साताको चित्र शृङ्खला १२
जनकपुरका कलाकार अजित शाह विगत तीन दशकयता मिथिला कला सिर्जना गरिरहेका छन्।
स्थानीय लोक परम्परामा मात्र सीमित रहेको मिथिला कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिने काममा उनको अतुलनीय योगदान रहेको छ।

नेपाल सरकार संस्कृति मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला पुरस्कार लगायत प्रवल जनसेवा सम्मानसमेत प्राप्त गरेका शाह मिथिला कलाको विकास, संबर्धन र प्रवर्द्धनमा अहोरात्र खटिरहेका छन्।
प्रस्तुत चित्र “आमा र प्रकृति” शीर्षकमा निर्माण गरिएको छ । मिथिला कला शैलीमा निर्माण गरिएको यस चित्रमा आमा र बच्चाको सम्बन्धलाई प्रकृतिसँग जोडेर देखाइएको छ। आमा स्वयं प्रकृति हुन्, जो बिना मानव अस्तित्व सम्भव हुँदैन भन्ने सन्देश यस कलामार्फत कलाकारले दिएका छन् । पेन र मसीको माध्यमबाट बनाइएको यो चित्र मिथिला कलाको उत्कृष्ट नमुना बनेको छ ।
कलाकारः अजित शाह
शीर्षक: आमा र प्रकृति
आकार: ४०x५० सेमी