साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

आमाको गन्ध !

‘मसँग त यो मान्दै मान्दैन !’

दुःखी हुँदै थिइन् । ती महिला शायद त्यो बालककी कोही आफन्त हुनुपर्छ । त्यसै पनि बालबालिका हरकोहीलाई मन पर्छ । भिडभाडमा हात दिँदा बच्चाहरूले वा काखमा खेलाउन खोज्दा नआउँदा कतिपयलाई त बेइज्जतै महसुस हुँदो हो ।

कसैसँग बच्चाहरू खुरूक्क मान्ने अनि कसैलाई ज्यान जाला नमान्ने ! किन हुँदो हो यस्तो ? के कारण होला ?

केही अध्येताहरू चाहिँ यस किसिमको व्यवहारलाई ती बालबालिकाले खोज्ने गन्धको कारण मान्छन् । भनाइको अर्थ, उनीहरू आफ्नी आमासँग नजिक हुन्छन्, आँखै नदेख्दा पनि उनीहरू चिन्छन् । कोही पराइले उनीहरूलाई खेलाउन खोजे, आउन मान्दैनन् । चक्लेट देखाएर केहीबेर भुलाउन खोजे पनि अन्ततः उनीहरू टाप कस्ने मूडमै हुन्छन् ।

उनीहरू आफ्नी आमाको गन्धमा अभ्यस्त हुन्छन् । त्यसको ठीक विपरीत किसिमको गन्ध भएका व्यक्ति भए बालबालिकाहरू जान, खेल्न असजिलो मान्छन् ।

niti book inside post

उनीहरूले आफ्नी आमामा विशेष किसिमको गन्ध चिन्छन्, जुन अर्को व्यक्तिमा हुँदैन ।

इजरायलको हर्जिलियास्थित द इन्टरडिसिप्लिनरी सेन्टरकी यारा इन्डेभेल्ट सापिरा र उनको टोलीले ६२ जना महिलाले लगाएको सुइटर लिए । ती सुइटरमा कुनै बास्ना आउने सामग्री लगाइएको थिएन । आमाले लगाएका सेन्टविहीन विशुद्ध सुइटरलाई सात महिना लगभग उमेर समूहका बालबालिकाको छेउमा राखे ।

त्यसपछि उही गाउँ वा ठाउँमा बस्ने उस्तै उमेर समूहकी महिलालाई ती बच्चाहरू बोक्न लगाइयो । ती महिलाले ठीक त्यस्तै पहिरन लगाएका थिए, जुन उनीहरूका आमाले लगाउँथे तर त्यही पहिरन लगाएका थिएनन् । यसरी बोक्दा सात महिने बालबालिका रून थाले । तिनलाई फुल्याउन अध्येताहरूले तिनका आमाहरूले लगाएका सुइटर ती बालबालिकाको नाक छेउमा राखियो, उनीहरू चुप भए ।

सम्बन्धित पोस्टहरु

कतिपय बालबालिकाहरूले अलि बढी नै बेखुस भएको प्रतिक्रिया दिएका थिए त केहीले अलि कम तर प्रतिक्रिया चाहिँ दिएका थिए ।

आमाको सुइटरको गन्ध पाउनेबित्तिकै ती बालबालिकाले हल्का मुस्कान, केहीले हाँसो नै वा केहीले चाहिँ पिलिक्क आँखा खोलेर चिनेको मान्छे हो होइन भनी हेरेको पाइयो ।

उनीहरूले पराइ मान्छे र आमाको सुइटरको गन्धबीच सामीप्य खोजेको पनि पाइयो ।

ठीक यसैगरी पराइ महिलाबाट छुटाएर जब ती बालबालिकालाई उनीहरूको वास्तविक आमालाई दिइयो, उनीहरूले आमासँग सम्बन्ध स्थापित गर्न आँखामा हेर्ने, गन्ध खोज्नेजस्ता क्रियाकलाप देखाए ।

अध्येताहरूको निष्कर्ष छ, ‘बालबालिकाहरूले आमाको शरीरको गन्धबाट सामाजिक समूह पत्ता लगाउने, नयाँ वातावरण चिन्ने वा संवाद स्थापित गर्ने वा नचिनेकाहरूसँग आफूलाई जोगाउने गरेको पाइयो ।’

शोधकर्ताहरूले भने बुवाको कोणबाट अध्ययन नगरिएको प्रस्ट पारेका छन् । उनीहरूको भनाइ छ, यही किसिमको प्रतिक्रिया बालबालिकाहरूले घरका अन्य सदस्य तथा अरूका बारेमा पनि प्रतिक्रिया गर्न सक्छन् ।

लेखक परिचय

बेलायतमा मुख्यालय भएको न्यु साइन्टिस्ट साप्ताहिक पत्रिका हो । यो अमेरिका, बेलायत र अस्ट्रेलियाबाट एक साथ प्रकाशित हुन्छ । सन् १९५६ नोभेम्बर २२ मा प्रथम पटक प्रकाशित यो साप्ताहिक पत्रिका सन् १९९६ यता अनलाइनमा समेत देखापर्न थालेको हो ।

प्रतिक्रिया
Loading...