साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चित्रमा चिठ्ठाको इतिहास

Chovar Blues Mobile Size

 

चित्रकारिताले इतिहासलाई प्रस्ट्याउने काम गर्छ । यहाँ सङ्कलित केही तस्बिरले इतिहासदेखि चिठ्ठालाई कसरी उपयोग गरिन्थ्यो भन्ने बुझ्न सघाउ पुर्याउँछ ।

लोटरी अर्थात् चिठ्ठा युरोपमा निकै लोकप्रिय थियो र खासगरी सोह्रौँ शताब्दीताका युरोपमा यसले क्रमशः लोकप्रियता कमाएको बताइन्छ ।

पछि बेलायतीहरूले यसलाई निकै सदुपयोग गरे । लन्डन तथा अन्य ठूला शहरमा चिठ्ठा कार्यक्रम आयोजन गर्ने र त्यसबाट उठेको रकमलाई अमेरिकामा बसाइँ सरेर दुःख पाएका नयाँ मानिसहरूलाई सहयोगस्वरूप प्रदान गर्ने गरिन्थ्यो ।

पछि अमेरिकामा यसको त लत नै लाग्यो ।

बेलायती सरकारले त चिठ्ठालाई आधिकारिक र कानुनी रूपमा नै खेलाउने गर्छ । नेपालमा भने चिठ्ठा प्रायः गैरकानुनी मानिन्छ ।

sagarmani mobile size

पुरानो चिठ्ठा कार्यक्रमको रोचक पक्ष के हुन्थ्यो भने चिठ्ठा गरिबहरूले कहिल्यै किन्न पाउँदैनथे । शुरूमा चिठ्ठाहरू यति महँगा हुन्थे कि ती गरिबको पहुँचबाहिर हुन्थे । बेलायतमा धनीमानीले सोखका रूपमा चिठ्ठाको टिकट किन्थे ।

आउनुस्, चिठ्ठाका विभिन्न अवस्था र समय दर्शाउने तस्बिर तथा चित्रकला हेरौँः

 

प्रतिक्रिया
Loading...