तपाईंलाई राति सुत्दा देखेका सपनाले कत्तिको तर्साउँछन् ?

सपनाले बारम्बार तर्साउँछन् र सातामा कम्तीमा एक पटक तर्साइरहेका छन् भने बुढेशकालमा तपाईं विस्मृतरोग (डिमेन्सिया)को शिकार हुने सम्भावना बढी रहेको वैज्ञानिकहरूले बताएका छन् ।

तपाईंले बारम्बार अवशादपूर्ण सपना देख्नुभयो, बारम्बार तर्सिरहनु भयो भने तिनले भविष्यमा विस्मृति बढाउने वैज्ञानिकहरूको दाबी छ ।

मध्य उमेरका महिला वा पुरूषहरूले तर्साउने सपना देखे भने उनीहरूमध्ये पुरूषहरू नै बढी डिमेन्सियापीडित हुने सम्भावना हुने देखिएको छ ।

६०० जना ३५ देखि ६४ वर्षसम्मका र २,६०० जना ७९ र त्योभन्दा बढी उमेरका स्त्रीपुरूषमा अध्ययन गर्दा यो प्रवृत्ति देखिएको हो ।

पार्किन्सन्स रोग र डिमेन्सिया पनि एकअर्कासँग गाँसिएको चिकित्सकहरूको भनाइ छ ।