१. नेपाली अव्युत्पन्न (व्युत्पन्न नहुने) नाम शब्दका सुरु र बीचमा आउने इकार र उकार (इ-उ) ह्रस्व लेखिन्छन् ।

जस्तै : पाखुरो, पुर्पुरो, फ्याउरो बटुको, बाउसे, बाजुरा, भुसुनु, रसुवा, चिउँडो, च्याखुरा, जाउलो, ढुकुर, दार्चुला, निबुवा, पटुका, कमिलो, काइँलो/काहिलो, कात्तिक, खोइलो, घुइँचो, चिडिया, ज्यामिर, धादिङ, घुइमरो, नरिवल, पुरिया, पाइलो, फरिया, बर्दिया, बहिनी, बिमिरो, साइत, सोइलो, कटुस, काउली, कुकुर, कुखुरा, कुसुन्डो, गहुँत, चिउरा, पाउलो, रुकुम, साउती, पुस, फागुन, साउन, सिउर, सिन्धुली, गुल्मी, नुवाकोट, धादिङ आदि ।

२. आगन्तुक नेपाली नाम शब्दका सुरु र बीचमा आउने इकार र उकार (इ-उ) ह्रस्व लेखिन्छन् ।

जस्तै : सुरु, कानुन, गजुर, चाबुक, चुकुल, अक्सिजन, इन्जिनियर, एमोनिया, कमिटी, कमिसन, खुफिया, खरिदार, खरिद, गरिब, अख्तियार, अजिमा, अफिम, आइन्दा, इङ्लिस, इन्जिन, गुरिल्ला, चिलिम, जागिर, जिकिर, टेलिभिजन, ट्रान्जिस्टर, ट्रेनिङ, डिजाइन, डिजिटल, पालिस, पेट्रोलियम, पोलिस्टर, प्रेसिडेन्ट, प्लास्टिक, बिल्डिङ, राइटर, राइफल, रेडियम, रेडियो, लाल्टिन, लिपिस्टिक, सेमिनार, हाकिम, हासिल, अङ्‍गुर, उजुर, कन्तुर, कसुर, ताजुब, दस्तुर, ब्लाउज, मजबुत, मजदुर, महसुल, मौसुफ, सबुत, स्काउट, हुकुम, हजुर आदि ।

३. कृदन्तशब्द (इच्छार्थकबाहेक), अरू क्रियापद, मिलित क्रिया (एकभन्दा बढी क्रियापद मिलेर बनेको क्रियापद) र मिलित क्रियामूलक कृदन्त शब्दका माझमा आउने इ-उ ह्रस्व लेखिन्छन् ।

जस्तै : बोलाउने, सघाउँला, दिइसक्यो, पढिहाल, भनिरह्यो, लेखिदियो, देख्नुहुन्छ, हाँस्नुभयो, हाँस्नुहुन्छ, खाइसकेर, गरिरहँदा, उफ्रिएको, उफ्रिएर, उफ्रिँदै, उफ्रिनु, बिग्रिनु, मिल्किनु, सप्रिनु, सकिन्जेल, गरून्जेल, पठाउन, पढिसकेको, लेखिसकेर, मनाउन, सिकाउँदा, गरिन, गरिन्, गर्छिन, गर्दिनँ, भइथिस्, भइस्, बसाउँछ, बसुँला, हेराउँछ, हेरुँला, सघाउँछ, आदि ।

४. वाच्यार्थक क्रिया र वाच्यार्थक कृदन्त शब्दका बीचमा आउने इ ह्रस्व लेखिन्छन् ।

जस्तै : गरिनेछ, गरिन्छ, पढिनेछ, पढिन्छ, पढियो, गरिने, गरिँदा, गरिँदै, पढिएको, पढिँदै, पढिने आदि ।

५. विभिन्न प्रत्यय लागि बनेका व्युत्पन्न अव्यय पदका बीचमा इ-उ ह्रस्व हुन्छन् ।

जस्तैः त्यतिन्जेल, उतिन्जेल, कतिन्जेल, जतिन्जेल, बसिन्जेल, भइन्जेल, मुखिन्जेल, यतिन्जेल, रोजिन्दा, सालिन्दा, उघाउन्जेल, कराउन्जेल, खसाउन्जेल, गनाउन्जेल, तताउन्जेल, मासुन्जेल, रसाउन्जेल, हाँसुन्जेल, अघि, पछि, अगाडि, पछाडि, अहिले, उहिले, कतिखेर, कतिबेर, तलतिर, तहिले, मास्तिर, मुन्तिर, यतिखेर, यतिबेर, सामुतिर, सामुन्नेतिर आदि ।

६. रेफ (शब्दका शिरमा झुन्डिने र्) भन्दा अगाडि आएकातत्सम शब्दका संयुक्त व्यञ्जनमा इकार-उकार सामान्यतः दीर्घ हुन्छन् ।

जस्तैः सूर्य, कीर्तिपुर, कीर्तन, कीर्ति, जीर्ण, दीर्घ, कीर्ण, शीर्षक, मूर्ख, पूर्ति, पूर्व, पूर्ण, शूर्पणखा, ऊर्जा, पूर्ण, धूर्त, वीर्य, चूर्ण, कूर्म आदि ।

७. शब्दका सुरुमा ईक्ष्ईश्जीव्तीक्ष्दीप्दूर्धीर्प्रीभूभुष्मूर्रीरूप आदि भएका तत्सम शब्दहरूको इकार-उकार दीर्घ हुन्छन् ।

जस्तैः ईक्षण (परीक्षण, निरीक्षण), ईक्षा (परीक्षा, प्रतीक्षा, समीक्षा), ईश्वर, ईशान, ईश, जीवन, जीवित, तीक्ष्ण, तीक्ष्णता, दीप्ति, दीपिका, दीप, दूरदर्शी, दूरदर्शन, धीर, धीरता, प्रीति, प्रीत, भूत, भूपति, भूमि, भूषण, भूषित, मूर्ति, रीति, रूप, रूपित, रूपायन आदि ।

८. नदीका नामका अन्तमा दीर्घ हुने ।

जस्तै : कर्णाली, सेती, भेरी, महाकाली, इन्द्रावती, कन्काई, मेची, कोसी, मादी, गण्डकी आदि ।

९. जिल्ला, देश वा स्थानवाचक नामका अन्तमा दीर्घ लेख्ने ।

जस्तै : गुल्मी, अर्घाखाँची, कास्की, डोटी,  इटली, दिल्ली, जिरी, सिन्धुली, तराई आदि ।

१०. स्थानवाची विशेषणका अन्तमा इकार दीर्घ लेख्ने ।

जस्तै : गुल्मेली, स्याङ्जाली, भोजपुरी, रोल्पाली,  झापाली, पाल्पाली, रसियाली, अफ्रिकी, जुम्ली, सुर्खेती आदि ।

सन्दर्भ सामग्रीका रूपमा केही शब्दहरू नेपाल कानुन आयोगको बेवसाइटबाट सहयोग लिइएको