
जहाँसुकैबाट आएको भए पनि पवनलाई हात धोइहाल्नु पथ्र्यो । घरैमा बसिरहेको बेला पनि अचानक उठ्थ्यो र हात धुन गइहाल्थ्यो । गएको वर्षसम्म भने उनको सो बानी जसोजसो घरका सदस्यहरुले छुटाइसकेका थिए तर कोरोनाभाइरसको आतंकयता पवनको यो बानी फेरि शुरु भएको छ ।
कोरोना भाइरसको यो बेलामा सरसफाईमा ध्यान दिने र पटक पटक हात धुनपर्ने भनी प्रचार गरिँदैछ । ताकि तपाईंको हातमा भएको भाइरस शरीरभित्र प्रवेश नगरोस् ।
तर यही बेला धेरैजसोलाई भने हरेक चिजमा भाइरस छ कि भन्ने आशंकाले गर्दा जे गर्दा पनि हात धोइहाल्नुपर्ने बानी लाग्न थालेको छ । हरेक चिजमा भाइरस छ, फोहोर छ र तपाईंलाई हानि गर्छ भन्ने लाग्न थाल्यो र पटक पटक हात धुन थाल्नुभयो भने त्यो रोगको लक्षण पनि हुनसक्छ । यसलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसिडी) भनिन्छ ।
जसलाई कोरोनाभाइरस आउनुअघि नै ओसिडी थियो, तिनलाई महामारीले महादुःख दिन थालेको छ ।
विशेषज्ञहरुका अनुसार, मस्तिष्कभित्र सेराटोनिन नामक एउटा रसायन हुन्छ । जब दिमागमा यो रसायन कम हुन्छ, त्यो बेला जे काम गरिएको हुन्छ, त्यो अधुरो भएको महसुस हुन थाल्छ । सरसफाई पनि यस्तैमधये एक हो । यस्तो रोग भएका मानिस ज्यादै सचेत हुन्छ र पटक पटक सचेतनाका कारण एउटै काम दोहो¥याइरहेको हुन्छ ।
उनीहरुलाई राम्रोसँग सफा गरिएको कुरामा विश्वास लाग्दैन । त्यसैले घण्टौँ उनीहरुले एउटै काममा लगाउँछन् । जबकि हात धुने भन्ने कुरा केही सेकेन्डमै पूरा हुन्छ तर उनीहरुलाई कोभिडजस्ता रोगबाट बच्न २० सेकेन्डमै हात धोएर बचिन्छ भन्ने विश्वास गर्दैनन् ।
ओडिसी भएका मानिसहरुमा यस्ता लक्षण देखिन्छन्ः
- पटक पटक हात धुनु
- नुहाउनका लागि घण्टौँ समय लगाउनु
- दिनभरि सरसफाईमा मात्रै रहनु
- आफ्नो सरसफाईमा विश्वास नभए अरुबाट पुष्टि गराउनु, जस्तो कि राम्रोसँग हात धोएँ कि धोइनँ, राम्रोसँग सफा भयो कि भएन आदि ।
यस्तो डिसअर्डर भएका मानिसको जीवन नराम्रोसँग प्रभावित हुन्छ । कयौँ मानिसले डिटरजेन्टको घोल या कपडा धुने साबुनले नै नुहाउन थाल्छन् । उनीहरुलाई दैनिक प्रयोग गरिरहेको साबुनले हातको भाइरस म¥यो भन्ने विश्वास नलागेर त्यस्तो व्यवहार देखाउने हुन्छन् । यो समस्या अझ बढ्दै जाँदा मानिसलाई शारीरिक तथा मानसिक दुवै रुपमा समस्यामा पर्छन् ।
उदाहरणका लागि,
- पटक पटक हात धुने तथा नुहाउने कार्यले छाला सुख्खा मात्र हुने नभई फुट्न थाल्छ
- दैनिक काम प्रभावित हुन्छ । तपाईं अन्य काम छाडेर सफाईमा नै व्यस्त हुन थाल्नुहुन्छ
- चिढचिढापन र उदासी तथा हतास हुने देखिन्छ र यस्ता मानिसको अन्य व्यक्तिसँगको सम्बन्ध बिग्रन थाल्छ
- जाडो होस् या गर्मी, बालबालिका घरबाट बाहिर छन् र घर आइपुगे भने पटक पटक नुहाइदिने गर्छन् र त्यसले उनीहरुको स्वास्थ्यमा नराम्रो असर पर्छ ।
- घरमा मानिस आएको रुचाउँदैनन् र आए पनि उनीहरुले भाइरस ल्याएको, फोहार भित्र्याएको भन्दै गनगन गर्न थाल्छन् र फेरि सरसफाईमा जुट्न थाल्छन् ।
कस्ता कस्ता रोगी ?
ओडिसी भएका रोगीहरुमध्ये कतिपयलाई अरुको बाथरुम जान मन पर्दैन । उनीहरुलाई त्यो फोहोर भएको र त्यहाँ छिरेर आएपछि आफूलाई सफा गर्न ७–८ घण्टा लाग्ने उनीहरुको धारणा हुन्छ ।
समयमै यस्तो रोगको उपचार भएन भने उनीहरुको पागलपनका कारण घरका मान्छे हैरान हुन सक्छन् । सारा काम छाडेर उनीहरु सरसफाई नै मात्र गर्न थाल्छन् र अरुलाई पनि चैनपूर्वक बस्न दिँदैनन् ।
उपचार के छ ?
विशेषज्ञ डाक्टरहरुका अनुसार ओसिडीको उपचार ग¥यो भने उनीहरु निको हुन सक्छन् । यसमा रोगीहरुलाई केही औषधि र काउन्सिलिङ तथा बिहेभियर थेरापीजस्ता कुरा दिइन्छ । जुन काम उनीहरुले बारम्बार गर्छन्, तिनलाई रोकिन्छ । उपचार गरेपछि यो रोगबाट उनीहरु मुक्त हुन्छन् ।
जर्मोफोबिया के हो ?
कयौँ पटक मानिसहरु जर्मोफोबिया र ओसिडीलाई एउटै रोग ठान्छन् तर यस्तो नहुने विशेषज्ञहरुको भनाइ छ ।
जर्मोफोबिया चाहिँ रोग होइन, ओडिसी चाहिँ रोग हो । तर कहिलेकाहीँ जर्मोफोबिया ओसिडीमा परिवर्तन हुने डर चाहिँ रहन्छ ।
कुनै किरा, ब्याक्टेरिया, भाइरस, माइक्रोब र इन्फेक्सन आदिको डरलाई जर्मोफोबिया भनिन्छ । कोही मानिस सर्प या मुसो या भित्तीजस्ता कुराबाट डराएजस्तै जर्मोफोबिया पनि त्यस्तै डर हो ।
यिनले टोकेर कतै मलाई इन्फेक्सन नहोस्, मलाई यो मन पर्दैन र यसबाट टाढै हुनुपरोस् भन्ने चाहना हुन्छ ।
जर्मोफोबियामा व्यक्तिलाई कुनै सामान या कुनै ठाउँमा किरा हुने डर लाग्न सक्छ । जसका कारण ती व्यक्तिले त्यो ठाउँलाई छुँदैन । यस्तो डर सधैँ हुँदैन । कहिलेकाहीँ मात्र हुन्छ । यो डरले जब अरुलाई हानि पु¥याउँदैन, तबसम्म यसबाट डराउनु पर्दैन ।
तर जब दैनिक कामलाई नै प्रभावित तुल्याउन थाल्यो भने चाहिँ जर्मोफोबियालाई पनि गम्भीर रुपमा लिनुपर्ने हुन्छ । खासगरी पटक पटक हात धुनु, कुनै ठाउँलाई सफा गरिरहनु र यस्तो गर्नबाट आफूलाई रोक्न नसक्नुसम्म पुग्नु भनेको जर्मोफोबिया ओसिडीमा परिवर्तन हुनु हो । तर सधैँ जर्मोफोबिया ओसिडी नै हुन्छ भन्ने छैन ।
पछिल्लो समय कोरोना भाइरसका कारण यस्ता समस्या बढ्न थालेको चिकित्सकहरुको धारणा छ । जर्मोफोबियाका रोगीहरु झन् गम्भीर हुन थालेकाले अचेल चिकित्सकहरुले पटक पटक हात धोइरहन जरुरी नभएको भनी तिनलाई सम्झाउनु परेको बताउन थालेका छन् । चिकित्सकहरुले कति सफाई गर्नुपर्छ, कति जरुरी छ र कति छैन भन्ने बुझाइदिनुपर्छ ।
बाहिरबाट तपाईं घर छिर्नुभयो भने त्यो बेला हात सफा गर्नुपर्छ । तर घरैमा भएका बेला १० पटक हात धुनुहुन्छ, पटक पटक धोइरहनुहुन्छ र धोएर पनि सन्तुष्ट हुनुहुन्न भने त्यो समस्या हो । यस्तोमा तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्ने विशेषज्ञहरुको भनाइ छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

