अछामको दर्नामा २०२१ सालमा जन्मनु भएका हिक्मत थापा कैलाली जिल्लाको सदरमुकाम टीकापुरमा हुर्कनु भयो । नेपालगञ्जबाट आइएस्सी र धरानबाट बिटेक अध्ययन पूरा गर्नुभएका उहाँ खाद्यविज्ञानका शुरूवाती विज्ञका रूपमा चर्चित हुनुहुन्छ ।
उहाँले जीवनको शुरूवाती दिनहरूमा चौधरी ग्रुप लगायतका कम्पनीमा काम समेत गर्नुभयो । कामकै सिलसिलामा जब उहाँ भारतको राजधानी नयाँ दिल्ली पुग्नुभयो, सम्भावनाका ढोका अझै फराकिलो पाउनुभयो ।
यसै क्रममा सन् २००६ मा उहाँ नाइजेरियाकै सबैभन्दा ठूलो औद्योगिक कम्पनी डाङ्गोटे ग्रुपमा उहाँ अनुबन्धित हुनुभयो र त्यसयता उहाँ नाइजेरियाली राजधानी लागोसमा बिताइरहनुभएको छ ।
उहाँ नाइजेरियामा पुग्दा केही सीमित संख्यामा नेपाली पुगिसकेका थिए र त्यहीँ बसेर नेपाली भाषा र नेपाली जातिका लागि केही गरूँ लागिरहेको थियो । जब सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको र सो संस्थालाई अफ्रिका ल्याउन सके राम्रै हुने पाउनुभयो, उहाँले एनआरएनए अफ्रिका गठनमा सक्रिय हुन थाल्नुभयो ।
सन् २००८ मा एनआरएन अफ्रिका महादेश स्थापना भयो । यसपछि उहाँ एउटा कम्पनीको जागिरेभन्दा एनआरएन अभियन्ताका रूपमा चिनिन थाल्नुभयो । यतिञ्जेलसम्म अफ्रिकाका १६ मुलुकमा उहाँकै पहलमा एनआरएनएका शाखाहरू खुलिसकेका छन् ।
एनआरएन अभियन्ताभन्दा पनि उहाँ साहित्य मर्मज्ञ, साहित्यकार, भाषासाहित्यलाई माया गर्ने व्यक्तिका रूपमा समेत चिनिन्छ । २५ लाख रूपैयाँको साहित्य सम्मानका लागि सङ्कलन गरी र कोष स्थापना गरी वार्षिक रूपमा एउटा कृति पुरस्कृत गर्ने उहाँको योजनाले मूर्त रूप लिँदैछ । यसका लागि अनेसास (अन्तर्राष्ट्रिय साहित्य समाज)सँग सहकार्य भइरहेको छ ।
काव्यमा रूचि राख्नुहुने थापाका कयौँ कविताहरू विभिन्न सञ्चार माध्यममा प्रकाशित छन् ।
उहाँसँग साहित्यपोस्टले लिएको अन्तर्वार्ता यहाँ पढ्नुहोस्ः
भाषा र साहित्य समृद्ध हुनु भनेको देश समृद्ध हुनु हो | साहित्यपोस्ट (sahityapost.com)
उहाँको कविता यहाँ पढ्नुहोस्ः
लेक्की पुल | साहित्यपोस्ट (sahityapost.com)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

