
पछिल्लो समय नेपाली समाजमा लैङ्किक समानताका मुद्धाहरू सतह र बहसमा आउन थालेका छन् । जसका लागि विभिन्न कार्यक्रम तथा अभियानसमेत चलाउने गरेकाे पाइन्छ । यसै विषय बिबिसिले लैङ्गिक विभेदसँग सम्बन्धित सामग्री केटा र केटीका लागि बनाइने अलग अलग खेलाैनालाइ लिएर तयार गरेकाे छ, जुन यहाँ प्रस्तुत गरिएकाे छ ।
……………….
रितु केही दिनमा आमा बन्नेवाला छिन् । भारत हरियाणमा बस्ने रितु आफ्ना बच्चाको हरेक इच्छा पूर्ति गर्न चाहन्छिन् । र, उनले हुनेवाला बच्चाका लागि एउटा कोठामा खेलौना र आवश्यक सबै सरसामन जुटाइसकेकी छिन् । छोरी भएमा गुलाबी रङको जम्पर सूट र गुडिया अनि छोरा भएमा निलो रङको जम्पर सूट र टेडी बियर ।
किन छोरीलाई गुलाबी रङको खेलौना र छोरालाई निलो रङको ? यो प्रश्नमा उनी भन्छिन्, ‘किनभने छोरीलाई गुलाबी रङ मनपर्छ । हामीले पनि त सानोमा गुडिया खेल्यौँ । तर, छोराले यस्तो रङ र खेलौना मन पराउँदैनन् ।’
गुगलमा छोरी वा छोराको खेलौना सर्च गर्ने हो भने त्यसमा स्पष्ट रूपमा विविधता देख्न सकिन्छ । गुगलमा छोरीको खेलौनामा मेकअप सेट, किचेन सेट, गुडिया आदि देखिन्छ जो अक्सर गुलाबी रङ हुन्छ । त्यसैगरी छोराको खेलौनामा थरीथरीका गाडी, बिल्डिङ ब्लक र रोबट देखिन्छ । तर, तपाईँले सोच्नुभएको छ – यस किसिमले छोरा र छोरीको लागि फरक फरक खालको खेलौना कसले तय गरिदिएका हुन् ? कसले छोरीलाई गुलाबी र छोरालाई निलो रङ रोजिदिएका हुन् ? यस प्रश्नमाथि अगाडि चर्चा गरिनेछ तर त्यसअघि हामीले यो कुरा जान्नुपर्छ कि हामीले किन यस विषयमा चर्चा गरिरहेका छौँ ?
खासगरी डेनमार्कको खेलौना बनाउने कम्पनी ‘लेगो’ले घोषणा गरेको छ कि उसले आफ्नो उत्पादन र मार्केटिङबाट लैङ्गिक असमानता वा जेन्डर स्टीरियोटाइप हटाउनेछ । लेगो कम्पनीले यो निर्णय एक सोध पनि गरेको हो । लेगोको प्रमूख बजार प्रबन्धक जुलिया गोल्डिनले भनेकी छिन्, ‘रचनात्मक खेलले बच्चामा आत्मविश्वास, रचनात्मकता र सञ्चार कौशल बढाउनमा सहयोग गर्छ । तर, हामीले अहिले पनि अनुभव गर्न सक्छौँ कि पुरातन रूपमै चलिआएको स्टीरियोटाइप गतिविधिमा छाप लगाइएको छ कि यो एक विशेष लिङ्गको लागि सही छ । तर, लेगो समूहमा हामी जान्दछौँ कि यसलाई सही गर्न हाम्रो भूमिका हुनुपर्छ ।’
शोधको नतिजा के थियो ?
लेगोले एक शोध गर्ने संस्था जीना डेभिस इन्स्टिच्युट अन जेन्डर इन मिडियासँग मिलेर शोध गरेको थियो, जसमा सात मुलुकका सात हजार मान्छेसँग कुराकानी गरिएको थियो । त्यसमध्ये पहिला ६ देखि १४ वर्षका बच्चाका अभिभावकसँग र पछि बच्चासँग पनि कुरा गरिएको थियो । यस सर्वेक्षणमा अमेरिका, चीन, जापान, पोल्यान्ड, रुस, चेक रिपब्लिक र युकेका अभिभावक र बालबच्चा सामेल गरिएको थियो ।
यस शोधमा के पाइयो भने छोरीको तुलनामा छोराले लिङ्ग भेदको महसुस कम गरेका छन् साथसाथै उनीहरुले अलग अलग किसिमको रचनात्मक खेललाई खुला मनले अपनाएका छन् । छोरीका लागि जुन कुरा खेल्न दिइन्छ त्यो छोराले खेल्न लजाउँछन् । उनीहरू के सोच्छन् भने यस्तो खेलौना खेलियो भन्ने मान्छे हाँस्छन् ।
केटा र केटीको एउटै खेलौना !
सुहासिनी पाल खेलौना डिजाइनर हुन्, जसले ३ सय बढी खेलौना डिजाइन गरिसकेकी छिन् । उनले लेगोको कदमलाई सकारात्मक र समाजको लागि प्रगतिशील कदम बताएकी छिन् । सुहासिनी पालका ग्राहक भारतमा मात्र होइन, थाइल्यान्ड, इटली, बेलायत, अमेरिका टर्की र फ्रान्सजस्ता देशमा पनि छ । उनले किन्डर जोय, डिजनी, हेप र छाेटा भीम जस्ता ब्रान्डका लागि खेलौना बनाइसकेकी छिन् ।
खेलौना डिजाइनर भएका नाताले उनले आफ्नो खेलौनामा सुनौलो र हरियो रङ प्रयोग गरेका छन्, ताकि यो छोरा अनि छोरी दुवैका लागि सराबरी होस् ।
बजार के भन्छ ?
फनस्कूल खेलौना बनाउने कम्पनी हो । कम्पनीका सिइओ आर जेसवन्त भन्छन् कि भारतको खेलौना बजार नयाँ हो । पुरानो बजार अर्थात् यस्तो देश जहाँ खेलौनाको बजार सदियौँदेखि सञ्चालनमा छ, त्यहाँ छोरा र छोरी दुबै एकअर्काको खेलौना मिलेर खेल्छन् ।
यद्यपि फनस्कूल इन्डिया लिमिटेडका सिइओ आर जेसवन्तले बिबिसीसँग भनेका छन्, ‘म यो भन्न सक्दिनँ कि सबै खेलौना लिङ्गमा आधारित हुन्छ । पक्कै पनि केही खेलौना केटाहरुको लागि र केही केटीहरुको लागि बनाइएको छ । फूनस्कुलले अहिलेसम्म यस्तो तटस्थ खेलौना बनाउनका लागि कुनै यस्तो कदम उठाएको छैन ।’
खेलौनामा फरक के ?
पञ्जाब युनिभर्सिटीमा विमेन स्टडिज विभावका डा. अमीर सुल्ताना भन्छन्, ‘तपाईँ जब छोरा र छोरीलाई खेलौना दिनुहुन्छ तब छोरीले धेरैजसो गुलाबी रङको खेलौना र छोराले निलो रङको खेलौना रुचाउनेछ ।’
उनी रङको सिद्धान्तलाई लिएर भन्छन्, ‘गुलाबी रङ सुन्दरताको प्रतिक हो । निलो रङ आकास र समुन्द्र जोड्ने रङ हो । निलो रङले असीमितता र बलियो भन्ने सङ्केत गर्छ ।’
उनी थप्छन्, ‘छोरीको खेलौना हेर्नुभयो भने पित्तृसत्तात्मक सोच देखिन्छ । उनको खेलौनाले पालनपोषण गराउने भूमिकामा देखाइन्छ । उनीहरूको खेलौनामा गुडिया, किचेन सेट, मेकअप सेट देखिन्छ । अर्कोतिर छोराको खेलौना साहसिक खेलसँग सम्बन्धित हुन्छ । जस्तो रोबोट, गाडी, गन, जसले पुरुषको आक्रमकता देखाउँछ ।’
खेलौनाको माध्यामबाट छोरीलाई घर सम्हाल्न, बच्चा सम्हाल्न आदि सिकाइने तर छोरालाई यस्तो नसिकाउने उनी बताउँछन् । यस कुरालाई जोड दिँदै साक्षी सिङ्घल भन्छन्, ‘खेलौना बनाउने कम्पनीले छोरा र छोरीका लागि अलग खेलौना बनाउनुको स्वार्थ भनेको मुनाफा आर्जन गर्नु मात्र हो ।’
कतिपय पसल त यस्तो हुन्छ, जहाँ छोरा र छोरीका लागि अलग अलग गरिएको हुन्छ । यदि छोराले गुडिया खेलेमा उनलाई हाँसोको पात्र बनाइन्छ । उनलाई कमजोर भनी औँल्याउने गरिन्छ ।
लेगोले जुन सोध गरे, त्यसमा शोधकर्ताले भनेका छन् कि यो जेन्डर स्टीरियोटाइपले बच्चाको रचनात्मक विकासमा असर गर्छ । भविष्यमा गएर उनीहरु त्यही बाटो रोज्छन्, जसले उनीहरूको बाल मनोविज्ञानमा छाप छाडेको थियो ।
साक्षी सिङ्घल भन्छन्, ‘खेलौना एक बच्चाको विकासमा अहम् हुन्छ । यदि लैङ्गिक हिसाबले तटस्थ खेलौना बनाउने हो भने त्यसले बच्चामा भावनात्मक, सामाजिक, नैतिक र संज्ञात्मक विकास गर्न सहयोग गर्नेछ । उनका अनुसार खेलौनाको कुनै रङ हुँदैन, न लिङ्ग नै ।
बिबिसीबाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

