साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हाम्रो सौर्यमण्डलमा पनि यस्तै घटना घट्ने त हैन, जुन पृथ्वीकाे अन्त्य बन्नेछ ?

Chovar Blues Mobile Size

वैज्ञानिकहरूले पहिलोपटक हाम्रो ग्यालेक्सी (galaxy) भन्दा बाहिर करिब २ करोड ८० लाख प्रकाश वर्ष पर, अर्कै ग्यालेक्सीमा एउटा ग्रह पत्ता लगाएका छन् भन्ने कुरा केही दिन यता सामाजिक सञ्जाल र इन्टरनेट साइटमा सुनिरहेका छौँ | तर के वास्तवमा यो खोज साँचो हो ? हाम्रो ग्यालेक्सीभन्दा पर पनि ग्रह छ ? यदि छ भने नासा (NASA) का वैज्ञानिकहरुले यत्ति टाढा रहेको यो ग्रह कसरी पत्ता लगाए ?

नासाका वैज्ञानिकहरुले पहिलोपटक हाम्रो ग्यालेक्सीभन्दा बाहिर Whirlpool Galaxy मा ग्रहको भएको सङ्केत पाएका छन् । यो ग्रह हाम्रो शनी ग्रहको आकारको छ भनेर अनुमान पनि गरेका छन् । करिब २ करोड ८० लाख प्रकाश वर्ष पर रहेको याे ग्रह “X-Ray Binary System” लाई परिक्रमा गरिरहेको बताएका छन् ।

“X-Ray Binary System” एउटा ब्ल्याक हाेल (black hole) वा neutron star र एउटा सामान्य तारा मिलेर एकअर्कालाई परिक्रमा गरेको र तारालाई त्यस ब्ल्याक हाेलले खाँदै गरेको अवस्थालाई भनिन्छ । यहाँ खाँदै गरेको भन्नाले ब्ल्याक हाेलको अधिक गुरूत्वकर्षण बलले त्यस ताराकाे पिण्डहरूलाई आफूतिर आकर्षित गरेको भन्ने बुझ्नु पर्छ । यस्तो अवस्थामा ती ताराका पिण्डहरू ब्ल्याक हाेलमा खस्दा, त्यहाँ ‘X-Rays’ हरु उत्पन्न हुन जान्छ । त्यसैले यसलाई ‘X-ray Binary System’ भनिन्छ । र, यो ग्रह त्यस system लाई परिक्रमा गरिरहेको छ ।

“X-Ray Binary System” बाट आएको ‘X-ray’ लाई “Chandrasekhar Xray Telescope” र “XMM – Newton Teslecope Observatory” ले कैद गर्यो । यो “X-ray” लाई ग्राफमा परिणत गरी हेर्दा तिखो झुकाव पाइयो। यो झुकाव तब आउँछ जब ताराबाट आएको किरणलाई त्यसको वरिपरि घुमिरहेको ग्रहले वा अन्य केही कुराले छेक्दछ । झुकावकाे आकार, अवस्थिति, तिखोपन आदि कुराबाट यो ग्रह हो या हैन भन्ने कुरा निकालिन्छ । यसरी ग्रहको अनुसन्धान गर्ने यो विधिलाई ‘Transit Photometry Method’ भनिन्छ । यो विधिले अहिलेसम्म हाम्रो मिल्कीवे ग्यालेक्सी ‘Milkyway Galaxy’ मा करिब ४०००+ ग्रहहरू पत्ता लगाइएको छ । यी ताराहरू हाम्रो पृथ्वीबाट ३००० प्रकाश वर्ष दूरीभन्दा नजिकै छन् र ती सबैलाई ‘X-ray’ हैन ‘Optical Rays’ काे मद्दतले अनुसन्धान गरिएको थियो । ‘X-rays’ को मद्दतले २ करोड ८० लाख प्रकाश वर्ष परको अर्को ग्यालेक्सी पत्ता लागेको यो पहिलोपटक हो ।

यस खोजका प्रमुख डी स्टेफन ‘Di Stefano’ भन्छन्, “हामी अरू ग्यालेक्सीमा रहेका सम्भावित ग्रहहरू खोज्नका निम्ति नयाँ रणनितिको सुरुवात गर्दैछौँ । ‘X ray wavelength’ का मद्दतले हामी अरू थुप्रै ग्यालेक्सीकाे ग्रह पत्ता लगाउन सक्ने हुनेछौँ ।”

sagarmani mobile size

डी स्टेफन र उनका सहयोगीहरूले ‘Whirlpool Galaxy’ मा ५५ वटा ताराहरूकाे अध्ययन गर्दै गरेको क्रममा यो ग्रह पत्ता लागेको थियो । यो ग्रहले त्यस ‘X-Ray Binary System’ लाई घुमिरहने क्रममा करिब ३ घण्टा जति ‘X-ray light’ छेकेको थियो जसले गर्दा ग्रफdf झुकाव देखिएको थियो ।

“तर यो झुकाव ग्रहबाट नभएर त्यस ब्ल्याक हाेलबाट निस्ककेकाे ‘gas clouds र dust’ ले गर्दा पनि हुनसक्छ ?” भन्ने प्रश्नको उत्तर दिँदै यस अनुसन्धानकी सहयोगी लेखिका जुलिया ब्रेन्ड्सन (Julia Berndtsson) भन्छिन्, “Whirphool Galaxy बाट आएको यो ‘X-ray’ काे किरणमा पाइएको झुकाव कुनै क्लाउड्सकाे हुन सक्दैन, यो अनुसन्धानमा भएको सबै डाटाले त्यो ग्रह हो भनी सङ्केत गरिरहेको छ । तर यत्ति टाढाकाे चिजलाई अझै धेरै अनुसन्धान नगरी यही नै हो भनी किटान गरेर भन्न मिल्दैन पनि । यसका लागि त्यो ग्रह फेरि ताराको अगाडिबाट जानुपर्ने हुन्छ, तर हाम्रो डाटाअनुसार ग्रहलाई फेरि घुमेर सोही ठाउँ आउन झण्डै ७० वर्षजति लाग्छ। त्यतिन्जेलसम्मका लागि हामीसँग केही उपाय छैन, तर हामीसँग यो पक्का सबुत छ जसले खगोलशास्त्रीहरूलाई यो ग्रहको बारेमा खोज गरिरहन प्रेरणा दिनेछ ।”

उनीहरूले ‘Pinwheel galaxy’ मा ६४ वटा तारा ‘Sombrero galaxy’ मा ११९ वटा तारामा ग्रहको खोज गरिरहेका छन् । यो नयाँ पत्ता लगाइएको सम्भावित ग्रह भोलिका दिनमा साबित भयो भने हामी अनुमान गर्न सक्छौँ कि यो ग्रहले छेउको ब्ल्याक हाेल वा neutron star बन्दा ग्रहले कति धेरै प्रेसर र तापक्रमको सामना गर्नु परेको थियो भनेर । कतै हाम्रो सौर्यमण्डलमा पनि यस्तै घटना घट्ने त हैन, जुन हाम्रो पृथ्वीकाे अन्त्यकाे कारण बन्नेछ ?

प्रतिक्रिया
Loading...