
१. अपराधी ओठको बकपत्र
कान्तिपुरमा किताबका खरिदकर्ता आफूलाई साहित्यिक स्रष्टा सम्झन्छन्; अर्को शब्दमा, काठमान्डूमा पुस्तकका खरिददार स्वयंलाई लेखक, साहित्यकार सम्झन्छन् । सम्भावित ‘तीतो’ चाख्ने गरेर, गर्धन अचानोमा राख्ने गरेर म एक ‘नमुना मनुवा’ सामुन्ने राख्नु चाहन्छु; ‘सेतोपाटी’का हरि शर्माको ‘किताब चर्चा’ आँखाबाट हर्जा गर्नु हुँदैन । उहाँ नेपालका पहिलो नम्बर मौलिक रचनाकार भएको प्रशस्त उदाहरण छ, जसमध्ये एउटा ठोस सशक्त ‘सेतोपाटी’मा प्रकाशित ‘कर्णमाथि अन्याय नभएको भए अर्कै लेखिने थियो महाभारत कथा’ (आइतबार, असार ८, २०७६, १४:२१:००) हो । उहाँ पाठकलाई ‘सहस्र वाट’को मात लाग्ने गरी आफ्नो सुन्दर हातले ‘चौरासी व्यञ्जन’को स्वाद पस्कनुहुन्छ:
- मेरो कुरा सुनेर केही मान्छे चकित हुनेछन् । भन्ने छन्, जो कालको मुखमा परिसक्यो, ऊ कसरी बोल्न थाल्यो ? तर, यस्तो पनि समय आउँछ, कालले लगिसकेको मान्छेले पनि बोल्नुपर्छ । जब हाडछालाको जीवित पुतला मृतक भाँती आचरण गर्न थाल्छ, तब मजस्तो मृतकले पनि समयको गर्भबाट निस्केर बोल्नैपर्छ । मेरो लागि यो संसार नै एउटा युद्धभूमि रह्यो । र, मेरो जीवन भन्नु युद्धभूमिमा वाणहरूको तूणीर । अनेक किसिमका घटनाहरूका वाण जसमा खाँदाखाँद भरिएको छ, त्यस्तो तूणीर !
- आज म आफ्नो जीवनको तूणीर सबैका अगाडि खोल्न चाहन्छु । घटनाहरूका एक-एक वाण छर्लंग देखाउन चाहन्छु । वीरताको तराजुमा आफूलाई परख्न चाहन्छु । मातृत्वको मूल्य निश्चित गर्न चाहन्छु । प्राण बाजी लगाउनधरि पछि नपर्ने मित्रताको कसौटीमा आफ्नै परीक्षा लिन चाहन्छु । हार्दिक फोहराले भिजेको बन्धुत्वद्वारा म आफ्नो मूल्यांकन गर्न चाहन्छु । अन्तर्मनबाट आउने एउटा आवाज म घरिघरि सुन्छु । त्यो आवाजबाट ध्यान हटाउने यत्न गर्छु । तर, जसरी हावाको तेज झोंकाले अग्निको ज्वाला निभ्नुको साटो पहिलेभन्दा रापिलो दन्किन्छ, त्यसरी नै मेरो अन्तर्मनको आवाज झन् झन् चिच्याउँदै मलाई भन्छ, ‘कर्ण ! तँ आफ्नो जीवन-कथा सबैलाई सुनाइदे ! ताकि दुनियाँले चिनून् तँ को होस् ?’
अहो ! कहाँबाट प्रकट हुन्छ ‘कर्ण’फूलजस्तो सुन्दर अभिव्यक्ति ? वास्तवमा, शर्माले शिवाजी सावन्तको ‘मृत्युुंजय’ (सन् १९६७) खरिद गर्नुभएको छ ।
‘प्रिय’ पाठक ! कल्पना गरौं: ठूलो घरानाकी खाना पकाउनु नजान्ने युवतीले आफ्नो प्रेमीलाई आफ्नो घरमा बोलाएर स्वयंका हातले बनाएको भनेर जुन खाना खुवाइरहेकी छिन्, सो ‘चौरासी व्यञ्जन’ वास्तवमा कुनै होटलबाट मगाएको हो । ‘शिरदेखि पाउसम्म’ जसको प्रेमले चुर्लुम्म डुबाएको छ, उसको ‘सत्ता’को समीप आफ्नो ‘महत्ता’को प्रदर्शन कुनै थोक हुन्छ, हुँदैन ? शर्मा सावन्तको प्यारमा लुटपुटिनुहुन्छ र ‘मायालु’ नेपाली जातका पाठकका खातिर सावन्तलाई लुट्नुहुन्छ:
- कुछ कहना चाहता हूँ ! मेरी बात को सुनकर कुछ लोग चौकेंगे ! कहेंगे, जो में जा चुके, वे कैसे बोलने लगे ? लेकिन एक समय ऐसा भी आता है, जब ऐसे लोगों को भी बोलना पड़ता है ! जब-जब हाड़-मांस के जीवित पुतले मृतकों की तरह आचरण करने लगते हैं, तब-तब मृतकों को जीवित होकर बोलना ही पड़ता है ! आह, आज मैं औरों के लिए कुछ कहने नहीं जा रहा हूँ, क्योंकि मैं अच्छी तरह जानता हूँ कि इस तरह की बात करने वाला मैं कोई बहुत बड़ा दार्शनिक नहीं हूँ । संसार मेरे सामने एक युद्ध-क्षेत्र के रूप में ही उपस्थित हुआ ! और मेरा जीवन भी क्या है ! उस युद्ध-क्षेत्र में बाणों का केवल एक तरकश ! अनेक प्रकार की, अनेक आकारों की विविध घटनाओं के बाण जिसमें ठसाठस भरे हुए हैं—बस ऐसा ही केवल एक तरकश !!
- आज अपने जीवन के उस तरकश को मैं सबके सामने अच्छी तरह खोलकर दिखा देना चाहता हूँ ! उसमें रखे हुए विविध घटनाओं के बाणों को-बिलकुल एक-सी सभी घटनाओं के बाणों को-मैं मुक्त मन से अपने ही हाथों से सबको दिखा देना चाहता हूँ । अपने दिव्य फलकों से चमचमाते हुए, अपने परुष और आकर्षक आकार के कारण तत्क्षण मन को मोह लेने वाले, साथ ही टूटे हुए पुच्छ के कारण दयनीय दिखाई देने वाले तथा जहाँ-तहाँ टूटे हुए फलकों के कारण अटपटे और अजीब-से प्रतीत होनेवाले इन सभी बाणों को-और वे भी जैसे हैं वैसा ही—मैं आज सबको दिखाना चाहता हूँ ! विश्व की श्रेष्ठ वीरता की तुला पर मैं उनकी अच्छी तरह परख कराना चाहता हूँ । धरणीतल के समस्त मातृत्व के द्वारा आज मैं उनका वास्तविक मूल्य निश्चित कराना चाहता हूँ । पृथ्वीतल के एक-एक की गुरुता द्वारा मैं उनका वास्तविक स्थान निर्धारित कराना चाहता हूँ । प्राणों की बाज़ी लगा देनेवाली मित्रता के द्वारा मैं आज उनकी परीक्षा कराना चाहता हूँ । हार्दिक फुहारों से भीग जानेवाले बन्धुत्व के द्वारा मैं उनका वास्तविक मूल्यांकन कराना चाहता हूँ । भीतर से मेरे मन के एकदम गहन-गम्भीर अन्तरतम से एक आवाज बार-बार मुझको सुनाई देने लगी है ।
‘शिलापत्र’मा प्रकाशित बिना थिङको ‘के गर्ने ?’ कृति विषयक लेख हरि शर्माको ‘पिरलो’ भन्दा बढ्ता होइन । चेर्निशेव्स्कीको ‘के गर्ने ?’ ग्रन्थको हिन्दी अनुवादको प्योत्र निकोलायेवको ‘प्रस्तावना’ नामसारी हुन्छ, कुछ लोग चौकेंगे । एउटा चिनियाँ उखान छ, ‘देअर ईज वन्ली वन प्रीति चाइल्ड ईन द वर्ल्ड एण्ड एभ्री मदर ह्याज इट ।’ अर्थात, संसारमा सुन्दर, प्यारो बच्चा एउटामात्र छ जो सबै आमासँग हुन्छ । हरि शर्मा तथा बिना थिङले अर्काको एउटामात्र ‘बच्चा’ चोर्ने अपराध गर्नुहुँदैन; किनभने उहाँहरू ‘बच्चाहरू’को ‘आमा समूह’भित्र पर्नुहुँदैन ।
‘साहित्यपोस्ट’का सम्पादक तथा इष्टमित्रहरूमार्फत ‘मुखेञ्जी’ र ‘फेस’बुक क्लबहरूका आक्रामक प्रतिक्रिया सम्प्रेषण गर्नु लगाएको छु; रवीन्द्रनाथ ठाकुरको ‘काबुलीवाला’ तथा थिङको ‘ड्राइभरका आँखा’को ‘तुलनात्मक’ टिप्पणीमा आइलागेका अधिकांश विद्वान-विदुषीका प्रतिक्रिया के रहेछ भने, ‘काबुलीवाला’ र ‘ड्राइभरका आँखा’को ‘तुलना’मा युगको महान ‘मस्तिष्क’लाई ‘भौतिक कारबाही’ गर्न सकिएन । मलाई के लाग्छ भने, ‘पठन’लाई ‘पुस्तक प्रदर्शन’ तुल्याउने ‘फेस’बुक क्लबका सदस्य ‘महान लेखक’ सज्जनवृन्द पुस्तक पढ्छन् तर बुझ्दैनन् । पुस्तक प्रदर्शन उहाँहरूको निम्ति किन जरुरी भइसकेको छ भने, पुस्तक प्रदर्शन नै अब पठन हो, अध्ययन हो । अर्थोक पनि भनौं, नवीन तिवारीहरू ‘नेपाली’ पुस्तक अध्ययन नगरेकोमा गर्वले नाक फुलाउनुहुन्छ । उहाँहरूको लागि पठन संस्कृतिको वृद्धि भनेको ‘नेपाली समाज अध्ययन योग्य’ नेपाली पुस्तकको पठनको वृद्धि पटक्कै होइन । प्रगति प्रकाशनको ‘भ्ला. इ. लेनिन’ (सन् १९७९) मा नजर दौडाउँदा के थाहा हुन्छ भने, लेनिन र क्रुप्सकाया बसोबास गर्ने दुई कोठा पुस्तक, अखबार, पत्रपत्रिकाहरूले पुरिएका छन्, दराजहरू, झ्याल, भुइँमा पुस्तकहरू छरपस्ट छन् । ‘ग्रन्थ’को मामिलामा व्यङ्ग्य कस्दा, हरि शर्मा तथा ‘फेस’बुक क्लबका सदस्य सज्जनवृन्द लेनिनभन्दा कम्ता लाग्नुहुँदैन; उहाँहरूले गर्नु बाँकी अब ‘अक्टोबर क्रान्ति’ हो ।
‘शो-अफ सिन्ड्रोम’ले ग्रसित ‘सेलिब्रिटी’ पाठक-लेखकलाई पत्रकारले सोध्ने प्रश्न झनै ‘अलौकिक’ लाग्छ: हजुरको ओछ्यानमा, भान्छाकोठामा, चर्पीमा पुस्तक देख्नु सकिन्छ; कुन आसनमा पुस्तक पढ्नुहुन्छ ? पत्रकार महोदयलाई चर्पीमा पुस्तक कुन आसनमा अध्ययन गर्छन्, उहाँलाई पाठक-लेखकले लोचनभोजन गराइदिनुहुन विनम्र अनुरोध छ । जारोन लानिएरको ‘सेल्फ हेल्प’ पुस्तक ‘टेन अर्गुमेन्ट्स फर डिलेटिङ योर सोसल मिडिया अकाउन्ट्स राइट नाउ’ (सन् २०१८) को ‘तेस्रो तर्क’ छ, ‘सोसल मिडिया ईज मेकिङ यु ईन्टु एन आसहोल ।’ (अ)सामाजिक सञ्जालले व्यक्तिलाई कति साह्रो ‘एडिक्ट’ तुल्याएको छ भने, मनुवा एकोहोरो स्वयंको बारेमा सोच्छ तर उसको सामाजिक सञ्जाल मण्डली छ; जो र जसको समूहको विचारको ‘खाल्डो’बाहिर ‘अस्तित्व’मा रहेको जगतमा उनीहरूलाई एकरत्ति विश्वास छैन ।
(अ)सामाजिक सञ्जालमा व्यक्तिहरू स्वयंलाई जसरी प्रस्तुत गरिरहेका हुन्छन्, उनीहरूको वास्तविकता अर्थोक नै हुन्छ । सामाजिक सञ्जालले ‘फेक-नाइस-पर्सन’ उत्पादन गरिरहेको हुन्छ; त्यसैले वास्तविकतामा जस्तो छ मानिस उस्तै सामाजिक सञ्जालमा देखिन्छ भने उसको भविष्य त्यहाँ छैन । हामी के भन्नु सक्छौं भने, बाघलाई कसैको ध्यानाकर्षण गर्नु छैन तर बाघको छाला ओढ्ने ‘लाखे’ स्याललाई ‘सर्वत्र’ छाउनु छ, नत्र ‘मुर्गा’ फेला पर्दैन । ‘पुस्तकको पहुँच’ प्रदर्शन गरेर सेलिब्रिटी पाठक-लेखक स्वयंको ‘बौद्धिक’ महिमा गाइरहेका हुन्छन् र जनसाधारणलाई ‘मुर्गा’ बनाइरहेका हुन्छन् ।
२. ओनोदा: जङ्गलवासी सहस्रदस रात्री
‘नो सरेन्डर’ गर्ने हिरू ओनोदा को हुन् ? एउटा जापानी सिपाही हुन्, जो सन् १९४५ मै द्वितीय विश्वयुद्ध समाप्त भएको तथ्यमा विश्वास गर्नुबाट ‘पछि’ सर्छन् र ग्रामीण ‘फिलिपिनी द्वीप’मा सन् १९७४ सम्म युद्ध लड्छन् । बिना थिङको पक्षमा लडाइँ गर्ने सामाजिक सञ्जालका लेनिन बन्जाडे जस्ता ‘अरिङ्गाल सेना’ हिरू ओनोदा नै हुन्, आफूलाई ‘लेनिन’ सोच्ने जसको कुतर्क नाइल जस्तो लम्बिएको हुन्छ र अन्ततोगत्वा उनीहरू कुनै मरुभूमिमा नै विलीन हुने हो ।
आर्थर हरारी निर्देशित चलचित्र ‘ओनोदा: टेन थाउजन्ड्स नाइट्स इन द जङ्गल’ (सन् २०२१) उनै ‘नो सरेन्डर’ गर्ने हिरू ओनोदाको जीवनी हो । डाइरेक्ट सुपरभाइजर मेजर तानिगुची योशिमीले ओनोदा टोलीलाई प्रशिक्षित गरेका छन्:
नालायकहरू !
दुष्टहरू !
तँहरूलाई यही भन्छन्, होइन ?
हामी तँहरूलाई कसरी एक्लै सोच्ने र ‘एकोहोरो’ निर्णय गर्ने त्यो सिकाउँछौं । युद्ध किन हुनेछ भने, तँहरू एक्लै लड्ने हो । तँहरूलाई युद्धमा मर्ने कुनै अधिकार छैन । सबजना मर्लास् तर तँहरू यौटा नमर्लास् । यो कस्तो गोप्य युद्ध हो भने अन्तिममा थाहा पाउलास्, सिपाही पनि तँहरू आफैं, कमान्डर पनि तँहरू आफैं, आफ्नो अफिसर तँहरू आफैं ।
ओनोदा टोली जापानी लोकगीत गाउँछ:
- 佐渡へ(アリャサ)、佐渡へ~(アリャアリャアリャサ) 佐渡へと草木もなびくよ。 (アリャアリャアリャサ) 佐渡は居良いか、住み良いか。 (アリャアリャアリャサ)
(सम्भाव्य नेपाली अनुवाद:
सादोमा रूखका पातहरू र घाँसहरूलाई समेत हावाले प्रीतगीत सुनाउँछ, नाच्ने गराउँछ ।
के सादो घरबार गर्नका लागि खुबै सुहाउँछ, त्यस्तो विघ्न सुन्दर ठाउँ छ ?)
- 来いと(アリャサ)、来いと~(アリャアリャアリャサ)、来いと言うたとて、行かりょか佐渡へ。 (アリャアリャアリャサ) 佐渡は四十九里、波の上~。 (アリャアリャアリャサ)
(सम्भाव्य नेपाली अनुवाद:
आऊ न आऊ, मेरो हजुर मलाई बताऊ
उडेर जाऊँ त म पन्छी हैन सो ठाउँमा कसरी आफूलाई पाऊँ
सादो त छ सागरको लहरभन्दा पर कति दूर कति दूर मेरो हजुर)
- 佐渡と(アリャサ)、佐渡と~(アリャアリャアリャサ)、佐渡と出雲崎ャ棹さしゃ届くよ。 (アリャアリャアリャサ)、なぜに届かぬ、わが想い(アリャアリャアリャサ)
(सम्भाव्य नेपाली अनुवाद:
सादो हुँदै सादो हुँदै डुङ्गा चढी पुगिन्छ इजुमोजाकी ।
तर प्रिय ! म कसरी बनाऊँ घर तिम्रो कोमल मन छ्यौ पत्थर गरा’की !)
हाम्रो हिरो हिरू ओनोदा ‘इजुमोजाकी होइन काशीवाजाकी हो’ भनेर अत्तो थाप्छन्, ‘सादो सादो हुँदै डुङ्गा चढी पुगिन्छ काशीवाजाकी ।’ गीत सुरु गर्ने ओठ उनलाई सच्याउँछन्, ‘के बक्दै छौ ? काशीवा ? होइन, इजुमोजाकी ने हो ।’ प्रशिक्षक योशिमी आइपुगेको थाहा पाएपछि सन्नाटा छाउँछ । गीतको तालमा मेजर सवाल गर्छन्, ‘म आउनेबित्तिकै किन जिब्रो चपाएको, खोइ कसैले म सँगसँगै गाएको ?’ उनी सुसूचित गर्छन्, ‘नौजवान हो ! यो गीतको असली मजा केहीमा छ भने ‘आफ्नो ताल’मा गाउनुमा नै छ । सादोबाट म फुतामाताका सिपाहीहरूले गाएको सुन्छु । मैले जस्तो गाऊ भनेर मैले ढिप्पीको ढिकी कुटेको छैन । केटा हो ! मैले जस्तो आफ्नो तालमा गाऊ भनेको छु । जेजस्तो होस्, गीतले निरन्तरता पाउनुपर्यो ।’
ओनोदाको ‘सर्वेसर्वा’ नेतृत्वमा ‘निरर्थक’ युद्धमा ‘ज्यान’ गइरहेको छ । एकजनालाई अति भएपछि रातमा गाउनु थाल्छन्, ‘सजाउनु चाहन्छु म सादो आफ्ना आँखाहरूमा ।’ हिरू बन्दुक तेर्साएर सचेत गराउँछन्, ‘चुप लाग् ।’ प्रत्युत्तरमा, ‘हजुरले आफ्नो तालमा ‘धेरै’ गाउनुभयो; मलाई पनि गाउनु छ सादो आफ्ना भाकाहरूमा ।’
‘ड्राइभरका आँखा’ थिङले ‘काबुलीवाला’लाई आफ्नो भाकामा गाएको हो । (अ)सामाजिक सञ्जालका साइबर सेनाले ‘हिरू’ प्रवृत्तिको शरण परेर, बहसलाई तहसनहस गरेर, जारोनका शब्दमा ‘डिस्कोर्स’लाई ‘डिस्चार्ज’ गरेर, शर्मा तथा थिङलाई फुकुवा गर्नु आफ्नो ठाउँमा छ । ‘कपूरी क’ भनौं, ‘कमरेड क’ भनौं, आखिर ‘कखरा’ नै हो ।
जसलाई बुझाउनु हामी श्रीदेवीले अभिनय गरेको चलचित्र ‘कलाकार’ (सन् १९८३) को गीत गाउनु सक्छौं:
- आ. आ.. आ… आ….
- दीप जलाए जो गीतों के मैंने
तूफ़ाँ क्यूँ कर आए
अश्कों का सागर क्या कम था
बादल क्यूँ बरसाए
दीप जलाए जो गीतों…
- जिस पल ने हर पल तरसाया
आज वही पल हमने पाया
स्वरों की माला पहली बार हम
तुझे पहनाने आए
दीप जलाए जो गीतों…
- दीप जलाए जो गीतों के मैंने
खुशियों के बादल छाए
शब्द बने तेरी बातों से
सुर जन्मे तेरी साँसों से
तेरी कृपा से हे माँ, हे माँ, हे माँ
तेरी कृपा से कोई भी इंसाँ
कलाकार बन जाए
दीप जलाए जो गीतों…
-
रचना: श्यामलाल हरलाल राय इंदीवर
-
संगीत: कल्याणजी-आनन्दजी
-
स्वर: सुरेश वाडकर
‘सुर’देवीलाई पुकार गरिरहेको गीतमा आधारित नेपाली ‘ताल’को गीतमा भने नेपाली गीतकार असन्तुष्टि जाहेर गर्छन्, ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ !’ दुवै गीतको शुभारम्भ ‘आ’लाप मिलेको नै छ । ‘दीप जलाउनु’ र ‘उज्यालो दिन उघार्दै रातको पर्दा खोल्नु’मा आकाश-जमिनको अन्तर छ ? आँसुको सागर कम थिएन र, फेरि बादल वर्षाएको ? प्रिय ! तिम्रो मुहारमा बादल किन छाएको ?
- आ. आ.. आ… आ….
- के भूल भयो प्रिया, मसँग बोल्दिनौ !
उज्यालो दिन उघार्दै पर्दा, रातको खोल्दिनौ !
- अँध्यारो देख्छु मुहार तिम्रो, बादल छाएझैं
सुस्केरा सुन्छु चैतमा, आँधीबेहरी आएझैं
एकान्त रोज्छु मनमा कतै, तुवाँलो छायो कि !
वसन्त नआई जीवनमा तिम्रो, वर्षात आयो कि !
तुवाँलो छायो कि !
- रुनेछ मेरो संसार, तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउँछ जसरी, राति जून नआउँदा
रूवाई मेरो संसारलाई तिमी, अरूलाई नरोज
मायाको फूल नफक्री झर्छ, टाढिन नखोज
अरूलाई नरोज
-
रचना: कृष्णहरि बराल
-
संगीत: मदन दीपबम
-
स्वर: नरेन्द्र प्यासी
कसैकी ‘माता’ कसैकी ‘प्रेयसी’ हुन् । माँ ! दीप जलाए जो गीतों के मैंने, तूफ़ाँ क्यूँ कर आए ? प्रिय ! सुस्केरा सुन्छु चैतमा, आँधीबेहरी आएझैं । त्यसैले, ‘ड्राइभरका आँखा’ रवीन्द्रनाथ ठाकुरका ‘काबुलीवाला’का हुन् भनेर कुनै गल्ती भएको छैन । ‘हिरू’ प्रवृत्तिलाई हिर्काएको हो, ‘तँ नाथे कोइलाबाट त निस्केको होस्’ भनेर हीरामा खोट देखाएको हैन ।
३. जगदीश घिमिरेको ‘पात्र’
राजु झल्लुप्रसादले लिएको अन्तर्वार्तामा नवीन तिवारी ‘महान’ खुलासा गर्छन्, ‘म चलचित्र अचाक्ली हेर्छु ।’ नगरकोटीको ‘पुस्तक-चलचित्र सङ्ग्रह’मा म कति साह्रो लट्ठ थिएँ भने, ज्ञानको नाउँमा केवल ‘इन्द्रिय ग्राह्य ज्ञान’ भन्दा माथि स्वयं उक्लनु सकेको रहेनछु । म लज्जाले पानीपानी हुन्छु; म आत्मालोचना गर्छु । ‘चलचित्र अवलोकन, पुस्तक अध्ययन’को जानकारी र त्यसको ‘सस्तो’ वाहवाहीलाई म अब खारेज गर्छु । मैले ‘साहित्यपोस्ट’का सम्पादक टोलीलाई एउटा चलचित्र, पच्चीस-तीसवटा पुस्तकको माग गरेको छु तर उनीहरू काठमाडौंमा छैन भन्छन् । म उनीहरूलाई थर्काउँछु, ‘उहाँहरूको ‘इन्द्रिय’ पहुँच छ भने मलाई किन हुनु सक्दैन ? मलाई एक चाहियो, पच्चीस-तीस चाहियो ।’ त्यसपछि म व्यङ्ग्यको कोर्रा लगाउँछु, ‘मलाई पनि उहाँहरूजस्तै लेखक हुनु छ, होर्खे लुइस बोर्खेस हुनु छ ।’
‘मेरो म’ कृष्णप्रसाद भट्टराईको हो । ‘म को हूँ ?’ लेखनाथ पौड्यालको हो । ‘प्रश्नोत्तर’ लक्ष्मीप्रसाद देवकोटाको हो । होर्हे लुई बोर्हेसको प्रश्नोत्तर छ, ‘मेरो म को हुँ ? एकसे एक लेखक, जसलाई मैले अध्ययन गरेको छु । सहस्र मनुष्य, जोसँग मैले साक्षात्कार गरेको छु । सबै महिला, जसको प्रेममा म परेको छु । सम्पूर्ण गाउँसहर, जहाँ मैले भ्रमण गरेको छु ।’ बोर्खेसका ‘रमाइला’ कथामा काल्पनिक लेखक, पुस्तक हुनसक्छन्; तर धेरैजसो उहाँहरूलाई वास्तविक लेखकको ‘यो त्यो फलान्थोक’ पढेको ‘आत्मरति’ प्रदर्शन गर्नुपरेको छ । एकजना ‘क्रान्तिकारी’ कविको उद्गार छ, ‘म उनको आलोचना किन गर्न सक्दिनँ भने, उनका पुस्तकमा मलाई, मेरा कृतिलाई प्यारो गरेर पढेको जानकारी हुन्छ । सारमा उनी गैरक्रान्तिकारी, लोकाचारवादी, पपुलिस्ट नै हुन् ।’ अहो ! यो त लेनिनले ‘वामपन्थी साम्यवाद: एक बालरोग’मा भनेको ‘क्रान्तिकारी कुरौटे’ चरित्र भइहाल्यो नि । ‘युगदेखि युगसम्म’की अभिनेत्री कृष्टी मैनालीको शब्द पैंचो लिँदा ‘मीठामीठा, रसिलारसिला’ क्रान्तिकारी कुरा गर्न ‘क्रान्तिकारी कुरौटे’हरूलाई खुबै मनपर्छ तर दैनिक, व्यावहारिक, अत्यावश्यक दायित्व निर्वाह भने उनीहरू गर्दैनन् ।
ऊ शुभचिन्तकहरूको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटीले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेलले घेरिएको हुन्छ, जसरी देश साँध–सिमानाले घेरिएको हुन्छ । ऊ किन बाँचेको थियो भने, कुनै शुभचिन्तकले उसलाई मर्ने सल्लाह दिएका थिएनन् ।
- शुभचिन्तक नं. १ ले भन्नुभयो, ‘तिम्री पत्नी ठीक छैनन्, छाडिदेऊ ।’
उसले त्यागिदियो ।
- नं. २ ले भन्नुभयो, ‘भोजनले तिम्रो स्वास्थ्य बर्बाद गर्छ ।’
उसले खान छाड्यो ।
- नं. ३ ले भन्नुभयो, ‘घर तिम्रो लागि उपयुक्त छैन ।’
ऊ रूखमुनि बस्न लाग्यो ।
- नं. ४ ले भन्नुभयो, ‘लुगा लगाउनाले तिम्रो जीउमा सूर्यको भिटामिन डी जान पाउँदैन ।’
ऊ नाङ्गै बस्न लाग्यो ।
- नं. ५ ले भन्नुभयो, ‘तिमीजस्तो असल मान्छेले यस वाहियात संसारबाट चाँडै मुक्ति प्राप्त गर्नुपर्छ ।’
उसले आत्महत्या गर्यो ।
अनि सबै शुभचिन्तकहरूले मिलेर उसको सिनुको सुरूवा बनाउनु भयो र आजसम्म पनि जति शुभचिन्तकहरू उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यै सुरूवाको डकार बढी हुन्छ ।
मलाई आफ्ना शुभचिन्तकहरूबाट यही अनुभव भएको छ ।
-
छोटो किस्सा: शुभचिन्तकहरू
-
किस्साकार: जगदीश घिमिरे
वीरेन्द्र शाही एकाउन्न सालतिरको ‘प्रशिक्षण’ अनुभव सुनाउँछन्, ‘हामीलाई पूर्व सांसद उमाकान्त शर्मा, सांसद टेकबहादुर बस्नेत, सहिद चन्द्रबहादुर राणाहरूले के बताउनुहुन्थ्यो भने, चीनमा एक लाख कम्युनिस्ट पार्टी भएको बेला केन्द्रीय कमिटीले माओको निबन्ध प्रकाशन निर्णय अगाडि सारेको छ तर माओले त्यसो गर्नु गलत हुने भनेर सो प्रस्तावमा सहमति जनाउँदैनन् ।’ शाहीलाई बताएबमोजिम, यदि माओको निबन्ध प्रकाशित हुन्छ भने एक लाख पार्टी सदस्यले त्यसको अवलोकन-अध्ययन गर्नेछन्, उनीहरूलाई ‘निबन्धकारिता’ भनेको यस्तो हुँदोरहेछ लाग्नेछ, जसको फलस्वरूप उनीहरू ‘गलत निबन्ध’ लेख्नु सिक्नेछन् । अचेलको भाषामा, माओको ‘रचना’ बेस्टसेलर हुनेछ तर उनले त्यसको ‘रचनात्मक प्रभाव’ गलत हुने देखेर आएको ‘प्रस्ताव’ खारेज गरेका छन् । नगरकोटी मण्डलीलाई ‘बेस्टसेलर’ हुनु छ तर ‘वरिष्ठ’हरूको कारण निम्तिने ‘गलत अभ्यास’को मतलब छैन । भुपेन्द्र खड्काका अनुसार, ‘कल्प-ग्रन्थ’ तीन हजार सात सय तेह्र प्रति ‘अग्रिम माग’ भएको छ । माओले ‘क्रान्ति रचनात्मक’ हुनुपर्ने उदाहरण पेश गरेका छन् तर नगरकोटी मण्डलीलाई ‘रचना क्रान्तिकारी’ हुनुपर्ने दृष्टान्त दिनुपरेको छैन ।
पत्रकार किशोर नेपालको माग छ, ‘नगरकोटी ! तिम्रो पुस्तक मलाई दिएको खै ?’ नगरकोटीको स्वर सुनिन्छ, ‘हुन्छ, म दिन्छु ।’ उहाँले ‘ग्रन्थ’ उपहार दिने मनुष्यहरू कुनै न कुनै शक्तिमा आसीन छन् । तीन हजारको लागि उहाँ माओको एक लाखको बली दिनु सक्नुहुन्छ । निचोड, चलचित्र-पुस्तकका खरिददार साहित्यकार जगदीश घिमिरेको कथा ‘पात्र’मा अभिव्यक्त ‘चरित्र’हरू जस्ता हुन्छन्:
- ‘लेख्ने हो भने गोर्कीको ‘वार एन्ड पीस’ जस्तो लेख्न सक्नुपर्छ बुझिस् ?’
मलाई झन् हाँसो उठ्यो । मैले सोधें, ‘गोर्कीको वार एन्ड पीस ?’
‘हो त । तैंले साहित्य के पढेको छस् र तँलाई थाहा हुन्छ ?’
म पनि लेख्न सक्छु त्यसो त, नत्र त्यतिका फिल्म हेरेको के काम लाग्यो ।
म चुपै लागिरहें ।
‘तेरो किताब छापियो भने ‘प्रिय साथी जोशीज्यूमा’ लेखेर प्रिजेन्ट गरिनस् भने हेर्न तँलाई … मान्छेको साथी लेखक भएर कति–कति प्रिजेन्ट गर्छ ।’
‘ल … ल … ‘ मैले भनें ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

