• विषय प्रवेश –

भाषा परिवर्तनशील वस्तु हो । यसको स्वरूप बद्लिँदै जान्छन् । नेपाली भाषाको प्रसङ्गमा पनि यही प्रकृति रहेको हुन्छ । एउटा भाषामा विभिन्न भाषाका शब्दहरू आएका हुन्छन् । एउटा भाषाको ढिकुटीमा जति बढी शब्द छन्, त्यो भाषा त्यति नै धनी हुन्छ भन्ने मान्यता रहेको छ । नेपाली भाषामा तत्सम तद्भव आगन्तुक झर्रा शब्दहरू गरी चार प्रकारको शब्दस्रोत रहेका छन् । भाषा भनेको पहाडी बग्दो खोला हो, जसले सरलताको मार्गको खोजी गरेको हुन्छ । सरलताले भाषा परिवर्तनशील हुन्छ । भाषाका यस्ता धेरै प्रवृत्ति विशेषता र स्वभाव हुन्छ । कुनै पनि भाषामा अन्य भाषाका शब्दहरूले प्रविष्टि पाएका हुन्छन् । जति अन्य भाषाका शब्द ग्रहण गर्न सक्यो त्यो भाषा त्यति नै धनी हुन्छ ।

  • नेपाली उर्दू शब्दकोश –

सन् १०१९ मा दार्जीलिङका श्री विजय कुमार राईको सङ्कलन, सम्पादन र लेखनमा रहेको उर्दू नेपाली शब्दकोश प्रकाशित भयो । यस शब्दकोश हाम्रा लागि महत्त्वपूर्ण बनेको छ । नेपालीमा चलन चल्तीमा रहेका धेरै नेपाली शब्दहरू फारसी-अरबीमूलका छन् । यो कोश पढ्दै जाँदा हामी धेरै उर्दू शब्द प्रयोग गरिरहेका रहेछौँ । शब्दकोशका प्रायः पृष्ठ रहका थोरैमा पनि एकेकवटा शब्द प्रयोग गरिरहेका छौँ । विजय कुमार राईले यो कोश तयारी गर्न धेरै अध्ययन, शब्द सङ्कलन, सम्पादन र अर्थ निर्धारण गर्न धेरै मेहनत गरेका छन् । यसको तयारीका लागि उर्दू शब्दकोश अध्ययन, उर्दू विज्ञ स्रोत व्यक्तिसितको लामो साहचर्य, परिचर्चा आदि पृष्ठभूमिमा रहेका छन् । विजयकुमार राई नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेर दार्जीलिङ सरकारी विदयालयमा दीर्घ दिनदेखि कार्यरत छन् । यस कोशमा जम्मा ७६४ पृष्ठ रहेको र एक पृष्ठमा दुई कलम बनाएको छ । यसमा अ देखि ह वर्णसम्मका रहेका धेरै शब्द प्रविष्ठिमा परेका छन् । प्रायः प्रत्येक शब्दको व्युत्पत्ति स्रोत केलाएर अर्थ खुलाएका छन् । पाठक र जिज्ञासुका निम्ति सहज अर्थलाभ गर्न सक्ने विशेषता रहेको देखिन्छ ।

  • नेपालीमा अत्यधिक अरबी शब्द प्रयोग –

नवीन पौड्याल (कालिम्पोङ)

भारतमा इश्वीको प्रायः दसौँ शताब्दीदेखि घोरी, खिलजी, दास, मुघल, सुरी, आदि वंशका शासकले पालैपिलो शासन गरे । भारतमा लगभग एक हजार वर्ष लामो इस्लामको प्रत्यक्ष-परोक्ष शासनको व्यापक प्रभाव परेको थियो । भारतको सामाजिक, आर्थिक, राजनैतिक सांस्कृतिक, भाषिक र जनसङ्ख्या आदिमा ठुलो प्रभाव परेको थियो । अझै पनि भारतले त्यो लामो शासनको प्रभाव भोगिरहेको छ । प्रत्यक्ष शासन त गयो तर मानसिकता गएन, सभ्यता, संस्कृति र द्वन्द्व छोडेर गयो । यसैगरी भारतमा लगभग तीन सय वर्ष बेलायतको शासन रह्यो । ती वर्षहरूमा अङ्ग्रेजको शासनले भारतलाई सकारात्मक नकारात्मक दुवै किसिमबाट प्रभाव पारेको छ । यसरी बेलायतको शासनले भारतीय जनजीवनमा झन् ठुलो प्रभाव पार्‌यो । भारतीय सभ्यता, संस्कृति धेरै कुरामा अङ्ग्रेजको सभ्यता र संस्कृति मिसियो ।

नेपालीमा यति बढी मात्रामा अरबी शब्दहरू कसरी आए, एउटा आश्चर्यको विषय बन्छ । नेपाल न त बेलायतको उपनिवेशमा थियो न त इस्लाम शासकका शासनमा । यद्यपि नेपाल र नेपालीमा बढी मात्रामा अरबी फारसी शब्द कसरी पसे? नेपालीमा अङ्ग्रेजी शब्द धेरै मात्रामा प्रयोगमा रहेका छन् । नेपालीमा अङ्ग्रेजी शब्द पस्नु आधुनिक शिक्षा व्यवस्था, विज्ञान र प्रविधि प्रणाली, विश्वग्राम अवधारणा आदिका कारण हुन् । यस लेखको उद्देश्य नेपालीमा अरबी, उर्दू शब्द प्रयोगाधिक्य हो । नेपालको दक्षिणको सिमाना सजिएको भाषा नेपालको सरकारी भाषामा सबैभन्दा बढी मात्रामा अरबी मूलका उर्दू शब्द प्रयोग भएको पाउँछौँ । सरकारीबाहेक सामान्य चलन चल्ती बोलीमा समेत उर्दू शब्द प्रयोग भइरहेका छन् हामीले सचेत भएर अङ्ग्रेजी शब्दलाई बहिष्कार गरेर बोल्दा विशुद्ध नेपालीमा बोल्नुपर्दा उर्दू शब्द चलाउँछौँ । हाम्रा निम्ति उर्दूका धेरै शब्द हाम्रा पेवा हुन् जस्तो भान भइसकेको छ । हामी ‘इन्साफ’ पाउन ‘मुद्दा’ ‘दायर’ गर्न ‘अड्डा-अदालत’ जान्छौँ, ‘वकिल’ लाउँछौँ, ‘इजलास’मा ‘पेशी’ भएको ‘गवाही’को ‘बयान’ लिन्छौँ, ‘साजिस’ गरेको ‘इल्जाम’ लाएर ‘मुद्दा’ ‘पैरवी’ गर्दछौँ । ‘ऐन-कानुन’को आड खोज्दै ‘अख्तियारी फाँट’मा ‘मुचुल्का’ ‘दाखिला’ गर्दछौँ । लासको ‘सनाखत’ ‘बाद’मा ‘पहिचान’ गरी ‘दफ्नाएर’ काज ‘रफादफा’ गरी ‘खत्तम’ गर्दछौँ । हामी ‘मोलाहिजा’ गरेर ‘बेकुफ’ बन्छौँ । ‘हिफाजतमा’ राखेको ‘मुजरिम’ ‘फरार’ भएको छ । हाम्रो भाषा उर्दू ‘लब्ज’ को ‘गलत’ ‘चङ्गुल’मा फसेको छ, यसबाट उम्किन ‘रास्ता’ खोज्दै छ ।

भारतको नेपाली भाषाको तुलनामा नेपालमा लेखिने नेपाली भाषा बढी मात्रामा अरबीकरण हुँदै गरेको जस्तो लाग्छ । पुस्तक, समाचार पत्र, सञ्चार माध्यम, बोलीचाली आदिमा अरबी शब्द धेरै मात्रामा देख्न सुन्न पाइन्छ । काठमाडौँको सडकमा सेनाको ‘बख्तरबन्द’ गाडी चल्यो, उसले ‘बकाइदा’ ‘करारनामा’ गरेको छ । ‘दिलको’ ‘धड्कन’ बढेर ‘हलचल’ भएको छ । बेदखल, दखलअन्दाजी, रुबरु, हाबी, सामान्य रूपमा चल्न थालेको छ ।

माथिका शब्दहरूमा हामी यति अभ्यस्त भएका छौँ कि लाग्छ यी शब्दहरू नेपाली माटामा नै उब्जेका ठेट नेपाली शब्द हुन्, यस्ता शब्द हाम्रा पेवा हुन् । अङ्ग्रेजी शब्दलाई तर्काएर यस्ता शब्द बोले लाग्छ कि हामी ठेट बोल्दैछौँ । अब यो उर्दू शब्दकोश आएको छ । यो कोश हेरेर शब्द खोज्दै गए हामी त उर्दूको ठुलो खाडलमा पुरिएको पाउँछौँ । एकपट्टि भारतीय महासागर र अर्कापट्टि अरबी सागरका बिचमा चेटिएको छ नेपाली भाषा । नेपाली भाषाको खेतमा एकपट्टिको पानीको कुलो थुने अर्को पट्टिको कुलाबाट पानीको भल पस्दछ ।

  • दिवाकर प्रधानको उर्दू शब्द बहिष्कार आन्दोलन-

नेपाली भाषाको अरबी र संस्कृतको बढ्दो प्रयोग देखेर बालकृष्ण पोखरेल र उनका मित्र मण्डलीहरूले वि. सं. २०१३ मा झर्रोवादी आन्दोलन गरी नेपाली भाषालाई ठेटपन ल्याउने अभियान र आन्दोलन गरेका थिए । त्यस भाषिक सुधार आन्दोलनले निकै चर्चा पाएको थियो । त्यस अभियानको केही प्रभाव परेको मान्न सकिन्छ । यद्यपि यसका केही अतिवादी र अव्यवहारिक सिद्धान्त थिए । बालकृष्ण पोखरेलहरूको झर्रोवादी आन्दोलन अस्तित्वमा छैन तर उक्त आन्दोलनकै प्रभावस्वरूप अहिले पनि मुकुन्दशरण उपाध्याय, शिवराज आचार्य, चूडामणि रेग्मी आदि प्रायः प्रायः झर्रोवादी सिद्धान्तका आधारमा लेखिरहेका छन् । उनीहरूका अनुसार नेपाली बोलीअनुसारको लेख्यभाषा प्रयोग हुनपर्छ । यद्यपि कुरा पनि सही हुँदा हुँदै पनि अहिले मानक र व्याकरणिक एकरूपताभन्दा फरक हुन पुग्दछ । यसका साथै आफ्नो आफ्नो बोलीअनुसारको रूप लेख्य रूपमा उत्रिए भाषामा बहुरूपता, अन्योलता, अराजकता, अमानक र अव्याकृत हुने सम्भावना हुन्छ । यद्यपि अहिले पनि भाषिक सुधारका उपक्रम र अभियान थामिएको छैन । यद्यपि यहाँ भाषाको वर्णविन्यास र व्याकरणिक सुधारको नभएर नेपाली भाषालाई अरबी-फारसी शब्दबाट कसरी तर्काउनु जोगाउन गरिएको नयाँ आन्दोलनबारे चर्चा गरिन्छ ।

भाषिक सिमानाको काँडेतारबाट ‘अवैध’ रूपमा ‘घूसपैठ’ भएर आएका शब्दहरूलाई रोक्ने ‘चौकीदार’ थिएन । यस्तै बढ्दो अरबीकरण भएको देखेर काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधानले नेपाली भाषाको पश्चिमी सीमाको चौकीदारीको भार उठाएका छन् । पश्चिम सीमाबाट छिरेर हिन्दीमार्फत आएका अरबी फारसी मूलका शब्दहरूको प्रयोगाधिक्य रोक्न उनी अघि आएका छन् । उनले आफ्नो लेख, फेसबुक आदिमा व्यक्त गर्दछन् । फेसबुकलगायत जुन कुरामा पनि अरबी शब्दको प्रयोग देखे कि त्यसलाई सच्याउने सुझाव दिने गर्छन् । त्यस्ता अरबी शब्द बद्ली आफ्ना मौलिक शब्द प्रयोग गर्न जोड दिन्छन् । दिवाकर प्रधानको अभियान पनि आफ्नो ठाउँमा समयोचित र आवश्यक छ । हाम्रै आफ्ना शब्द हुँदाहुदै अरबीमूलका शब्द प्रयोग हुनु उचित होइन । बरु त्यसका बद्ली हाम्रै कतिपय जातगोष्ठीका शब्द प्रयोग गरेर त्यसको पदपूर्ति गर्न सकिन्छ । भाषाका क्षेत्रमा नेपाली भाषा धेरै धनी छ । हाम्रै आफ्नै जातगोष्ठीका भाषाको शब्द प्रयोग गर्न सक्छौँ । हाम्रै नेवारी, किराती आदिका शब्द प्रयोग गरे नेपाली भाषाको समुन्नति हुन्छ । भाषामा यस्ता शब्दको प्रयोग गर्नु पनि एउटा बानी हो, जसलाई तर्काएर आफ्नै शब्द प्रयोग गर्ने बानी बसाल्नुपर्दछ । नत्र हाम्री भाषा अङ्ग्रेजी र अरबीको तानातानीमा दुई फ्याक हुन वा यी दुई महासागरमा डुब्न कति पनि बेर लाग्दैन । कुनै पनि भाषामा एउटा वा दुईवटा मात्रै अन्य भाषाका शब्दको बढी प्रयोग हुनु राम्रो होइन । बरु अरू भाषाका शब्द पनि समानुपातिक रूपमा आएको उचित हो । प्रधानको तर्कमा धेरै सत्यता छ । उनको उद्देश्य नेपाली भाषालाई अरबी फारसी मूलका भाषाको अतिशय र अनावश्यक प्रयोगबाट जोगाउनु रहेको पाइन्छ ।

एकपट्टिबाट नेपाली भाषालाई अङ्ग्रेजी भाषाले ढाकिरहेको अवस्था छ । अङ्ग्रेजी विद्यालय पढेर उने नयाँ पुस्ताबाट अबको नेपाली भाषालाई जोगाउन कठिन परेको अवस्था छ । हरेक वाक्यमा एक दुईवटा अङ्गेजी शब्द प्रयोग भएको हुन्छ । अर्कापट्टिबाट अरबी फारसी शब्दको बढ्दो प्रयोग पनि चिन्तनीय छ । बानी सप्रिए रानी हुन्छ, बानी बिग्रिए खरानी हुन्छ भन्ने उखानझैँ अब नेपाली भाषालाई अङ्ग्रेजी र अरबीबाट जोगाउनु परेको अवस्था छ । यी दुवैको बढ्ता प्रयोगले हाम्रो भाषा बिटुलिनु र विलयन हुने सम्भावना हुन्छ ।

यद्यपि कतिपय अरबी फारसी मूलका शब्दहरू हामीले पेवा बनाइसकेका छौँ । हाम्रा शब्दभण्डारमा उर्दूमार्फत आएका अरबी फारसी शब्दहरू हाम्रा ठेट शब्द बनेका छन् । त्यस्ता हाम्रा आफ्ना ठानिएका शब्दले हाम्रै शब्द भण्डारमा वृद्धि भएको छ । मुलुक, सुरु, सुरुवात, सवाल, जवाब, मुनाफा, नोक्सान, तबल्ची, जिन्दगी, नाबालिग, किताब, कलम, गोदाम, दराज, चौकीदार, चौरस्ता, दरोगा, कहानी, जबर्जस्ती आदि हुन् । यस्ता शब्दहरू अभिन्न रूपमा रहेका छन्, जसलाई प्रयोग गर्दा हानि हुँदैन । डा. प्रधानका कतिपय सुझावअनुसार हामीले पचाइसकेका यस्ता शब्दहरू प्रयोग नगरौँ भन्ने रहेको छ । यद्यपि यो विचार पनि एक प्रकारले अतिवाद हो । हामीले पचाइसकेका, अभिन्न भएर रहेका, परम्परादेखि ठेटसरह भएर बसेका, आफ्नो बनाइसकेका शब्दलाई पनि प्रयोग नगरूँ भन्नु पनि उचित होइन । एउटा नदीमा अर्को नदीको पानी मिसिनु हुँदैन, अथवा ढुकुटीमा अन्न हाल्नु हुँदैन भन्नु पनि उचित होइन । यद्यपि उनको विचारमा यदि नदीमा भल पसेर आफ्नो पानी नै धमिलो बनाइदिन्छ भने त्यो भललाई रोक्नु उचित हुन्छ । यसकारण डा. प्रधानको मूल उद्देश्य उत्तम छ । भाषामा नचाहिँदो रूपमा अर्को भाषाको शब्दलाई ल्याएर घुसार्नु उचित होइन ।

निमा निची शेर्पाको नयाँ साहित्यिक अभियान उत्तर लीलालेखनको प्रस्तावना पुस्तकमा डा. प्रधानले पनि एउटा भाषिक सुधार अभियानमा आफ्नो अभिमत प्रकट गरेका छन् । यसका साथै दैनिक समाचार-पत्र हिमालय दर्पणका केही अङ्कमा उनका अरबी शब्द बहिष्करण अभियानमा कलम चलाएका छन् । शेर्पाको उत्तर लीलालेखनको क्रममा डा प्रधानको यस भाषिक सुधार अभियानलाई पनि समावेश गरेका छन् ।  यस अभियानलाई केही अन्य भाषाविद् साहित्यकारहरूले पनि स्विकारेर व्यावहारिक रूपमा ल्याउन थालेका छन् ।

प्रो. प्रधानको मतमा ‘अरबी, फारसी, ल्याटिन, अङ्ग्रेजी आदि धनी विदेशी भाषाहरू हुन्। यद्यपि नेपाली भाषामा भएको उनीहरूको भाषिक अतिक्रमणबाट मुक्तिपथ खोज्ने समय यही हो। आगन्तुक आक्रमणले नेपाली भाषामा निधि मानिने मौलिक झर्रो शब्द, नेपाली तत्सम, तद्भव शब्दहरू विलुप्त र विस्मृत हुँदैछन्’। उनका मान्यताअनुसार ‘हाम्रै जातिकै जातभाषाका सुहाउँदिला स्वदशी शब्दलाई नेपालीमा स्थान दिने, नेपाली मौलिक झर्रा शब्द उपयोगमा ल्याउने, तद्भव शब्द स्याहार्ने अनि संस्कृतको संरक्षणमा सुरक्षित हुने काम थालनी गर्नु पर्दछ। नेपाली भाषालाई आफ्नौ प्रकृतिमा हुर्कन दिनुपर्दछ’ भन्ने रहेको छ। उनको मूलोद्देश्य नेपाली भाषाको शुद्धीकरण हो। उनले ‘हिमालय दर्पण’ दैनिक नेपाली समाचारपत्रमा ‘भालेको डाक : शब्द स्वातन्त्र्य’ (हिमालय दर्पण, १५ अगस्त २०२०) भन्ने लेख प्रकाशित गरेका थिए। त्यसमा नेपाली भाषामा विदेशी आगन्तुक शब्दहरूका ठाउँमा चलाउनु पर्ने नेपाली शब्दहरूको सूची छापिएको थियो। यस लेखमा नेपाली उच्च शिक्षा प्राप्त गर्दै गरेका विद्यार्थीवर्गमा सकारात्मक प्रभाव परेको छ। यसबाहेक उनले फेसबुक वा अन्य सञ्जालमा यस्ता विदेशी शब्द देखे, त्यसको नेपाली शब्द लेखेर सुधार्ने आह्वान गर्दछन्।

एकपट्टिबाट नेपाली भाषालाई अङ्ग्रेजी भाषाले ढाकिरहेको अवस्था छ। अङ्ग्रेजी विद्यालय पढेर उने नयाँ पुस्ताबाट अबको नेपाली भाषालाई जोगाउन कठिन परेको अवस्था छ। हरेक वाक्यमा एक दुईवटा अङ्गेजी शब्द प्रयोग भएको हुन्छ। अर्कापट्टिबाट अरबी फारसी शब्दको बढ्दो प्रयोग पनि चिन्तनीय छ। बानी सप्रिए रानी हुन्छ, बानी बिग्रिए खरानी हुन्छ भन्ने उखानझैँ अब नेपाली भाषालाई अङ्ग्रेजी र अरबीबाट जोगाउनु परेको अवस्था छ। यी दुवैको बढ्ता प्रयोगले हाम्रो भाषा बिटुलिनु र विलयन हुने सम्भावना हुन्छ।

प्रो. प्रधानको यस अभियानलाई मनन गर्दा धेरै तर्क र विचार उचित छन्। यद्यपि हामी पचाइसकेका आफ्नै बनाएका अरबी-फारसीमूलका केही शब्दलाई प्रयोग गर्नै हुँदैन भन्ने कुरालाई मान्न भने सकिन्न। यी त हाम्रा भण्डारमा गइसकेका छन्। भएका शब्दलाई प्रयोग गर्नु हुँदैन भन्नु उचित होइन। यद्यपि कतिपय अरबी फारसी मूलका शब्दहरू हामीले पेवा बनाइसकेका छौं। हाम्रा शब्दभण्डारमा उर्दूको माध्यमबाट आएका अरबी फारसी शब्दहरू हाम्रा ठेट शब्द बनेका छन्। त्यस्ता हाम्रा आफ्ना ठानिएका शब्दले हाम्रै शब्द भण्डारमा वृद्धि भएको छ। मुलुक, शुरू, शुरूवात्, सवाल, जवाब, मुनाफा, नोक्सान, तबल्ची, जिन्दगी, नाबालिग, किताब, कलम, गोदाम, दराज, चौकीदार, चौरस्ता, दरोगा, कहानी, जबर्जस्ती, ताजुब आदि हुन्। यस्ता शब्दहरू अभिन्न रूपमा रहेका छन्, जसलाई नेपाली वा संस्कृत शब्द नपाएमा प्रयोग गर्दा हानि हुँदैन। डा. प्रधानका कतिपय सुझावअनुसार हामीले पचाइसकेका यस्ता शब्दहरू पनि प्रयोग नगरौँ भन्ने रहेको छ। यद्यपि यो विचार पनि एक प्रकारले अतिवाद हो। हामीले पचाइसकेका, अभिन्न भएर रहेका, परम्परादेखि ठेटसरह भएर बसेका, आफ्नो बनाइसकेका शब्दलाई पनि प्रयोग नगरूँ भन्नु पनि उचित होइन। एउटा नदीमा अर्को नदीको पानी मिसिनु हुँदैन, अथवा ढिकुटीमा अन्न हाल्नु हुँदैन भन्नु पनि उचित होइन। आगन्तुक वा अतिथि नै नेपाली घरका स्वामी बनेको यथार्थ प्रो. प्रधानलाई सह्य छैन। यद्यपि उनको विचारमा यदि नदीमा भल पसेर आफ्नो पानी नै धमिलो बनाइदिन्छ भने त्यो भललाई रोक्नु उचित हुन्छ। यसकारण डा. प्रधानको मूल उद्देश्य उत्तम छ। भाषामा नचाहिँदो रूपमा अर्को भाषाको शब्दलाई ल्याएर घुसार्नु उचित होइन। नेपालीको आफ्नौ मौलिक तत्सम र तद्भव शब्द प्रशस्त छन्। अझै शब्द चाहिए खट्किए हाम्रै स्वजातिका शब्द प्रयोग गरौं तर विदेशी शब्द प्रयोगबाट जोगिनु पर्छ।

हामीले बढी र फेसनका रूपमा अरबी-फारसीमूलका शब्दलाई बोल्दा वा लेख्दा बलात् घुसाउनु भने राम्रो लक्षण होइन। अब विजय कुमार राईको ‘उर्दू – नेपाली शब्दकोश’ पल्टाउँदै त्यहाँबाट नयाँ नयाँ उर्दू शब्दहरू निकाल्दै नेपाली रूबाइ र गजलतिर हाल्दै लेख्न बेर छैन। यहाँनेर प्रधानजीको विचार र अभियानलाई हामीले होस्टेमा हैँसे गरेर सहयोग, समर्थन र व्यावहारिकतामा वा प्रयोगमा ल्याउन उचित छ, आवश्यकता छ। अङ्ग्रेजी शब्दलाई तर्काउनलाई अरबीमूलका शब्द आयात गरेर क्षतिपूर्ति गर्नु पनि नेपाली भाषाका निम्ति शुभसङ्केत होइन।

प्रो. प्रधानको मतमा अरबीफारसील्याटिनअङ्ग्रेजी आदि धनी विदेशी भाषाहरू हुन्। यद्यपि नेपाली भाषामा भएको उनीहरूको भाषिक अतिक्रमणबाट मुक्तिपथ खोज्ने समय यही हो। आगन्तुक आक्रमणले नेपाली भाषामा निधि मानिने मौलिक झर्रो शब्दनेपाली तत्समतद्भव शब्दहरू विलुप्त र विस्मृत हुँदैछन्। उनका मान्यताअनुसार हाम्रै जातिकै जातभाषाका सुहाउँदिला स्वदशी शब्दलाई नेपालीमा स्थान दिनेनेपाली मौलिक झर्रा शब्द उपयोगमा ल्याउनेतद्भव शब्द स्याहार्ने अनि संस्कृतको संरक्षणमा सुरक्षित हुने काम थालनी गर्नु पर्दछ। नेपाली भाषालाई आफ्नौ प्रकृतिमा हुर्कन दिनुपर्दछ‘ भन्ने रहेको छ। उनको मूलोद्देश्य नेपाली भाषाको शुद्धीकरण हो। उनले हिमालय दर्पण‘ दैनिक नेपाली समाचारपत्रमा भालेको डाक : शब्द स्वातन्त्र्य’ (हिमालय दर्पण१५ अगस्त २०२०) भन्ने लेख प्रकाशित गरेका थिए। त्यसमा नेपाली भाषामा विदेशी आगन्तुक शब्दहरूका ठाउँमा चलाउनु पर्ने नेपाली शब्दहरूको सूची छापिएको थियो। यस लेखमा नेपाली उच्च शिक्षा प्राप्त गर्दै गरेका विद्यार्थीवर्गमा सकारात्मक प्रभाव परेको छ। यसबाहेक उनले फेसबुक वा अन्य सञ्जालमा यस्ता विदेशी शब्द देखेत्यसको नेपाली शब्द लेखेर सुधार्ने आह्वान गर्दछन्। 

एकपट्टिबाट नेपाली भाषालाई अङ्ग्रेजी भाषाले ढाकिरहेको अवस्था छ। अङ्ग्रेजी विद्यालय पढेर उने नयाँ पुस्ताबाट अबको नेपाली भाषालाई जोगाउन कठिन परेको अवस्था छ। हरेक वाक्यमा एक दुईवटा अङ्गेजी शब्द प्रयोग भएको हुन्छ। अर्कापट्टिबाट अरबी फारसी शब्दको बढ्दो प्रयोग पनि चिन्तनीय छ। बानी सप्रिए रानी हुन्छबानी बिग्रिए खरानी हुन्छ भन्ने उखानझैँ अब नेपाली भाषालाई अङ्ग्रेजी र अरबीबाट जोगाउनु परेको अवस्था छ। यी दुवैको बढ्ता प्रयोगले हाम्रो भाषा बिटुलिनु र विलयन हुने सम्भावना हुन्छ।

प्रो. प्रधानको यस अभियानलाई मनन गर्दा धेरै तर्क र विचार उचित छन्। यद्यपि हामी पचाइसकेका आफ्नै बनाएका अरबी-फारसीमूलका केही शब्दलाई प्रयोग गर्नै हुँदैन भन्ने कुरालाई मान्न भने सकिन्न। यी त हाम्रा भण्डारमा गइसकेका छन्। भएका शब्दलाई प्रयोग गर्नु हुँदैन भन्नु उचित होइन। यद्यपि कतिपय अरबी फारसी मूलका शब्दहरू हामीले पेवा बनाइसकेका छौं। हाम्रा शब्दभण्डारमा उर्दूको माध्यमबाट आएका अरबी फारसी शब्दहरू हाम्रा ठेट शब्द बनेका छन्। त्यस्ता हाम्रा आफ्ना ठानिएका शब्दले हाम्रै शब्द भण्डारमा वृद्धि भएको छ।

मुलुकशुरूशुरूवात्सवालजवाबमुनाफानोक्सानतबल्चीजिन्दगीनाबालिगकिताबकलमगोदामदराजचौकीदारचौरस्तादरोगाकहानीजबर्जस्तीताजुब आदि हुन्। यस्ता शब्दहरू अभिन्न रूपमा रहेका छन्जसलाई नेपाली वा संस्कृत शब्द नपाएमा प्रयोग गर्दा हानि हुँदैन। डा. प्रधानका कतिपय सुझावअनुसार हामीले पचाइसकेका यस्ता शब्दहरू पनि प्रयोग नगरौँ भन्ने रहेको छ। यद्यपि यो विचार पनि एक प्रकारले अतिवाद हो। हामीले पचाइसकेकाअभिन्न भएर रहेकापरम्परादेखि ठेटसरह भएर बसेकाआफ्नो बनाइसकेका शब्दलाई पनि प्रयोग नगरूँ भन्नु पनि उचित होइन। एउटा नदीमा अर्को नदीको पानी मिसिनु हुँदैनअथवा ढिकुटीमा अन्न हाल्नु हुँदैन भन्नु पनि उचित होइन। आगन्तुक वा अतिथि नै नेपाली घरका स्वामी बनेको यथार्थ प्रो. प्रधानलाई सह्य छैन। यद्यपि उनको विचारमा यदि नदीमा भल पसेर आफ्नो पानी नै धमिलो बनाइदिन्छ भने त्यो भललाई रोक्नु उचित हुन्छ। यसकारण डा. प्रधानको मूल उद्देश्य उत्तम छ। भाषामा नचाहिँदो रूपमा अर्को भाषाको शब्दलाई ल्याएर घुसार्नु उचित होइन। नेपालीको आफ्नौ मौलिक तत्सम र तद्भव शब्द प्रशस्त छन्। अझै शब्द चाहिए  खट्किए हाम्रै स्वजातिका शब्द प्रयोग गरौं तर विदेशी शब्द प्रयोगबाट जोगिनु पर्छ।  

हामीले बढी र फेसनका रूपमा अरबी-फारसीमूलका शब्दलाई बोल्दा वा लेख्दा बलात् घुसाउनु भने राम्रो लक्षण होइन। अब विजय कुमार राईको उर्दू – नेपाली शब्दकोश‘ पल्टाउँदै त्यहाँबाट नयाँ नयाँ उर्दू शब्दहरू निकाल्दै नेपाली रूबाइ र गजलतिर हाल्दै लेख्न बेर छैन। यहाँनेर प्रधानजीको विचार र अभियानलाई हामीले होस्टेमा हैँसे गरेर सहयोगसमर्थन र व्यावहारिकतामा वा प्रयोगमा ल्याउन उचित छआवश्यकता छ। अङ्ग्रेजी शब्दलाई तर्काउनलाई अरबीमूलका शब्द आयात गरेर क्षतिपूर्ति गर्नु पनि नेपाली भाषाका निम्ति शुभसङ्केत होइन।