अलेक्जेन्डर किसेलिभ (१८३८‑१९११) रूसी ल्यान्डस्केप पेन्टर थिए । उनी ट्राभलिङ आर्ट एक्जिभिसन एसोसिएसनका सक्रिय सदस्य थिए । उनले लामो समय सेन्ट पिटर्सबर्ग एकेडेमी अफ आर्टमा अध्यापन पनि गरे ।

उनी अध्ययन गर्दाताका नै प्रख्याति बटुलिसकेका थिए । उनले पढ्दापढ्दै सन् १८६४मा सिल्भर मेडल हात पारेका थिए । त्यसको एक दशकपछि नै उनलाई ट्राभलिङ आर्ट संघले उनलाई सदस्य छान्यो र उनी आफ्ना कलाहरू लिएर युरोपका विभिन्न ठाउँमा प्रदर्शनीमा निस्किए ।

उनले सो अवधिमा कस्ता चित्र बनाएछन्, हामी पनि हेरौँ न त !