
दीपक गाैतम
तपाईंले पढ्ने गरेको कान्तिपुर दैनिकमा हरेक दिन कम्तिमा दुई–तीन वटा चित्र राख्ने गरिएको कुरा याद गर्नुभएको छ ? कुनै समाचारमा चित्र, कुनै समाचारमा कार्टुन र कुनैमा मुहारचित्रहरु… ।
भोजपुर दिङ्लाका दीपक गौतमले १६ वर्षको अवधिमा मात्र कान्तिपुरका लागि ५० हजार चित्र कोरिसकेका छन् । २०६१ सालदेखि कान्तिपुरमा इलुस्टे«टर र कार्टुनिस्टका रुपमा प्रवेश गरेका दीपकले कान्तिपुरका विचार पृष्ठ, कोसेली र बालकोसेलीका लागि चित्र र कार्टुनहरु बनाउने गर्छन् । उनको दाबीलाई पत्याउने हो भने उनका हातबाट ७५ हजार जति चित्र र कार्टुन बनिसकेका छन् ।
त्यसमा ५० वटाभन्दा बढी बालबालिकाका पुस्तकहरुमा पनि उनले चित्रहरु कोरिसकेका छन्।
‘ती मेरा व्यावसायिक काम हुन्,’ दीपकले साहित्यपोस्टसँग भने, ‘खासमा एउटा कलाकारको काम भने उसले गरेका म्यानुअल चित्रहरुमा देखिन्छन् ।’
यसपटक लकडाउनका बेला उनले धेरै समय घरमै बसेर काम गरे । अफिसमा कामका चाप नभएका कारण उनले लकडाउनका अवधिमा सुन्दर चित्रहरु कोरेका छन् । यिनै चित्र पठाउँदै दीपकले भनेका छन्, ‘एउटा कलाकारले वास्तविक सन्तुष्टि यस्ता चित्रहरुबाट प्राप्त गर्छन् । मलाई पनि यी चित्रहरुले बढी सन्तुष्टि दिएका छन् ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

