साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

लघुकथा प्रतियोगिताकाे साताैँ चरणः शुक्रराज, विष्णु र लक्ष्मी विजयी

साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पाँचाैँ अङ्कमा शुक्रराज कुँवर, विष्णु भण्डारी (आचार्य) र लक्ष्मीप्रसाद पाैडेल विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता इन्दिरा गाैतम, शेखर आचार्य र गाेपाल खनाल विजयी हुनुभएकाे थियो ।

विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले डा. विदुर चालिसे, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

‘प्रतियोगिताका लागि आएका लघुकथाहरु उत्कृष्ट थिए । तर अझै पनि प्रतियोगी धेरै लघुकथाकारहरूले दिएकाे विषयलाई शीर्षकका रूपमा बुझ्नुभएकाे देखियो ।’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताउनुभयाे, ‘त्यसैले प्रतियोगी लघुकथाकारहरूमा दिएकाे विषयलाई शीर्षककाे रूपमा प्रयोग नगरेर विषयकाे रूपमा बुझ्न निर्णायककाे तर्फबाट अनुराेध गर्दछु ।’

त्यस्तै यसअघि नै विजयी भइसक्नुभएका कथाकारहरूले पनि पुनः प्रतियोगीकै रूपमा कथा पठाउनुभएकाेमा एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि निर्णायकमध्येका श्रेष्ठले अनुराेध गर्नुभएकाे छ ।

प्रतियोगिताका लागि जम्मा ३७ वटा लघुकथाहरु प्राप्त भएका थिए । जसमध्ये केही स्रष्टाहरूले ‘अप्रतियोगी’काे रूपमा प्रतियोगितामा सहभागिता जनाउनुभएकाे थियो । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।

पढ्नुहाेस् साताैँ चरणका विजयी लघुकथाहरूः

प्रतिक्रिया
Loading...