ज्येना भइएपछि घैँटोमा बल्ल घाम लागेछ
कुरोको चुरो, जीवन रहस्य बल्ल बुझेँजस्तै लागिरहेछ
‘सुख’ भनेको झोल र ‘दुःख’ भनेको चौटा रहेछ
अनि ‘जीवन’ भनेको सहस्र प्वाले जाली रहेछ
जहाँ सुख जति सबै छिरी निमेषभरमै बिलाइजाने
‘दुःख’ चाहिँ अड्किरहन लिसो टास्सिएझैँ टास्सिरहने
त्यतिमात्रै कहाँ हो र सुकेको लुतो जस्तो चिलाइरहने
जति कन्याए पनि खस खस खस खस लागिरहने
अनि अनि ‘क्यानडा’ आउनु भनेको ‘चौटा खान गाकी बुढी झोलमा डुबी’ रहेछ
‘भ्यानकुवेर‘ गई उवर चढ्दा क्यानडाली ‘कुवेर’ भइने रहेछ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला