रतियोगिताकाे बाह्राैँ चरणमा खुल्लारूपमा मुक्तक आह्वान गरिएकाेमा उल्लेखिय र उत्कृष्ट लघुकथाहरु प्राप्त भएका थिए । निर्णायकहरूबीचकाे छलफलपश्चात् मिसु श्रेष्ठ, बाबुराम खपाङ्गी र सीता रेग्मीका लघुकथाहरू हरेक तवरले उत्कृष्ट देखिएकाले विजेता घाेषित गरेका हाैँ,’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे ।
त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि निर्णायकमध्येका श्रेष्ठले अनुराेध गर्नुभएकाे छ ।
प्रतियोगिताका लागि नियमपूर्वक जम्मा ४९ वटा लघुकथाहरु प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
लघुकथा प्रतियोगिताकाे तेह्राैँ चरण भाेलिबाट सुरू हुनेछ ।
पढ्नुहाेस् बाह्राैँ चरणका विजयी लघुकथाहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।