सिंगापुरका वैज्ञानिकहरूले कीरा फटेङ्ग्रा खाने किसिमका विरूवालाई स्मार्टफोनबाट नियन्त्रण गर्दैछन् ।

वैज्ञानिकहरूले स्मार्टफोनबाट इलेक्ट्रिक संकेतका माध्यमबाट भिनस फ्लाई ट्रयापलाई नियन्त्रण गरिरहेका छन् । उनीहरूलाई यो खोजले रोबोटिक्सदेखि लिएर विरूवाहरूबाट पर्यावरणको जानकारी लिनेजस्ता कयौँ नयाँ कुरामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने आशा गरिरहेका छन् ।

सिंगापुरको नानयाङ टेक्नोलजिकल युनिभर्सिटीका शोधकर्ता लू यिफेई भन्छिन्, स्मार्टफोनमा एउटा एप लगाएर विरूवामा राखिएका साना साना इलेक्ट्रोडमार्फत संकेत पठाउन सकिन्छ । र, ती संकेतले ती विरूवालाई नियन्त्रित गर्न सकिन्छ ।

संकेत पाउनेबित्तिकै विरूवाले आफ्ना पातहरू ठीक त्यसरी नै बन्द गर्छ, जसरी कुनै कीराफटेङ्ग्रा पक्रिएपछि यसले पात बन्द गर्छ । विश्वविद्यालयका मटिरियल्स साइन्स एन्ड इन्जिनियरिङमा काम गर्ने लु भन्छिन्, बिरूवा पनि मानिसजस्तै हुन्छन् । जसरी हाम्रो मुटुको इसिजी निस्कन्छ, त्यसरी नै उनीहरूले इलेक्ट्रिक संकेत निकाल्ने गर्छन् । हामीले एउटा यस्तो प्रविधि विकसित गरेका छौँ, जसले ती सिग्नललाई पक्रन सक्छ । यो प्रविधिले बिरूवाको जराबाट नै इलेक्ट्रिक सिग्नल पढ्न सक्छ ।

यो प्रविधिको माध्यमबाट बिरूवालाई सफ्ट रोबोटका रूपमा प्रयोग गर्न सकिन्छ । त्यो बेला विरूवाले हलुका, नरम कुरा उठाउन प्रयोग गर्न सकिन्छ । त्यस्ता उपकरणाहरू औद्योगिक उपकरणले उठाउँदा टुक्रन सक्छन् ।

साथै यो पर्यावरणका लागि खतरनाक पनि हुँदैन । अझ उनी एक कदम अघि बढेर के भन्छिन् भने मानिस र बिरूवाबीच संवाद हुने क्रम अब बढ्न पनि सक्छ ।

एनटियुको शोधकर्ता टोलीले बिरूवाबाट सिधा सिग्नल पक्रिएर तिनले बुझ्न सके ठूलो क्रान्ति हुने अपेक्षा गरिरहेका छन् । उदाहरणका लागि, बिरामी या कुनै असामान्य गतिविधिको संकेत, लक्षण हामीले देख्नुअघि नै रूखविरूवा र अन्यले पत्ता लगाइसकेका हुन्छन् । यो हामीले ती विरूवासँग सम्पर्क साँध्न सकेको खण्डमा अघि नै थाहा पाउन सकिन्छ ।

बिरूवाहरूलाई बेग्लाबेग्लै तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे अहिले विश्वविद्यालले अध्ययनलाई जारी राखेको छ ।

लु भन्छिन्, हामीले बिरूवालाई पर्यावरण प्रदूषण, विषाक्त ग्यास या जल प्रदूषण आदि पत्ता लगाउन प्रयोग गर्न सक्छौँ ।

यो प्रविधिको व्यावसायिक प्रयोगका लागि अझै धेरै समय लाग्छ । हुन त उद्योग जगतमा यो  प्रविधिलाई लिएर निकै उत्साह बढेको देखिन्छ । बिरूवा बेच्ने र स्वास्थ्यसम्बन्धी पर्यटन गराउने कम्पनी एसजी विन सफ्लाई ट्रेपका संस्थापक डेरेन इङ भन्छन्, यो प्रविधि बडो स्वागतयोग्य छ । यदि बिरूवाहरूले हामीसँग कुरा गर्न सके त तिनलाई हुर्काउन पनि बडो सजिलो हुन्थ्यो होला ।’