साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो सामाग्री himalkhabar.com बाट लिएका हौँ । यहाँ क्लिक गरेर यस लेखलाई हिमाल खबरमै पनि पढ्न सक्नुहुनेछ ।

===

सार्वभौम मुलुकको मान्यता पाउने गरी १९८० सालमा नेपाल र ब्रिटेनबीच सन्धि भएको १०० वर्ष पुगेको छ । २१ डिसेम्बर १९२३ (१९८० पुस ६ गते शुक्रबार) मा काठमाडौंमा एक समारोह आयोजना गरेर उक्त सन्धिमा हस्ताक्षर गरिएको थियो । नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले हस्ताक्षर गरेका थिए भने बेलायतका तर्फबाट ‘एनभ्वाय’ लेफ्टिनेन्ट कर्णेल डब्लूएफटी ओकोनरले। उक्त समारोहमा दुवैले सम्बोधन समेत गरेका थिए। दुवै मन्तव्य त्यति वेलाको साप्ताहिक पत्रिका गोर्खापत्रले पुस ९ गतेको अंकमा प्रकाशन गरेको थियो । चन्द्रशमशेरले दिएको मन्तव्य जस्तोको तस्तै पुनः प्रकाशन गरिएको छ ।

===

भाई कम्यान्डर इन्चिफ, भारादार, अफिसर, भलाद्मी हरु,

यो नया अहदमा लेखिएका कुराहरू सबैले सुन्यौ. त्यस्मा हाम्रो सहिछाप परेको पनी देखि हाल्यौ. परस्परको मान मर्यादा मा जत्तिको उतिकै मेल र विश्वास रुपी बलियो जगमा खडा रहेको बृटिस सरकार सगको हाम्रो दोस्ती रुपीघरमा यो अहद लाई राम्रो गजुर लाग्न गएजस्तो भएकोछ भने हुन्छ. एकसय वर्ष भन्दा पनी पुरानू यो दोस्तीको सम्वन्धले बीचमा अनेक भारीकाम कुराहरु परी आई परस्पर का दोस्तीको हेम खेममा रहीरहेका जोवाधाहरू थिए सो सबै हटाइ यो दोस्तीको अहदमा सही पर्न गएको छ. आजको यो कामले गर्दादृढगरी वलियो गराईएको दुइ सरकारका बीचको दोस्ती, अवछिन्न भई कायमरही, शयकडौ वर्ष पछिसम्म झन् झन् बलियो हुदै जाला भन्ने भित्रदिलै देखिको हाम्रो आशाछ. यो हुनु हामी माथी सदा याद बिचार राखी रहेका सर्व शक्तिमान् श्री जगदीश्वरको अनुग्रह हो. उनै ईश्वरलाई अत्यत्न भक्ति आदर साथ नमस्कारगरी यो अवसर लाई सुमङ्गल गराऊन् अहिले गरिएको यो पत्र दुवै सरकार बाट वढिया हिसाव संग पालना गर्नाको मनोरथ पनी सदा सर्वदा सुफल गराई राखून भनी हामी यही प्रार्थना गरौ.

कर्णेल ओकोनर
हालैमा व्यतीत भएका कुरा हरुको, संक्षेपले भएता पनी भारती रसीलो तवर सग तपाईले गरेको बयानले त्योजुन बेलाको बयानहो उसवखत लाई झलझल सम्झना गराउदछ. स्वइच्छाले आफ्ना मित्रलाइ गरेको मद्दत पूरा हिसाब सग गर्न सकौँला भन्ने आशा र हाम्रो पहाडी मुलुकको गच्छले नपुगी सामद्दत त्रुटिहुन जालाकी भन्ने त्रास, यो आस सत्राराको बोझले ती दिन हरु साह्रै कठिन का हुनगै रहेका थिए. त्यस बखतको हाम्रो सहायताको कदरको ख्यालले बृटिश जातिगैह्रका दिलमा बासगरि रहनेछ भनी अहिले फेरी पनी दृढ गराइएको सुन्नालेहामी लाई आनन्द लागेको हवैन भनुता साह्रैसँकोच मान्नु जस्तो हुनजान्छ. तपाईको मेहेर बानी साथको बचन, त्यस्मापनी मैले गरेका कामको वारेको अत्यन्त मेहरबानीको बोली यस औसरमा हामीसग खुशीनामा प्रकाश गर्नु भएकोतपाइलाइ हाम्रो हार्दिक्य धन्यवादछ. यो अहद गराउनामा तपाइले देखाएको आग्रह, चतुरता धैर्य, सहानु भूति र तपाइले यस्मा कती सम्म गर्नु भएकोछ सो सबै मलाई जत्तिको थाहा होला यहाँ अरू लाई थाहहवैन. श्री ५ महाराजा धिराज, नेपालका प्राणी र म आफ्नो तरफ बाट तपाइ लाई धन्यवाद दिन्छु. सो दिदा कत्तिको मनको भावले दिई रहेछु यस्मा मलाई कत्तिको खुशी लागेकोछ सो तपाईले सम्झी लिनु हुन्यैछ भन्ने आसा राखेकोछु.

भलाद्मीहरु, यो अहदको बारेमा यहाँ हाम्रा मित्र कर्णेल ओकोनरले जो भने त्यस्मा थप धेरैकुरा भन्ने केहिछैन- ठुला बृटिश सरकारको शुद्धमनसाय र न्याय बुद्धिमा, दृढ बिस्वाशको प्रत्यक्ष फल यो अहदहो भन्ने मलाई लाग्दछ. हाम्रामुलुकको बारेमा जो भूल समझ थियो सो, सधै लाई दूर गराई हाम्रो जातीय स्वतन्त्रता लाई यो अहदले निसन्देह तवर संग कबुल गरेकोछ.

यो अहदका अर दफा हरूको अर्थर मजमून तिमीहरूले स्पष्ट बुझेकै हौला मुख्य अभिप्राय हाम्रा छिमेकी राज्यहरू सबै संग मेलै रहोस भन्ने हाम्रो मन्सुबैहो फेरी मिली जुली रहेका छिमेकि हरुमा आफ्नो मुलुक बाट आफु हरु मध्येका कर्कापट्टिको बिगार हुन जाने काम होस भनी कोही चाहदैनन्. समुद्र किनार बाट धेरै भित्र तिर हाम्रो मुलुक पर्नगै रहेकोमा बृटिश सरकारकाले मैत्री भावको सहायतागरी हिन्दुस्थानका आफ्ना बन्दरगाह हरुको बाटो गरी हामीलाई जङ्गी तरफ चाहिने माल सरासर आउन दिने र बन्दबेपारको माल हरुमा भन्सार नलाग्ने गरी दिएकाछन्. यीसबै कुराको कदर मैले बहुतै मानेकोछु तिमीहरूले पनी अबस्य मानेकैहोला. तर सवै भन्दा बढि, कदर लायकको कुरा केहो भने यी कुराहरु जेले गराएकोछ जो स्वच्छ ऐना जस्तो भै पछाडीतिर दिललाई देखाई रहेकोछ त्यही प्रेमहो भन्न मलाइ लाग्दछ.

अब अरू कुरागर्नु अगाडी, यो कैयौं महिनासम्मलामो छलफलभई हुदै रहदाको काम कुरामा जो निपुणता कर्णेल ओकोनर बाट देखाउनू भएकोछ त्यस्को मैले मानेको कदर म याहाँ जाहेर नगरी सक्तीन. ग्रेट बृटेनको प्रतिनिधि भई उनिलेआफ्नो सरकारको हकपट्टि लाग्नै पर्थ्यो, त्यस्तै मैले पनि आफ्नो मुलुकको हक खडा राख्न बल गर्नै पर्‍यो. यस्मा हामी दुइको राय वरावर फाटने पनी गर्थ्यो. त्यस्तो परी आउदा कस्ता असल सहन सीलका कर्णेल ओकोनर रहेछन भन्ने ज्ञान हामीलाइ बेस गरी हुन आयो. राजकाजको विषयमा चतुरतार एक नासको नम्रता उनको जस्तो थियो, त्यो नहुदो होत सौं छलफलमा टक्कै काम अडिन जानु पनी बेरै थिएन ततर कर्णेल ओकोनरले आफ्नो सरकार पट्टि भै आफुले गर्नु पर्ने कर्तब्य काम गर्दै रही कन पनी नेपालको हकको पनी मुनासिब बिचार तोलना राखी काम गर्न सक्नाको खूबी देखाए. सोगर्दा कहिले काँहीता साह्रो गाह्रो पर्न जान्थ्यो. अहिले यो काम यसरि राम्रो हिसाब सग तय हुनसकेको यौटा बलियो कारण उनीको सुशीलनैहुन गएकोछ.

यो खुशीको अवसरसमा अब म यस बखत नेपालमा ग्रेटबृटेनका प्रतिनिधि भैरहेका हाम्रा मित्र कर्णेल ओकोनर लाई अन्तस्करण देखिको खुशी प्रकाश गरियोखुशीनामा, गैह्रो यहशान मन्दीको बोली बचनलेसहित, श्री ५ महाराजाधीराज, नेपालका प्राणी र मेरातरफबाट जनाव भाइसरा यर मल्का मो अज्जमा कसरे हिन्दका जुनावमा गुजारि दिनु होला भनी निवेदन गर्दछु.