इजरायली राजधानी तेल अभिभबाट योलान्द नेलफिल मरजाककाे रिपोर्ट


संसारभरि नै सरोगेट सेक्स थेरापी विवादमा छ । त्यसैले कुनै पनि सरकार यसको प्रयोग गर्न चाहँदैनन् । तर इजरायल भने यस मामिलामा निकै अगाडि छ । उसले आफ्ना सैनिकहरुलाई सरोगेट सेक्स थेरापीका लागि खर्चसमेत दिने गरेको छ । नराम्रोसँग घाइते भएका र यौन जीवनमा पूर्ववत् फर्कन चाहने रोगीका लागि सरोगेट सेक्स थेरापिस्टकहाँ पठाइन्छ । थेरापिस्टले पनि बिरामीको रोगको गहिराईअनुसार यस्तो सरोगेट युवा वा युवती नियुक्त गर्छन्, जसका माध्यमले उनीहरुको यौन जीवनलाई पूर्ववत् फर्काउन सहयोग पु¥याउने गरेको छ ।

इजरायली सेक्स थेरापिस्ट रोनित अलोनी तीमध्ये एक हुन् । उनको राजधानी तेल अभिभस्थित कार्यालय ठ्याक्कै एउटा अपार्टमेन्ट (वा घर) जस्तै छ । त्यहाँ एउटा आरामीदायी खाट छ, खाट नजिकै बाथरुम छ । बाथरुममा सुविधासम्पन्न सावरको व्यवस्था गरिएको छ । खाटको माथितिर सिडी प्लेयर छ । छेउकै अर्को कोठामा भान्साकोठा पनि छ ।

घरभन्दा फरक वातावरण यहाँ एउटै कारणले मात्र देखिन्छ र त्यो हो, कोठैपिच्छे यहाँका अश्लील हाउभाउयुक्त रेखाचित्र । यिनै रेखाचित्र देखाउँदै रोनितले थेरापी गराउने गर्छिन् ।

‘मेरो थेरापीको कार्यालय कुनै होटलजस्तो बिल्कुलै छैन,’ उनी भन्छिन्, ‘मैले यसलाई घरजस्तो वातावरण किन बनाएको हो भने गम्भीर किसिमका समस्याले ग्रस्त महिला तथा पुरुषहरु उनीहरुको यौनजीवनमा फर्कन नसकेको अवस्थामा तिनलाई सुरक्षित रुपमा फर्काउने । त्यसका लागि होटलजस्तो वातावरण होइन, घरजस्तै वातावरण चाहिन्छ ।’

वेश्यावृत्ति भन्दा फरक छ त ?
अवश्य छ, अलोनी भन्छिन्, यो सेक्स थेरापी कयौँ अवस्थामा एउटा यौनजोडीको थेरापी हो । जोडी बिना यो पूरा हुँदैन र हुन पनि सक्तैन ।

यहाँ सरोगेट महिला अथवा पुरुष सरोगेट हुन्छन्, जसले रोगीहरुको पार्टनरको भूमिका खेल्छन् ।

हुन त आलोचकहरुले यसलाई वेश्यावृत्तिकै रुपमा हेर्छन् । तर इजरायलमा यस कुरालाई आफ्ना सैनिकहरुको उपचारका रुपमा लिइन्छ । कोही सैनिक यस किसिमको सेवा लिन चाहेको खण्डमा उसलाई सरकारले खर्चसमेत दिन्छ ।

अलोनी सरोगेट सेक्स थेरापीको पैरवी गर्दै भन्छिन्, केही टेक्निक सिकेपछि कुनै पनि महिला वा पुरुषले आनन्द लिन वा दिन सक्छन् ।

अलोनी सेक्सुअल रिह्याबलिटेसनमा पिएचडी हुन् । उनी विश्वासका साथ भन्छिन्, ‘यहाँ मानिसहरु थेरापीका लागि आउँछन्, आनन्दका लागि होयन । यसमा वेश्यावृत्तिजस्तो केही पनि छैन ।’

थेरापीमा के सिकाइन्छ त ?
उनी भन्छिन्, सेक्स थेरापीको सेसनमा ८५ प्रतिशत अन्तरंगपना सिकाइन्छ । यसमा अन्तरंगता कायम गर्ने तरिका बताइन्छ । उनीहरु कसरी एकअर्काको नजिक जाने, स्पर्श गर्ने, छुँदा पनि कसरी छुने, शारीरिक आदानप्रदान र अन्तरंग संवाद कसरी कायम राख्नेजस्ता कुराहरु यहाँ सिकाइन्छ । यो प्रक्रिया अघि बढ्दै जाँदा त्यहाँनेर थेरापी सकिन्छ, जब तपाईं वास्तवमै मानसिक रुपमा यौन सम्बन्ध कायम राख्न तयार हुनुहुन्छ ।

यस किसिमको सेवा लिनेमध्येमा मि. ए पनि एक हुन् । उनी आप्mनो पूरा नाम बताउँदैनन् । इजरायली सैन्य सेवामा केही वर्षअघिबाट अवकाश लिइसकेका उनी एक कार दुर्घटनामा माथिबाट बजारिएपछि कम्मरभन्दा तलको भाग चल्न छोडेको थियो ।

मैले जब उनीसँग भेट्ने अनुमति मागेँ र उनीकहाँ पुगेँ, उनी टेबल टेनिस खेल्न निस्कन लागेका थिए । उनी ह्वील चेयरमा थिए । उनी भन्छन्, मेरो कम्मरभन्दा मुनिको भाग नै चल्दैनथ्यो । म यौन सम्बन्धका लागि सक्षम थिइनँ ।

त्यसपछि उनले जीवनमा के के गर्न जरुरी छ भन्ने एउटा सूची बनाए । जसमा उनी आफैँले नुहाउने, खाना खाने, कपडा लगाउने, गाडी चलाउने र यौन सम्बन्ध कसरी बनाउने भनी सिक्नु थियो ।

उनी विवाहित हुन् । उनका दुई सन्तान पनि छन् । तर उनकी पत्नी भने डाक्टर तथा थेरापिस्टकहाँ गएर सेक्सबारे कुराकानी गर्न र थेरापीमा सहभागी हुन मानिनन् । त्यसैले अलोनीको सहयोग लिन उनी पत्नीबिना नै गए । हरेक सेसनमा उनले सरोगेट पार्टनरको निर्देशन र फिडब्याक लिए ।

उनी भन्छन्, सरोगेट सेक्स थेरापीमा सबै कुरा शुरुदेखि सिकाइन्छ । कसरी छुने, कहाँ छुने, सुस्त कि चाँडो चाँडो छुनेजस्ता कुरा यहाँ सिकाइन्छ र अन्त्यमा उनीहरुले ग्राहकलाई यौनको चरम अनुभूतिमा पुर्याइदिन्छन् ।

मिस्टर एको धारणामा सरकारले साप्ताहिक रुपमा उनको थेरापी सेसनको खर्च दिनु राम्रो र उचित कदम भएको बताउँछन् । सरकारले घाइते सैनिकका लागि अनेकन् किसिमका पुनरस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेकामा यो पनि थप्नु राम्रो कुरा भएको बताउँछन् । यस्तो थेरापीको एक पूर्ण सेसनको पाँच हजार चार सय डलर खर्च हुने गरेको छ ।

सरोगेट सेक्स थेरापीमा जानु उनको जीवनको लक्ष्य थिए तर उनी जीवनका हरेक पाटाहरु बाँचूँ भन्ने उनको चाहना थियो । यसले समाजमा पुनस्र्थापित हुन सहयोग पुग्ने आशाका साथ त्यहाँ पुगेका थिए ।

यस्तो थेरापीका क्रममा त सरोगेट थेरापिस्टसँग प्रेममा पर्ने सम्भावना पनि त हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, म त विवाहित व्यक्ति हुँ । मलाई प्रेमको झण्झटमा पर्नु छैन । फेरि थेरापिस्टको सहयोग लिनु भनेको त्यसैमा लिप्त हुनु होइन ।

जनताको साथले कार्यक्रम सफल
अलोनीको क्लिनिकमा सबै किसिमका महिला पुरुष आउँछन् । कयौँलाई आफ्नो पार्टनरसँग रोमान्टिक सम्बन्ध बनाउन गाह्रो भइरहेको छ, केही विषादका रोगी हुन्छन् । कसैको जीवनमा यौन दुव्र्यवहारका कारण उनीहरु वैवाहिक जीवन राम्रोसँग बिताउन पाइरहेका हुँदैनन् ।

यस्ता अनेकन् समस्याले यौन जीवनमा पारेको असरलाई न्यूनीकरण र कतिपय अवस्थामा निर्मूल पार्न यस्तो थेरापीले भूमिका खेलिरहेको छ । र, यसले इजरायलमा सफलतासमेत हात पारिरहेको छ ।

अलोनीले आफ्नो क्लिनिकमा भने अपांगता भएका महिला पुरुषमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने गरेकी छन् । कुनै दुर्घटनाका कारण उनीहरुको अपांगताले घरव्यवहार नै चौपट हुने अवस्थामा यस किसिमको थेरापीले सहयोग पुर्याउने अलोनीको धारणा छ ।

आखिर अलोनीले किन यस्तो पेशा रोजिन् त ? यसमा पनि पारिवारिक कथा गाँसिन्छ । उनका पाइलट बुवा प्लेन दुर्घटनाका कारण मस्तिष्कमा समस्या आइपर्यो ।

उनी हुर्कंदै गर्दा बुवाको सो समस्याका कारण धेरै कुरा देख्नुपर्यो । परिवार छिन्नभिन्न भएको देख्नु पर्यो । यस्तो अवस्था अरुको नहोस् भन्ने उद्देश्यका साथ उनले पढाइ पूरा गरिन् र यसैमा काम गर्न थालिन् ।

सन् १९८० को दशकमा उनी पढाइ सकेर इजरायल फर्किइन् । उनको काम विवादास्पद थियो । त्यसैले यसका लागि उनले स्थानीय धार्मिक नेतासँग स्वीकृति लिइन् । यसपछि इजरायलको ग्रामीण क्षेत्रमा यौन पुनर्जीवन केन्द्रमा थेरापी दिन थालिन् ।

उनको यस कार्यमा कुनै पनि विवाहित महिला या पुरुष सरोगेट बन्दैन भने मात्र उनले यस कामका लागि स्वीकृति पाउने धार्मिक नेताहरुले नियम बनाइदिए । अलोनीले अहिलेसम्म यही कुराको पालना गर्दै आइरहेकी छन् ।

समय सँगसँगै विभिन्न सरकारी नियका तथा संगठनले सहयोग गर्न थाले । उनको क्लिनिकमा सरोगेट सेक्स थेरापीमा हजारभन्दा बढीले सेवा लिइसकेका छन् । तीमध्ये एक दर्जन चाहिँ घाइते सैनिक छन् । कसैलाई ब्रेन ट्रमा छ भने कसैको ढाडको हाडमा समस्या छ । यसको खर्च सरकारले दिइरहेको छ ।

अलोनी भन्छिन्, इजरायलको परिवार केन्द्रित संस्कृति र सेनाका प्रति यस किसिमको सुविधाले उनीहरु समाज र परिवारमा पुनस्र्थापित हुन सहयोग पुगिरहेको छ । १८ वर्षको उमेर पुग्नेबित्रिकै अधिकांश युवाहरुलाई सैन्य सेवामा लगिन्छ र उनीहरु वयस्क हुञ्जेलसम्म रिजर्भ सैनिकका रुपमा काम गर्छन् ।

उनी भन्छिन्, इजरायलको स्थापनादेखि नै यहाँ युद्ध वा युद्धको जस्तो अवस्था रहिरह्यो । यहाँ घाइते हुने र मर्ने कुनै ठेगान हुँदैन । यस्तो अवस्थामा कुनै सैनिकलाई यौनकै सही क्षतिपूर्ति दिने कुरामा जनताको पनि पूरापूर साथ र सकारात्मकता रहने गरेको छ ।

सेक्स थेरापीले नयाँ जीवन
मध्य इजरायलस्थित एउटा बगैँचामा ४० वर्षका एक अग्ला अधवैंसे बसिरहेका छन् । उनको काखमा कम्बल थियो । उनी पूर्व रिजर्भ सैनिक थिए । तर सन् २००६ मा लेबनान युद्धमा उनको जीवन पूर्ण रुपमा ध्वस्त भयो ।

उनलाई हामी अहिलेलाई डेभिड नाउँले चिनौँ । उनी लडाइँमा घाइते भएपछि बोल्न त सक्थे तर हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे ।

डेभिडले अकुपेसनल थेरापिस्टको सहयोगबाट संवाद गर्न सक्थे । तर अलोनीले उनलाई सहारा दिइन् । अलोनीको सहयोगले उनी क्रमशः लेख्न सक्ने भए ।

डेभिड भन्छन्, मेरो जीवन अन्य मानिसकैजस्तो सामान्य थियो । म पूर्वी देशको भ्रमणबाट भर्खरै फर्किएको थिएँ । म विश्वविद्यालयमा पढिरहेको थिएँ । रक्सी भट्टीमा म जागिर खाइरहेको थिएँ । मलाई खेल्न मन पथ्र्यो र साथीहरुसँग म झुम्मिरहेको हुन्थेँ ।

तर जब सैन्य युनिटमा आक्रमण भयो, उनको गोडा र टाउकामा गम्भीर चोट लाग्यो । उनले अस्पतालमा लगभग तीन वर्ष बिताए । अस्पतालमा हुञ्जेल उनलाई लाग्यो, जीवन त सकिएछ ।

तर जब उनले अकुपेसनल थेरापिस्टले उनलाई सरोगेट सेक्स थेरापीको सुझाव दिए, त्यसपछि उनको जीवन नै बद्लियो । सरोगेट सेक्स थेरापीको शुरुवाती दिनमा चाहिँ उनले आफूलाई नामर्द नै महसुस गर्थे । तर थेरापीका क्रममा उनले आफूलाई एक युवा, सुन्दर पुरुष महसुस गर्न थाले । घाइतेपछि पहिलो पटक उनलाई आफूभित्र शक्ति भएको र जीवन बाँकी नै छ भन्ने महसुस हुन थाल्यो ।

शुरुवाती सेसनमा डेभिडलाई रमाइलो लागिरहेको थियो, किनभने कयौँ वर्षपछि उनले यौनिकताको अनुभव गर्न पाइरहेका थिए । तर यो थेरापी सकिएपछि ? उनको मनमा प्रश्न आउन थाल्यो । थेरापी सकिनेबित्तिकै उनको रोमान्टिकताको अन्त्य हुन्थ्यो ।

तर थेरापी सकिउञ्जेलसम्म उनलाई बल्ल महसुस भयो, सकिएको जीवनमा थेरापीले कति महत्त्वपूर्ण भूमिका खेल्यो । आफ्नो गोडामा पुनः उभिएजस्तो महसुस यस्तो थेरापीले गर्यो ।

एक समय त उनलाई यौन थेरापीमा सघाइरहेकी सेराफिनासँगै प्रेममा परुँलाझैँ भयो । तर पछि उनले बुझे, यो एउटा सरोगेसी हो, उनी मात्र एउटा ग्राहक हुन् । सधैँभरि सेराफिना उनीसँग बस्न सक्तिनन् । तर डा. अलोनीले भने क्लिनिकको सेसन सकिएपछि पनि यी दुईले डेट गर्न सक्ने वातावरण मिलाइदिइन् ।

कोभिड १९ फैलिनुअघि नै उनको यी सारा थेरापी सकिएकाले उनलाई जीवन सहज रुपमा लिन सघायो ।

सेक्स थेरापीमा सरोगेटको जीवन कस्तो हुन्छ त ?
डा. रोनित अलोनीको क्लिनिकमा सेराफिनाले एक दशकसम्म काम गरिसकेकी छन् । उनी दुब्ली छन्, उनको कपाल छोटो छ । उनी मिजासिली र सक्रिय छिन् । बोल्दा उनी निकै सभ्य तरिकाले बोल्छिन् । उनले हालै आफ्नो अनुभवमाथि एउटा किताब पनि लेखेकी छन्, मोर द्यान अ सेक्स सरोगेट । अन्तरंगता, गोपनीयता र प्रेमपूर्ण जीवन बिताउन सिकाउने युवतीको अनौठो संस्मरण बन्न पुगेको छ, यो किताब ।

तेल अभिभमा यस क्लिनिकमा काम गर्ने अन्य सरोगेट पार्टनरजस्तै सेराफिनाका अन्य काम पनि छन् । उनी कला क्षेत्रमा काम गर्छिन् । उनी यस कार्यलाई एउटा परोपकारी कार्य ठान्छिन् ।

उनी भन्छिन्, मानिसहरु भित्रभित्रै पीडा बेहोरिरहेका हुन्छन् । यो मानिसको यति निजी र गोप्य कुरा हो कि हरकसैलाई बताउन पनि सक्तैनन् । यसमा म उनीहरुलाई सहयोग गर्न चाहन्छु । कनिभने मलाई थाहा छ, यस्तो गर्ने क्षमता मसँग छ । थेरापीका बेला आफ्नो सेक्सुआलिटी, छुवाई र शरीरलाई प्रयोग गर्न दिनुमा म कुनै अप्ठेरो मान्दिनँ । यही कुराले मलाई आकर्षित र रोमाञ्चित बनाउने गछर्छ ।

सेराफिना आफूलाई टुर गाइडझैँ मान्छिन् । उनी भन्छिन्, म आफ्ना ग्राहकहरुलाई यस्तो यात्रामा लैजान्छु, त्यो यात्राको बाटो उनीहरुलाई थाहा छ र पनि उनीहरुलाई रोमाञ्चक लाग्छ ।

उनले हालसम्म ४० जना क्लाइन्टका साथ काम गरिसकेकी छन् । तीमध्ये एक सैनिक पनि थिए । डेभिडको किस्सा चाहिँ उनलाई अनौठै लाग्छ किनभने उनी यति भयानक तरिकाले घाइते भएका थिए कि उनलाई यौन जीवनमा पुनः ल्याउनु ठूलो चुनौती थियो । उनले डेभिडलाई कसरी लेख्न सिकाउने भनी आफू पनि सिकिन् । ताकि यस्तो गर्दा उनले डेभिडसँग अन्तरंग कुराकानी लेखेरै भए पनि गर्न सकून् ।

उनी भन्छिन्, अहिलेसम्मका मामिलामा डेभिडको समस्या सबैभन्दा खतरनाक थियो । यो चाहिँ मरुभूमिमा हिँड्नुजस्तो थियो । त्यस्तो मरुभूमि, जसको दिशा र दशाका बारेमा केही पनि थाहा हुँदैन ।

डेभिडको केसले मलाई बहुतै सिर्जनशील हुनुपर्यो । उनी हिँडडुल गर्न सक्तैनथे । उनले आफ्नो शरीर त महसुस गर्न सक्थे तर हल्लाउन सक्तैनथे ।

डेभिड भन्छन्, म के चाहन्छु भन्ने सेराफिनालाई थाहा थियो । भलै मैले व्यक्त गर्न नसकूँ तर उनीले त्यो कुरा पहिल्यै थाहा पाइसकेकी हुन्छिन् । म त उनको त्यो क्षमताको कायल नै थिएँ ।

भलै सेराफिना सरोगेट होलिन्, तर वास्तविक जीवनमा उनको एक जना ब्वाइफ्रेन्ड पनि थिए । ब्वाइफ्रेन्डले उनको कामलाई स्वीकृति दिएका थिए । उनले कतिपय यस्ता साथी पनि देखेकी छन्, जसलाई बिहे गर्नु थियो, बिहेपछि यस्तो काममा स्वीकृति नपाउने भएकाले कामै छाडिदिएका थिए ।

कहिलेकाहीँ उनलाई कतिपय क्लाइन्टसँग बिदा लिँदा निकै ठूलो समस्या पनि भएको छ । उनी भावनात्मक रुपमा उनीहरुसँग जोडिएकी पनि हुन्छिन् तर काम हो, त्यसैले मन मारेर भए पनि उनले छाड्नै पर्ने हुन्छ । कहिलेकाहीँ उनी छुट्टिएपछि रुन्छिन् पनि । तर छुट्टिदा पनि उनी खुसी नै हुन्छिन् किनभने उनका कारण उनले उपचारमा सघाएका रोगी सफल उपचारपछि फर्किका हुन्छन् ।

सेराफिनाले जब आफूले उपचारमा सघाएका ग्राहकहरुको यौन जीवन सफल भएको, उनीहरुको सन्तान जन्मिएको थाहा पाउँछिन्, उनलाई ज्यादै खुसी लाग्ने गर्छ । यस्तो अवस्थामा उनले आफूले सही काम गरेकोमा गर्व गर्छिन् ।

शास्त्रीय मनोवैज्ञानिक थेरापीभन्दा सफल
अब साँझ परिसकेको छ । रोनित अझै काममा व्यस्त छिन् । युरोप र सुदूर दक्षिण अमेरिकाका सेक्सोलजिस्टका समूहलाई उनले अनलाइन लेक्चर दिइरहेकी छन् । उनी यी सबै उदाहरण तिनलाई सुनाइरहेकी छन् । आफूले गरेको शोध र अनुसन्धान भन्दै उनले भनिरहेकी छन्, ‘यौन समस्या हटाउनका लागि अपनाइने क्लासिक मनोवैज्ञानिक थेरापीको तुलनामा यो बढ्ता सफलसिद्ध भएको छ ।’

‘यो रोचक मात्र छैन, यो कार्य गर्दा रमाइलो मान्नेहरु पनि उत्तिकै छन् । त्यसैले मेरा सरोगेटहरु यो कामलाई बारम्बार दोहो¥याइरहेका छन्,’ उनी भन्छिन् ।

अचेल सर्जरीले घाइते सैनिकको उपचारमा ठूलो सहयोग पुर्याइरहेको छ तर यससँगै सरोगेट उपचार अझै बढी सशक्तताका साथ प्रयोग गर्दा अझ बढी सफल उपचार हुनेमा उनी विश्वस्त छिन् ।

डा. रोनित भन्छिन्, ‘कुनै व्यक्तिको आत्मविश्वास नफर्काइकन उसको वैवाहिक जीवनमा पुनस्र्थापित गराउनै सकिँदैन । जबसम्म त्यस्ता महिला या पुरुषले आफ्नो यौनजीवन पुरानै अवस्थामा फर्किएको महसुस गर्दैनन्, उनीहरु रोगी नै हुन्छन् । यौन हाम्रो व्यक्तित्वको केन्द्रीय अंग हो । तपाईंले यसका बारेमा कुरा मात्रै गरेर हुन्न । सेक्सुआलिटीका विविध आयामहरुका बीच समन्वय ल्याएर उनीहरुलाई सामान्य जीवनमा जोड्न सक्नुपर्छ ।’

डा. रोनित भन्छिन्, ‘आधुनिक समाजले सेक्सका बारेमा एउटा रोगी दृष्टिकोण विकसित गरेको छ । हामीले सेक्सुआलिटीलाई ठट्टाको विषय बनाएका छौँ । मानिसलाई यसै विषयलाई लिएर अपमानित गरेका छौँ । हामी या त सेक्सका बारेमा ज्यादै रुढिवादी भएका छौँ या त अतिवादी ।’

उनको कथन छ, ‘हामीले यसका बारेमा सन्तुलित तरिकाले सोच्न सकेका छैनौँ ।’